कैलाली, २ फागुन । गौरीगंगा नगरपालिका–६ बनभेडास्थित सडकमा ना.१ क ८८०३ नम्बरको टिपरले से.७ प ३९०७ नम्बरको मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ ।
शुक्रबार बिहान चालक घोडाघोडी नगरपालिका–४ रामशिखरझला बस्ने २८ वर्षीय भुवन चन्दको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि प्रादेशिक अस्पताल सेती धनगढी कैलालीतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । टिपर चालकलाई प्रहरीले नियन्त्रणा लिएको छ ।
त्यस्तै काभ्रे, बनेपा नगरपालिका–१३ स्थित सडकमा बा.१९ च १३२३ नम्बरको बलेरो गाडीले शुक्रबार दिउँसो ठक्कर दिँदा प्रहरी चौकी साँगामा कार्यरत प्रहरी सहायक निरीक्षक तेज बहादुर गुरुङको मृत्यु भएको छ ।
ठक्करबाट गम्भीर घाइते भएका उनको धुलिखेल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । बलेरो गाडी चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
तपाईको प्रतिक्रिया