५ वर्षीया बालिका बलात्कार गर्ने एक पक्राउ

समाचार

12/9/2018

रुपन्देही, २२ मंसिर । महिला हिंसा बिरुद्धको १६ दिने अभियान चलिरहेका बेला रूपन्देहीको देवदहमा ५ वर्षीया बालिका बलात्कार भएकी छन् ।

देवदह नगरपालिका वडा नम्वर ५ सिता कलोनीमा बस्ने ५ वर्षीया बालिका बलात्कार भएकी हुन् । घरमा कुनै नभएको मौकापारि वालिकालाई फकाई फुलाई घर नजिकै रहेको ब्लक रहेको टहरोमा लगेर बलात्कार भएको र सो स्थान रक्ताम्य अबस्थामा भेटिएको प्रहरीले बताएको छ ।

वालिकाको आमा सुत्केरी बस्न माइत गएको र घरमा बुबा पनि नभएको अबस्थामा सो घटना भएको प्रहरीको भनाई छ । प्रहरीले ५ जनालाई पक्राउ गरेको भएपनि एकजनाले स्वीकारेको र अन्यलाई छाडीएको ईलाका प्रहरीकार्यलय बुटबलले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ