२४८ सीमा स्तम्भ निर्माण

समाचार

5/31/2019

रुपन्देही, १६ जेठ । रुपन्देही र कपिलवस्तुले ओगटेको नेपाल–भारत सीमा क्षेत्रमा २ सय ४८ सीमास्तम्भ बनेका छन् ।

नेपाल–भारत सीमा सर्वेक्षण ३ नम्बर टोलीले सन् २०१८ को डिसेम्बरदेखि २०१९ को मेसम्म ती स्तम्भ बनाएको हो । सीमास्तम्भमध्ये ७ वटा मुख्य, ६८ वटा मध्ययम र २ सय ९ वटा सामान्य सीमास्तम्भ छन् ।

निर्माण भएका सबै स्तम्भलाई नेपाल–भारत सुरक्षा संयन्त्रको संयुक्त बैठकले प्रमाणिकरण गरेको रुपन्देहीका प्रमुख जिल्ला अधिकारी उदयबहादुर रानामगरले जानकारी दिए ।

सीमा सर्वेक्षण टोलीका अनुसार रुपन्देहीको सीमामा मात्रै ३ सय ५१ सीमा निर्माण गर्नुपर्ने छ । यो वर्ष ८१ वटा मात्रै निर्माण भएका छन् ।

यसमध्ये ४० नेपालले र ४१ वटा भारतले निर्माण गरेको हो । २ सय ७० सीमास्तम्भ बन्न बा“की छन् । टोलीले नवलपरासीदेखि बर्दियासम्मको ४ सय १८ किलोमिटर क्षेत्रफलमा सीमा निर्माण गर्ने जिम्मेवारी लिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ