४० केजी चरस र २० केजी गाँजा बरामद

समाचार

5/24/2019

पर्सा, ९ जेठ । पर्सा जिल्लाको पटेर्वा सुगौली गाँउपालीका ५ देउरियाबाट एपीएफ टोलीले करीब ४० के.जी.चरेश र २० के.जी.गाँजा बरामद गरेको छ ।

सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट भिखमपुरबाट खटिएको एपीएफ टोलीले उक्त चरेश र गाँजा बरामद गरेको हो ।

सो स्थानमा रहेको पानीको कुलोमा लुकाई छिपाई राखेको अवस्थामा उक्त चरेश र गाँजा एपीएफ टोलीले फेला पारेको हो । एपीएफ टोलीले बरामद चरेश र गाँजा आवश्यक कारवाहीको लागि स्थानीय प्रहरीमा बुझाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ