काठमाडौं, २२ माघ । बृहत् जनकपुर क्षेत्र विकास परिषद्मा भ्रष्टाचार गरेको आरोप तत्कालीन कार्यकारी निर्देशक डा सूर्यदेव साह रु छ लाख धरौटीमा छुटेका छन् ।
विशेष अदालतका अध्यक्ष बाबुराम रेग्मी तथा न्यायाधीशहरू चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले धरौटीमा छुट्ने आदेश जारी गरेको जनाइएको छ ।
परिषद्मा भ्रष्टाचार गरेको आरोपमा परिषद्का तत्कालीन अध्यक्ष दिगम्बर रायसहित १० जनाविरुद्ध अख्तियार दुरूपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो ।
परिषद्का तत्कालीन कार्यकारी निर्देशक साहले रु ६२ लाख ८८ हजार ५०० भ्रष्टाचार गरेको आयागले दर्ता गरेको आरोपपत्रमा उल्लेख छ ।
तपाईको प्रतिक्रिया