६ वर्षीया बालिका पोखरीमा मृत फेला

समाचार

4/9/2019

सप्तरी, २६ चैत । सप्तरीको बोदेबर्साइन नगरपालिका–९ मा एक बालिका पोखरीमा मृत अवस्थामा फेला परेकी छन् ।

सोही ठाउँ बस्ने सुरेन्द्र यादवकी ६ वर्षीया छोरी आरतिकुमारी यादब सोही ठाउँस्थित पोखरीमा मंगलबार बिहान मृत अवस्थामा फेला परेकी छन् ।

आफ्नै घरबाट सोमबार साँझ हराई बेपत्ता भएकी उनको खोजी गर्ने क्रममा सोही ठाउँ बस्ने रामप्रसाद यादवको पोखरीमा शव फेला परेको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ