काठमाडौं, १२ माघ । छिमेकी मित्रराष्ट्र भारत ७१औं गणतन्त्र दिवस मनाउँदैछ । भारतमा गणतन्त्र बहाल भएको ७१ वर्ष पूरा भएको हो ।
गणतन्त्र दिवसको अवसरमा भारतको राजधानी नयाँदिल्लीमा राजपथमा विशेष समारोहको आयोजना गरिएको छ ।
सो सामारोहमा भारतको बढ्दै गरेको सैन्य शक्ति, बहुमूल्य सांस्कृतिक विरासत र सामाजिक–आर्थिक प्रगतिको भव्य प्रदर्शन भइरहेको छ ।
राजपथमा लामो–लामो झाकिहरु, परेड र आकाशमा करतब दिखाउँदै वायुसेनाको विमान देखिँदैछ ।
यस वर्ष गणतंत्र दिवस कार्यक्रमको मुख्य अतिथि ब्राजीलका राष्ट्रपति जेयर मेसियस बोलसोनारो रहेका छन् ।
विभिन्न मुलुकहरुमा रहेको भारतीय राजदूतावासहरुले पनि गणतन्त्र दिवस मनाउँदैछन् ।
तपाईको प्रतिक्रिया