विराटनगर, ११ फागुन । विराटनगरमा आयोजना गरिएको विराट एक्स्पोमा करिब एक अर्ब रुपैयाँको कारोबार भएको छ । फागुन २ गतेबाट सुरु भएको एक्स्पो शनिबार सकिएको छ ।
उपभोक्तालाई वस्तु र सेवाबारे जानकारी दिने उद्देश्यले उद्योग संगठन मोरङले एक्स्पो आयोजना गरेको थियो । करिब ३ लाख दर्शकले एक्स्पोको अवलोकन गरेको आयोजक भोलेश्वर दुलालले जानकारी दिए ।
कृषि, पशुपालन, अटोमोबाइल्स, विज्ञान, प्रविधि, औद्योगिक उत्पादनलगायत ३ सय ४० वटा स्टल एक्स्पोमा रहेको थियो । एक्स्पो समापन गर्दै स्वास्थ्य तथा जनकसंख्यामन्त्री भानुभक्त ढकालले उद्योग र व्यापार क्षेत्रको विकासका लागि सरकार जस्तोसुकै सहयोग गर्न तयार रहेको बताए । उनले विराटनगरमा औद्योगिक प्रदर्शनीस्थल निर्माण गर्न संघीय सरकारले सहयोग गर्ने जानकारी दिए ।
तपाईको प्रतिक्रिया