मंसिर ४ गते सम्पन्न हुन लागेको आम निर्वाचनको लागि निर्वाचन आयोगले दिएको प्रचार प्रसारको अवधि आज बिहीबार सकिँदै छ । अब निर्वाचनका उम्मेदवारहरूले खुला प्रचार प्रसार गर्न पाउँदैनन् । अब मौन अवधि सुरु हुनेछ । परम्परागतरूमा हुने गरेको चुनाव प्रचारको शैली यस पटकको चुनावमा देखिएन् ।
अधिकांश उम्मेदवारहरूले चुनाव आयोगको आचारसंहिताको पालना गरेको पाइएको देखियो । चितवनमा खटिएको चुनाव प्रचार प्रसारको गाडीमा तोडफोडका घटना र केही मिडियाहरूले आचार संहिताको उल्लंघन गरेको छिटफुट घटना बाहेक त्यस्तो गम्भीर प्रकारका आचार संहिताको उल्लंघनको घटना भएको देखिएन् ।
अब मौन अवधि सुरु हुने भएको छ । आर्थिकरूपले प्रभावित पार्ने काम पराम्परागतरूमा पहिले हुन गरेजस्तो अहिले हुँदैन् । मिडिया र निगरानीमा खटिएका पर्यवेक्षक संस्थाहरूको सक्रियताले उम्मेदवारहरूले मत माग्न जाँदा क्लबहरू र गरिब समुदायमा खुल्मखुला नगद तथा जिन्सी दिने काम गर्न गाह्रो हुने गरेको छ ।
प्रचार प्रसारको क्रममा धनुषा ३ मा टेम्पोमा उम्मेदवारको फोटो टाँसि प्रचार गर्न खोजिएको घटनाप्रति निर्वाचन आयोगले तत्काल रोक्न निर्देश दिएको समाचार सार्वजनिक भए । त्यस्ता कार्यहरू रोकिए । अचारसंहिता उल्लंघन गर्ने उम्मेदवारहरूलाई स्पष्टीकरण सोधिएको समाचारले प्रमुखता पाएकाले पनि अधिकांश उम्मेदवारहरूले आचारसंहिताको पालना गरेको पाइयो । मौन अवधि सुरु हुन अघि उम्मेदवारहरूले पालना गरे जस्तै अब पनि पालना गर्नुपर्ने आवश्यकता छ । मौन अवधिमा मतदाता किनबेच ठुलै परिमाणमा हुने गर्छ ।
पैसावाल उम्मेदवारकोतर्फबाट नगद बाँड्ने व्यक्ति परिचालन हुने गर्छन् । गाउँ गाउँ टोलका मानिसहरूलाई नगद बाँड्ने काम हुन्छ । प्रचार प्रसारको काम सकेपछि उम्मेदवारहरूले आफ्नो कमजोर क्षेत्रमा वा पैसा परिचालन गरी मत आउन सक्ने क्षेत्रमा यस्ता व्यक्ति परिचालन हुने गर्छ । यस्ता गतिविधिमा देशभरको हिसाब गर्दा कुनै पनि दलका पैसावाल उम्मेदवार पछि नपरेको आम बुझाइ रहेको छ ।
यो मौन अवधिको आचारसंहिता पालना गराउने जिम्मेवारी निर्वाचन आयोगको मात्र होइन् । यसमा सुरक्षा निकाय बढी सक्रिय हुनुपर्ने हुन्छ । सुरक्षा निकायसँग गुप्तचर निकाय हुन्छ । गुप्तचर निकायको रिपोर्टको आधारमा पैसाको चलखेल गर्ने उम्मेदवार र क्षेत्रको बारेमा जानकारी हुन्छ । अतः मौन अवधिमा हुने यस्तो अनुचित आचरण र अभ्यास रोक्ने काममा सबै लाग्नु पर्छ । अनि मात्र निर्वाचन प्रणाली सहीरूपमा र शुद्धरूपमा भएको मानिन्छ । त्यसैले मौन अवधिको यस्ता अनुचित अभ्यास रोकौँ ।
तपाईको प्रतिक्रिया