दशैंमा जनताको सुविधाको ध्यानदेउ

सम्पादकीय

नेपालीहरूको महान चाड दशैँ सुरु भइसकेको छ । घरघरमा घटस्थापना गरी पुजाआजा भइरहेका छन् । शक्तिपीठहरूमा गरिने घटस्थापना गरी विधिपूर्वक पुजाआजा भइरहेका छन् । माटाका प्रतिमाहरू बनाइ शक्ति स्वरूपमा दुर्गा भवानीको पुजाआजा गरिने चलन पनि रहेको छ ।

राजधानीलगायत देशका विभिन्न ठाउँमा शक्ति स्वरूपा दुर्गा भवानीको माटोका प्रतिमा बनाइ गरिने पुजास्थलमा पुजाआजा सुरु भएका छन् । राजधानीबाट आआफ्नो थातथलोमा फर्किन क्रम सुरु भइसकेका छन् । विदेशबाट पनि दशैँमा घर फर्किनेहरू फर्किरहेक छन् । राजधानीबाट फर्किनेहरूले दशैँमा टिकट पाउन नसकेको , पाएपनि बढी पैसा तिर्नुपर्ने जस्ता गुनासाहरू सुन्न थालिएको छ ।

यातायात व्यवसायीहरूसँग सरकारले ठिक ढङ्गबाट घरफर्किनेहरूका लागि उचित प्रबन्ध मिलाइएको पाइएन् । हरेक वर्ष यस्ता गुनासाहरू सार्वजनिक भइआएको विषयमा सरकारी निकायले ध्यान नदिएकोमा जनता दुःखी देखिएका छन् । फुलपाती पछि घरफर्किनेहरूले अझ टिकट पाउन नसकेका हुन् ।

अग्रिम टिकट पाउन सकिरहेको छैन् । राजधानीमै बस्नेहरूले दशैँमा किनमेलका सामानको भाउ अचाक्कली बढेको गुनासो गरिरहेका छन् । कतिपय वस्तुहरूको अभाव हुन थालेको छ । सरकारले यस्ता विषयमा ध्यान दिएको छैन् ।

सरकारले यस्ता विषयमा ध्यान दिएर अझ पनि टिकट नपाएकाहरूका लागि टिकटको सहज व्यवस्था गरी घर फर्किनलाई सुविधा उपलब्ध गराउने काम सरकारले तत्काल मिलाउनु पर्छ । विमानसेवाबाट जान चाहनेहरूलाई पनि सस्तोमा टिकट पाउन नसकेको हो ।

सरकारले विमानसेवाको उपयोग अर्थतन्त्रको गतिविधिलाई बढी सक्रिय बनाउन गर्न सक्नुपर्ने थियो । सस्तो टिकटका आधारमा विमान सेवा दशैँमा सञ्चालन गर्न सकेको भए आन्तरिक पर्यटनको प्रोत्साहन हुने थियो । सस्तो हवाई टिकट सुविधाबारे सरकारले सोचेको भए नेपालका विभिन्न शक्तिपीठको भ्रमण गरी जाने नेपालीहरूले त्यस क्षेत्रको आर्थिक गतिविधिलाई सक्रिय बनाउन योगदान दिन सक्ने थिए ।

यस्तो अवस्था सिर्जना भएको पाइँदैन् । अझ पनि विजयादशमी मनाउने समय बाँकी सरकारले यस्तो विषयमा योजना बनाएर अर्थतन्त्रलाई टेवा दिन सक्ने समय बाँकी छ । यस्ता विभिन्न सहुलियत जनताका लागि सरकारले गर्न सकेको छैन् । सरकारले यस्ता विषयमा ध्यान दिनुपर्ने छ । जनतालाई दिन सकिने सुविधाबारे सरकारले सोचोस् ।

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ