एमसीसीमा मधेशी पार्टी

सम्पादकीय

मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) विषय अहिले निकै चर्चामा छन् । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले छिट्टै एमसीसी संसदबाट पास गराउन कम्मर कसेर लागेका छन् । तर यस बिषयमा गठबन्धन दलको सहमतिमा नै एमसीसी सम्झौताको काम अघि बढाउने बताउँदै आइरहेका देउवा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले निधो नदिँदा अलमलमा परिरहेका छन् ।

पाँच दलीय सत्ता गठबन्धनमा रहेका दलहरु एमसीसीलाई लिएर तीन थरी धारणा विकसित भएको छ । नेपाली कांग्रेस र जनता समाजवादी पार्टी एमसीसी पारित गर्नुपर्ने पक्षमा रहँदा नेकपा माओवादी केन्द्र संशोधनसहित मात्र पारित गर्नुपर्ने पक्षमा उभिएको छ । नेकपा एकीकृत समाजवादी पार्टी, नेपाल मजदुर किसान पार्टी (नेमकिपा) र राष्ट्रिय जनमोर्चा भने पारितै गर्न नहुने पक्षमा छन् ।

जनता समाजवादी पार्टी (जसपा)का संघीय परिषद्का अध्यक्ष बाबुराम भट्टराईले एमसीसीको समर्थनमा छन् भने जसपाकै अध्यक्ष उपेन्द्र यादव भने मौन छन् । यसर्थ अहिले सत्तारुढ गठबन्धनबीच तीन धार देखिएका छन् ।

कांग्रेस सभापति समेत रहेका प्रधान मन्त्री शेरबहादुर देउवाले एमसीसी अगाडि बढाउनुपर्ने पक्षमा छन् । सरकारमा रहेको जसपाका संघीय परिषद्का अध्यक्ष डा बाबुराम भट्टराईले पहिले देखि नै एमसीसीका विषयमा सकरात्मक कुराहरु गर्दै आएइरहेका छन् भने यस पार्टी पार्टीका अध्यक्ष उपेन्द्र यादवले भने यस बिषयमा आफ्नो कुनै धारणा राखेका छैनन् । यस्तै सरकार बाहिर रहेको लोसपा पनि एमसीसीको पक्षमा रहेको छ ।

यस्तै, जनता समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराई एमसीसीको पक्षमा वकालत गर्दै आइरहेका छन् । सत्तारुढ अर्को घटक नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ संशोधनसहित पारित गर्नुपर्ने पक्षमा छन् । प्रचण्डले प्राप्त आर्थिक सहयोग फिर्ता गर्न नहुने तर अहिलेको अवस्थामा केही संशोधन गर्नुपर्ने पक्षमा देखिएका हुन् । नेकपा एकीकृत समाजवादी पार्टी एमसीसी पारित गर्न नहुने पक्षमा छन् ।

केही दिन अघि जनकपुरमा संचारकर्मीसँग कुरा गर्दै लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले आफू एमसीसीको पक्षमा रहेको संकेत गरेका थिए । उनले यस विषयमा अहिले सिर्जना गरिएको विवाद निरर्थक रहेको टिप्पणी गरेका थिए ।

ठाकुरले एमसीसी परियोजना विशद्ध रूपमा विकाससँंग जोडिएकाले विवाद गर्नुको कुनै तुक नरहेको बताइरहँदा उनको पार्टी एमसीसीको पक्षमा रहेको स्पष्ट हुन्छ । केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवालाई भेट्न लोसपा अध्यक्ष ठाकुरसँग पनि देउवाले एमसीसीमा समर्थन गर्न आग्रह गरेका थिए ।

यसरी सर्सर्ती हेर्दा जसपा र लोसपा एमसीसीकै पक्षमा रहेको देखिन्छ । सरकारमा जसपाका चार मन्त्री छन् । जसमध्ये राजेन्द्र श्रेष्ठबाहेक अन्य ३ जना पार्टी अध्यक्ष यादवसँग निकट मानिन्छन् । उनीहरू सबै एमसीसीको पक्षमा रहेका छन् । जसपाका नेताहरु भ्रम र अन्योल चिर्न एमसीसी पारित हुनु पर्ने बताउँछन् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ