रुपन्देही, २८ चैत । बुटवल उपमहानगरपालिका–११ बस्ने गणेशप्रसाद पन्तको घरमा रहेको ड्याडीस किचन क्याफे एण्ड रेष्टुरेण्टको किचन कोठामा विद्युत सर्ट भई आगलागी भएको छ ।
बुधबार राति आगलागी हुँदा करिब ५ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ । स्थानीय बासिन्दा र दमकलको सहयोगमा प्रहरीले आगलागी नियन्त्रण गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
तपाईको प्रतिक्रिया