कार दुर्घटनामा १ को मृत्यु, ५ जना घाइते

समाचार

12/9/2019

इमरान खान, कपिलवस्तु, २३ मंसिर । कपिलवस्तु जिल्लाको बाणगंगा नगरपालिका वडा नं. ८ को बोडगाँउ नजिकै सोमबार कार दुर्घटना भएको हो ।

पश्चिमबाट बुटवालतर्फ जाँदै गरेको बा ८ च ६३९० नम्बरको कार दुर्घटना हँुदा ५ जना घाईते भएका छन् भने एक जनाको मृत्यु भएको छ । दुर्घटनामा परि ग्लोबल आइ. एम. इ बैंक बनगाई शाखाका प्रबन्धक सुरेश पाण्डेको निधन भएको छ ।

घाइतेहरु मध्ये दुई जनाको बुटवलमा उपचार भैरहेको छ भने अरुको चार नम्बर स्थित कपिलवस्तु सामुदायिक अस्पतालमा उपचार भैरहेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ