जनकपुरधाम, ७ माघ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग आग्रह गरेका छन् ।
‘बेटी बचाऊ, बेटी पढाऊ’ अभियानअन्तर्गत जनकपुरधाममा छात्रालाई व्याग र स्यानेटरी प्याड वितरण गर्दै मन्त्री साहले २० वर्ष मुनिका छोरीलाई विहे गरी मृत्युको मुखमा नपु¥याउन पनि आग्रह गरे ।
उनले सानै उमेरमा छोरीको विवाह गर्नु ठूलो पाप भएको पनि बताए । मन्त्री साहले अहिले प्रायः १५÷१६ वर्षमै छोरीको विहे गर्ने चलन कायमै रहेकोप्रति दुःख व्यक्त गरे ।
उनले समाज सभ्य बनाउन पनि छोरीलाई पढाउनुपर्ने र प्रदेश सरकार त्यही सोचेर ‘बेटी बचाऊ, बेटी बढाऊ’ अभियान चलाएको पनि बताए ।
तपाईको प्रतिक्रिया