वीरगन्ज, २ कार्तिक । युनिसन टि–२० क्रिकेट प्रतियोगीता २०७६ को एक समारोहको बिच नारायणी रंगशालामा उद्घाटन सम्पन्न भएको छ । युनिसन विद्यालय समूहले आफनो १८औँ संस्करणको उद्घाटन प्रतियोगीतामा युनिसन अन्तर्गत ७ वटा विद्यालयहरुको सहभागीता रहेको थियो ।
यस प्रतियोगीतामा जुनियर समूहतर्फ ४ फिट १० इन्चको उचाई भएको खेलाडीलाई समावेश गरीएको छ भने सिनियर समूहतर्पm कक्षा १० सम्मको विद्यार्थीहरुलाई खेलाडीको रुपमा दुई समूहमा समावेश गरिएका छ । नारायणी रंगशालाको क्रिकेट मैदानमा भईरहेको खेलमा प्रत्येक दिन दुई समुहले प्रतिस्पर्धा गर्ने भएको युनिसनका अध्यक्ष पुरन प्रधानले बताए ।
शनिवार भएको उद्धघाटन कार्यक्रम मा युनिसनका अध्यक्ष पुरन प्रधान लगायत युनिसन ग्रुपद्धारा क्यानका अध्यक्ष दाउद अन्सारी र समाजसेवी पशुपति विक्रम शाहलाई दोसल्ला ओढाई सम्मान गरिएको थियो ।
कार्यक्रमका प्रमुख अतिथी जिल्ला समन्वयन समितीका अध्यक्ष नेक महम्मद, अन्य अतिथीहरुमा नेपाल टेलिभिजनका नेहाल खान, वडा नं.३ का अध्यक्ष बैजु स्वर्णकार, वडा नं.४ का अध्यक्ष जगत साह, युवा समाज साह कमल चौगाई, सेफर अमर गौतम, मास्कोट मा.वी का प्रधानध्यापक छेदुप लामा, विद्या सदनका लालबहादुर गुरुङ्ग र कार्यक्रम सञ्चालन अर्विन्द सिँहले गरेका थिए ।
तपाईको प्रतिक्रिया