‘कसैले प्रधानमन्त्री बन्ने हो भनेर सोध्यो भने ठाडै दुत्कार्छु’

बाबुराम भट्टराई भन्छन्ः एमाले-माओवादीमा जस्तो तालमेल गर्ने निपूर्णता कांग्रेससँग रहेनछ

अन्तर्वार्ता

12/26/2017

प्रतिनिधिसभा निर्वाचन–२०७४ को परिणामको पूर्वदेखि पश्चिमसम्मको नक्सा हेर्‍यौं भने, एउटा विचित्रको तस्वीर सामुन्ने आउँछ। काठमाडौं उपत्यकालाई अलग गरेर हेर्दा पूर्वी पहाडपछि एकैचोटि मध्य पहाडको रसुवामा फेला पर्ने कांग्रेसको चुनाव चिन्ह ‘रुख’ त्यसपछि एकैचोटि सुदुरपश्चिमको डडेलधुरामा देखापर्छ। बाँकी जताततै कि सूर्य देखिन्छ, कि गोलाकारभित्रको हँसिया–हथौडा भेटिन्छ।

पहाडी भूगोलमा जताततै सूर्य र हँसिया–हथौडाको पक्षमा लहर चलेको बेला नयाँशक्ति पार्टी नेपालका संयोजक बाबुराम भट्टराईले गोरखा–२ बाट जित निकालेर नक्सामा आँखा चिन्ह पनि थपेका छन्। र, चुनाव सकेर काठमाडौं फर्केपछि केही विश्राम गरेर चुनावी परिणामको समीक्षा थालेका छन्।

तिनै भट्टराईसँग नेपालखबरका लागि सीताराम बरालले चुनावी परिणाम, उनी नेतृत्वको नयाँशक्तिको सफलता–असफलता, वामगठबन्धनबाट नयाँशक्ति किन र कसरी बाहिरियो, कांग्रेससँगको चुनावी सहकार्य कस्तो रह्यो, भट्टराईले हिँड्न खोजेको आगामी बाटो के हो भन्ने प्रश्नमा शुक्रबार बिहान काठमाडौंमा लामो वार्ता गरे। प्रस्तुत छ, भट्टराईसँगको वार्ताको संपादित अंशः

तपाईको प्रतिक्रिया



ट्रेन्डिङ