जलवायु परिवर्तनको असरबाट धनी देशहरू धनी र गरिब देशहरू गरिब हुँदै गएको एक अन्तर्राष्ट्रिय रिपोर्ट हालै सार्वजनिक भयो । सो रिपोर्टमा तातो हावाको कारण वैश्विक अर्थतन्त्रलाई १६० खर्ब अमेरिकी डलरको क्षति अनुमान गरिएको छ । अध्ययनकर्ताहरूले यो क्षति धेरै हुन सक्ने बताएका छन् ।
यसैबीच जलवायु परिवर्तनको असरबाट विश्वलाई जोगाउनु पर्ने भनी अभियान सञ्चालन गरी चर्चामा आएकी स्विडनकी ग्रेटा थनबर्गले पुँजीवादको पतनको लागि यो साता आह्वान गरिन् । १९ वर्षीया जलवायु अभियन्ता थनबर्गले ‘द क्लाइमेट बुक’ नामको पुस्तक लेखेकी छिन् । लन्डनमा आयोजित सो पुस्तकको विमोचन कार्यक्रममा सहभागीहरूमाझ पुँजीवादको पतनको आह्वान गरेपछि उनलाई अनलाइनमा आलोचना गरियो ।
थनबर्गका केही आलोचकहरूले अनलाइनमार्फत् पुँजीवादमा विश्वभरको जीवनस्तर व्यापकरूपमा वृद्धि भएको र ठिक यहीबेला पुँजीवादी अमेरिकामा कार्बन उत्सर्जन सहश्राब्दी सुरु भएपछि घटेको बताए । यसको जबाफमा थनबर्गले भनिन् “ म समाजवाद, उदारबाद, साम्यवाद, रुढीबाद, मध्यवाद, तपाईँ यसलाई जे नाम दिनुस सबै असफल भएका छन् ।”
थनबर्गले विश्वभरिको परिवेशमा यस्तो भनेकी छिन् । सबै असफल भइसक्यो । थनबर्गको यो भनाइ आफैमा नौलो होइन् । सोभियतसंघको पतन पछि इतिहासको अन्त्य भएको भन्ने विचार पनि अहिले असफल भइसकेको छ । नेपालमा पनि एक पछि अर्को गरी राजनीतिक प्रणाली असफल भएर संघीय लोकतान्त्रिक गणतन्त्रको संविधान जारी भइ अहिले दोस्रो पञ्चवर्षीयका लागि मंसिर ४मा आम चुनावको प्रचारप्रसार बिहीबारबाट सुरु भएको छ ।
निर्वाचन आयोगले सार्वजनिक गरेको आचारसंहिता अनुसार बिहीबारबाट सुरु भइ मंसिर ४सम्म प्रचारप्रसारको अवधिमा विभिन्न दलले घोषणा पत्र सार्वजनिक गरेका छन् । तर राजनीतिक दलका नेताहरूले जनतामाझ छवि सुधार गर्न नसकेको देखिएका छन् । सबै असफल भएको जस्तो देखिन्छन् ।
थनबर्गले सबै असफल भएको अवस्थामा कोही छान्नुपर्ने छ ।जनतासँग अहिले नो भोटको विकल्प छैन् । जनताले असफलहरू मध्येबाट कोही चुन्नुपर्ने छ । जनताले चुन्ने छन् । चुनिएर आउनेहरूका अगाडि सफल भएर जनतामाझ स्थापित हुनुपर्ने चुनौती छ । आफू सही भएको भनी कतिपयले नयाँ पार्टी खोलेर जनता माझ आएका छन् ।
यसो हेर्दा पुराना मुख्य पार्टीहरूले नै चुनाव जितेर आउने सम्भावना देखिन्छ । पुराना पार्टीहरूका नेताहरूलाई नै असफल नेता भनेर ‘नो नट अगेन’ अभियान पनि चलिरहेको छ । यसले पनि सबै असफल भएको दर्शाउँछ । जेहोस जो आएपनि असफलहरूबाट चुनिएर आउने हो ।
त्यसैले तिनको जिम्मेवारी अहिले नैतिकता, इमानदारिता, पारदर्शिताको अभाव राजनीतिमा स्थापित गराउँदै विकास गरी देश र जनतालाई समृद्धिको बाटोमा डो¥याउने जिम्मेवारी छ ।यसैले असफलहरूबाट जनताले सफल खोजिरहेका छन् । जनताको आंकाक्षा पूरा गरौँ । राजनीतिको प्रतिष्ठा र गरिमा उँचो राखौँ ।
तपाईको प्रतिक्रिया