बिमित छोरीलाई ३ महिना फ्रि इन्टरनेट सेवा

समाचार

1/16/2020

जनकपुरधाम, २ माघ । मुख्यमन्त्री ‘बेटी पढाउ बेटी बचाउ’ अभियान अन्तर्गत छोरी शिक्षा बिमा गराउने बालिकाहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा पाउने भएका छन् ।

मुख्यमन्त्री तथा मन्त्रीपरिषदको कार्यालय र सुबिसु केबल नेट प्रा.लि बिच भएको सम्झौता अनुसार छोरी शिक्षा बिमा गराउने छोरीहरुले तीन महिनाको फ्रि इन्टरनेट सेवा प्राप्त गर्ने छन् ।

प्रदेश २ को सरकारले संचालन गरि रहेको बेटी पढाउ बेटी बचाउ अभियानलाई सफल बनाउन सुविसु केबल नेट प्रालीले यो सेवा उपलब्ध गराएको सुविसुका आयोजना प्रमुख सुवास अधिकारीले जनाएका छन् ।

प्रदेश सरकारको यो अभियानलाई सफल बनाउन विभिन्न सेवा प्रदायक संघ संस्थाहरुले सहयोग गर्दै आएका छन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ