वीरगन्जको बजेट ४ अर्ब ४८ करोड

समाचार

6/27/2019

वीरगन्ज, १२ असार । सोमबार देखि शुरु भएको पाचौ नगरसभामा वीरगन्ज महानगरपालिकाले आगामी आर्थिक वर्ष बर्ष २०७६/०७७ को लागि ४ अर्ब ४८ करोडको बजेट प्रस्तुत गरेको छ ।

नगरसभामा महानगरपालिकाका मेयर विजय कुमार सरावगीले आगामी आर्थिक बर्षका लागि ४ अर्ब ४८ करोड १३ लाख ४८ हजार ८ सय ७९ को बजेट प्रस्तुत गरेका छन् ।

आगामी आर्थिक वर्षको नीति कार्यक्रम तथा बजेटको कार्यान्वयनका लागि वीरगन्ज महानगरपालिकाले सडक पूर्वाधारहरुको विकास तथा स्तरोन्नती, आधारभूत तथा माध्यमिक शिक्षा र सोको गुणस्तर सुधार, आधारभूत स्वास्थ्य, खोप र पोषण, स्वच्छ खानेपानी, ढल तथा सरसफाई, कृषि, सिंचाई, पशुपालन र पर्यटन, युवा तथा खेलकुदको विकास, लैङ्गिक समानता तथा सामाजिक समावेशीकरण, सुशासन र सेवा प्रवाह, अधुरा आयोजनाहरुको कार्यान्वयन, उज्यालो वीरगंज अभियान, हरित वीरगंज अभियान, प्लाष्टिक तथा ध्वनी प्रदुषण मुक्त वीरगंजलाई प्राथामिकता दिएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ