कपिलवस्तुमा ३ दिनमा ३ वडा पूर्ण साक्षर

समाचार

4/25/2019

कपिलवस्तु, १२ वैशाख । कपिलवस्तु नगरपालिका वडा नं. २ पूर्ण भर्ना तथा पूर्ण साक्षरसंगै खुल्ला दिशामुक्त घोषणा भएको छ । वडा नं. २ को सबै जना साधारण लेखपढ गर्न जानेपछि पूर्ण साक्षर तथा सबै स्कुल उमेरका बालबालिकाहरु विद्यालय भर्ना भएपछि एक कार्यक्रमका बिच वडा अध्यक्ष रामभजन कलवारले घोषण गरेका छन् ।

प्रदेश नं. ५ मा कपिलवस्तु र बाँके बाहेक सबै जिल्ला पूर्ण साक्षर जिल्ला घोषणा भइसकेकोले कपिलवस्तु नगरपालिकाले पनि पूर्ण भर्ना तथा साक्षर कार्यक्रमलाई विशेष महात्वका साथ अभियानको रुपमा अघि बढाउदै लगेको छ । सोही अवसरमा वडा नं. ३ लाई खुल्ला दिशामुक्त वडा पनि घोषण भएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ