५० स्थानीय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल किन्न स्वीकृति

समाचार

4/23/2019

काठमाडौं, ९ बैशाख । प्रदेश ३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल खरिद गर्न स्वीकृति दिएको छ ।

स्थानीय तहलाई एम्बुलेन्स र दमकल खरिद गर्न प्रदेश सरकारले सशर्त अनुदानको व्यवस्था गर्ने जनाइएको छ । सोमबार प्रदेश ३ को मन्त्रिपरिषद बैठकले यस्तो स्वीकृति दिएको हो ।

प्रदेश ३ सरकारले आवश्यकताअनुसार प्रचलित कानुन बमोजिम खरिद गर्ने गरी स्वीकृति दिने निर्णय गरेको हो ।

सरकारले ३७ वटा स्थानीय तहलाई एम्बुलेन्स, ६ वटा दमकल र ७ वटा शवबाहन माग भएकोले सोही अनुसार खरिद गर्न शसर्त अख्तियारी प्रदान गरेको हो ।

बैठकले प्रदेश नीति तथा योजना आयोगको सदस्यमा डा. यमुना कँडेल खनाललाई नियुक्त गरेको गरेको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ