७ करोड ६७ लाख नक्कली भारतीय रुपैयाँसहित पाकिस्तानी पक्राउ

समाचार

5/24/2019

काठमाडौं, १० जेठ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट लुकाईछिपाई ल्याएको भारतीय नक्कली रुपैयाँ ७ करोड ६७ लाख ९४ हजार (सबै २ हजार दरका) सहित ६ जनालाई शुक्रबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा पाकिस्तानी नागरिकहरु राहदानी नम्बर एआर २४०६४३२ बाहक ६७ वर्षीय नासिर उद्दिन, राहदानी नम्बर एए १३४५४९४ बाहक ४९ वर्षीय मोहमद अख्तर र राहदानी नम्बर सिएन १८२२०३२ बाहक ३९ वर्षीय नादिया अनवर रहेका छन् भने उक्त नक्कली भारतीय रुपैयाँ लिन आएका ललितपुर उपमहानगरपालिका १३ बस्ने युनिस अन्सारी, रौतहट रमौली बैरिया नगरपालिका १ बस्ने सुयल खान (युनिस अन्सारीको साला) र गाडी चालक भक्तपुर सूर्य्विनायक नगरपालिका ५ बालकोट बस्ने सुदन रानाभाट रहेका छन् । निजहरुलाई महानगरीय प्रहरी कार्यालय रानीपोखरीमा आयोजित पत्रकार सम्मेलन मार्फत सार्वजनिक गरिएको हो ।

कतार एयरको फ्लाइट नम्बर क्यु आर ६४४ द्वारा काठमाडौं आगमन भएका पाकिस्तान नागरिकहरुलाई त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलको आगमनतर्फको भन्सार एरियामा जाँच गर्ने क्रममा लगेजभित्र लुकाईछिपाई ल्याएको उक्त भारतीय रुपैयाँ सहित फेला पारी प्रहरीले पक्राउ गरको हो ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ