प्रमुख विपक्षी नेकपा एमालेको १०औं महाधिवेशन आज शुक्रबार चितवनमा हुँदैछ । महाधिवेशन मंसिर १२ गतेसम्म हुनेछ । महाधिवेशनको उद्घाटनसत्र नारायणगढको नारायणी नदी किनार र बन्दसत्र सौराहाको होटल सेभेन स्टार परिसरमा हुने छ । महाधिवेशनले २२५ सदस्यीय नयाँ नेतृत्व चयन गर्ने छ ।
संघीयसहित सम्पूर्ण प्रदेश सरकारबाट समेत बाहिरिएको एमाले अझै पनि मुलुुकको सबैभन्दा ठूलो दल रही आएको छ । त्यति मात्र होइन, एमालेले नेपालको संगठित तथा सुदृढ राजनीतिक पार्टीको हैसियतसमेत बोकेको छर । विगतमा संगठनको व्यवस्थापन तथा कमिटी प्रणालीमा समेत एमाले उत्कृष्ट पार्टी थियोर । यस दृष्टिकोणले १० देखि १२ मंसिरसम्म चितवनमा हुनगइरहेको एमालेको राष्ट्रिय महाधिवेशनको चौतर्फी महत्व तथा सार्वजनिक चासो रहेको देखिन्छ ।
२७ कार्तिकमा सम्पन्न भएको एमालेको महाधिवेशनका लागि विभिन्न भूगोलबाट प्रतिनिधित्व गर्नेहरूको चयनबाट एमालेको महाधिवेशनबाट आउने भावी नेतृत्वको स्वरूप आकलन गर्न थालिएको छर । प्रतिनिधिहरूको चयनपश्चात् पार्टीमा अध्यक्ष केपी ओलीको शक्ति थप बलियो भएको छर । यद्यपि, स्वयं अध्यक्ष ओलीका अगाडि नेतृत्व चयनलाई लिएर अनेकौँ चुनौतीसमेत खडा भएका छन् ।
कुनै पनि दलको महाधिवेशन उक्त दलका कार्यदिशा, विचार र कार्यक्रमलाई रोडम्यापका रूपमा लैजाने साधन हो ।
महाधिवेशनबाट एमालेले जनताको सपना साकार गर्ने योजना र बाटोसमेत तय गर्नुपर्छ । सघन सकारात्मक सुधार र वैज्ञानिक प्रगतिशीलता ल्याउनुपर्छ । तत्कालीन आवश्यकता र दीर्घकालीन विकासका छुट्टाछुट्टै आयोजनाहरूको सूची निर्माण गर्नुपर्छ । नागरिकप्रति पूर्ण समर्पित राजनीतिक संस्कार निर्माण गर्नुपर्छ । समग्रमा एमालेले महाधिवेशनबाट नयाँ बाटो कोर्नुपर्छ ।
पछिल्लो समय केपी शर्मा ओलीमा भएको नेतृत्व कौशल र सशक्त क्षमताका कारण पार्टीमा जनआकर्षण अत्यधिक बढेको छ । तर उनको सवालअनुसारको जवाफी रोचक घोचक प्रतिवादलाई अतिशयोक्तिपूर्वक दुष्प्रचार गरिएको पाइन्छ । एमालेका अधिकांश पार्टी नेतृत्वमा सामन्तवादी तथा पुँजीवादी विकृत संस्कृतिले गाँजेको छ ।
२०१७ सालमा प्रतिपक्षी शक्ति कमजोर हुँदा २००७ सालमा प्राप्त प्रजातन्त्र जोगाउन सकिएन । नेपाली कांगे्रसको नेतृत्वमा कम्युनिस्ट फोबिया व्याप्त रहेकाले प्रजातन्त्रको बहाली गर्ने पुष्पलालको संयुक्त आन्दोलन गर्ने प्रस्ताव अस्वीकार्य भयो । जब स्वीकार्य भयो तब नेपालमा प्रजातन्त्र बहाली भयो । यस मानेमा ओलीले भनेझैं एमाले नहुँदो हो त अहिले पनि देशमा २०१७ सालको जस्तै प्रतिगामी कदम चलिसक्थ्यो ।
भनिन्छ अध्यक्ष केपी ओली विवादको जड नै विभाजन भएर बनेको नेकपा (एकीकृत समाजवादी) र त्यसका नेता थिए । अतः जब ती बाहिरिए अबको महाधिवेशनपछि एमाले विवादरहित पार्टी बन्नेछ भन्ने भाष्य निर्माण गर्न खोजिदै छ ।
योभन्दा अवैज्ञानिक र अमाक्र्सवादी सोच अरू कुनै हुन सक्दैन । पार्टी भएपछि त्यसमा विचार समूहहरू हुन्छन् नै । तिनीहरूमाझमा मतमतान्तर पनि हुन्छ । अन्तर्विरोधविहीन पार्टीको कल्पना त कुनै कम्युनिस्टले गर्नै सक्दैन । एउटा महाधिवेशनबाट एमाले नेतृत्वको खुबी परीक्षण हुन्छ । पार्टी सत्ताको प्रयोग पार्टीभित्रका अन्तर्विरोध चर्काउन गर्ने कि समाधान गर्नका लागि ? यो अहिलेको अहं प्रश्न हो । तर, यतिवेला सर्वसम्मतिलाई उच्चतम लोकतान्त्रिक अभ्यास हो भन्ने भाष्य निर्माण गर्नु केपीजीको आवश्यकता र बाध्यता दुवै हो ।
तपाईको प्रतिक्रिया