काठमाडौं, ७ पुस । काठमाडौंका विभिन्न स्थानबाट करिब ९० जना चिनियाँ नागरिक पक्राउ परेका छन् ।
बैंक ह्याकिङ प्रकरण र भिसा नलिइ काम गरिरहेको आशंकामा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जानकारी दिएको छ ।
साइबर अपराधको पूर्वसूचना पाएकाले उनीहरुलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको केन्द्रीय अनुसन्धान ब्यूरोका एक प्रहरी अधिकारीले बताए ।
उनीहरु सबैलाई काठमाडौंको मनमैँजु र बाँसबारी क्षेत्रबाट पक्राउ गरिएको हो । पक्राउ परेका सबै चिनियाँ नागरिकलाई अहिले केन्द्रीय अनुसन्धाान ब्यूरोमा राखिएको छ ।
अपराध महाशाखा, केन्द्रीय अनुसन्धान ब्यूरो र काठमाडौं प्रहरीको संयुक्त अप्रेशनमा उनीहरुलाई पक्राउ गरिएको हो ।
तपाईको प्रतिक्रिया