रौतहट, १३ चैत । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर ७ सगैया पिपरिया टोलमा मकैवारीमा लगाइएको लागु औषध अफीम प्रहरीले नष्ट गरेको छ ।
लुकाई छिपाई लगाइएको अफीमको खेती विशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय गौरबाट खटिगएको प्रहरीको टोली नष्ट गरेको हो ।
५ कठ्ठा खेतमा लागू औषध अफीम लगाइएको भनी प्राप्त भएको सूचनाको आधारमा प्रहरी अधिकृतको कमाण्डमा खटिगएको टोलीले लगाइएको अफीम नष्ट गरेको प्रहरी उपरीक्षक भूपेन्द्र बहादुर खत्रीले बताएका छन् ।
अफीम खेती गरिएको जग्गाधनीको पुष्टि नभएकोले पत्ता लगाउने कार्य जारी रहेको प्रहरीले जनाएको छ । जग्गाधनी पत्ता लगाएर कÞानूनी कार्यवाही गरिने समेत खत्रीले जनाए ।
तपाईको प्रतिक्रिया