रौतहट, २४ जेठ । सशस्त्र प्रहरी बल ११ नम्बर गणका घुमुवालाई ३० हजार नगद घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
पक्राउ पर्नेमा घुमुवाको रुपमा रहेका सशस्त्र प्रहरी जवान अरुण कुमार झालाई अख्तियार दुरूपयोग अनुसन्धान आयोगका टोलीले पक्राउ गरेको हो ।
तस्करीको लाइन खुलाई दिने भनी माग गरेको ३० हजार रकमसहित झालाई आयोगको टोलीले पक्राउ गरेको हो ।
११ नम्बर गणका सशस्त्र प्रहरी उपरीक्षक कृष्ण ढकालले पक्राउ परेको जवान झा घुमुवा नभएको दावी गरेका छन् ।
घुस रकमसहित पक्राउ परेका जवान झालाई आवश्यक अनुसन्धानका लागि आयोगले हिरासतमा लिएको छ ।
तपाईको प्रतिक्रिया