नेपालका ९ मोडल भारतमा

समाचार

4/26/2019

काठमाडौंं, १३ वैशाख । अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘द फेस अफ साउथ एसिया’मा नेपालका ९ मोडलले सहभागिता जनाएका छन् ।

भारतको पुनामा २७ अप्रिलसम्म आयोजना हुने प्रतियोगिताका लागि नेपाली मोडलहरु भारत उडेका छन् । ‘द फेस अफ साउथ एशिया’ एसियाको फेसन जगतकै सबैभन्दा ठूलो र प्रतिष्ठित मानिएको प्रतियोगितामा आशिष केसी (विजेता, मोडल हन्ट नेपाल २०१८) मसिष सुवेदी, पोषण शर्मा, शासोत शाही, राघव अग्रवाल ( मोडल हन्ट सहभागी) रुविष्का श्रेष्ठ (फस्ट रनर अप, मोडल हन्ट नेपाल २०१८), निर्मला न्यौपाने, थिन्ले ल्हामे र सुष्मिता थापा (मोडेल, नेक्स्ट मोडेल नेपाल)का सहभागी छन् ।

प्रतियोगितामा नेपाल, भारत, श्रीलंका र अरबिया लगायत एसिया भरिका देशका उत्कृष्ट मोडलको प्रतिस्पर्धा रहने छ । कार्यक्रममा सहभागी हरेक देशका प्रतिनिधि मध्य एकलाई राष्ट्रको नाम जोडेर फेस अफ द देश घोषणा गर्ने गरिन्छ ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ