६ वर्षीया बालिका मृत फेला

समाचार

4/30/2019

मोरङ, १७ बैशाख । ग्रामथान गाउँपालिका–४ लविपुर बस्ने मिथुन माझीकी ६ वर्षीया छोरी जिनिका माझी मृत अवस्थामा फेला परेकी छन् ।

सोही ठाउँ सिंगिया मोतिपुरस्थित लोहन्द्रा खोलाको पानीमा मंगलबार बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सोही ठाउँस्थित आफन्तको घरमा पाहुना गएको अवस्थामा हराई बेपत्ता भएकी बालिकाको खोजी गर्ने क्रममा शव फेला परेको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ