० तपाइँको आमरण अनसन किन ?
— नेपाली कांग्रेसको १४औं महाधिवेशनमा महोत्तरी जिल्ला संसदीय क्षेत्र नं. ३ सहभागी हुन पाएन । मुलुक संघीयतामा आइसकेपछि यो प्रथम महाधिवेशन थियो । केन्द्रीय निर्वाचन समितिले जिल्ला अधिवेशनको मिति तोकेको छ । त्योभन्दा अगावै महोत्तरी प्रतिनिधिसभा संसदीय क्षेत्र नं. ३ को स्थगित निर्वाचन प्रक्रिया अगाडि बढाउनुपर्ने आवश्यक देखिन्छ जसले गर्दा यस क्षेत्रका साथीहरूलाई महाधिवेशन/महासमिति र जिल्ला अधिवेशनमा सहभागी हुन मार्ग प्रशस्त हुन्छ । संसदीय क्षेत्र नं. ३ लाई षड्यन्त्रमूलक ढंगले जिल्ला अधिवेशनबाट वञ्चित गराउने प्रयास भएमा मान्य नहुने कुरा सबै पक्षलाई ध्यानाकर्षण गराउन चाहन्छु । सम्पूर्ण नेतृत्वगण, वर्तमान तथा पूर्वकेन्द्रीय सदस्य, महासमिति÷महाधिवेशन, क्षेत्रीय सभापति, पूर्वपदाधिकारी तथा नेपाली कांग्रेस महोत्तरीका सम्पूर्ण सचेत शुभेच्छुकहरूमा संसदीय क्षेत्र नं. ३ को निर्वाचनको लागि सकारात्मक वातावरण निर्माणका लागि यो मेरो आमरण अनसन हो । मैले सबै साथीहरूसँग छलफल गरेर सल्लाहमै आमरण अनसन थालेको हुँ । म एउटा प्रतिनिधि पात्र मात्र हुँ, यदि हाम्रो माग सुनुवाई भएन भने अन्य साथीहरू पनि आमरण अनसनमा बस्नुहुन्छ ।
० महोत्तरी संसदीय क्षेत्र नं. ३ को अधिवेशनपछि मात्रै जिल्ला अधिवेशन हुनुपर्ने तपाइँको मुख्य माग हो ?
— हाम्रो माग भनेको त्यहीं हो, जिल्ला अधिवेशनभन्दा पहिला क्षेत्र नं. ३ को अधिवेशन हुनुप¥यो । यस्तै, मनरा सिस्वाको वडा नं. ८ मा पनि वडा अधिवेशन भएको छैन । यस्तै अन्य कतिपय ठाउँहरूमा अधिवेशनहरू हुन सकेनको छैन । सबै अधिवेशन गराउनुपनु¥यो । कोही पनि वञ्चित हुनुभएन भन्ने हाम्रो माग हो ।
० महोत्तरी क्षेत्र नं. ३ मा कांग्रेसभित्र जहिले पनि विवाद देखिन्छ, किन ?
— लोकतन्त्रमा पार्टीभित्र दुईटा पद्धति हुन्छ । हामीले या त सहमतीय प्रणाली अपनाउनुपर्ने होइन भने निर्वाचनमा जानुपर्ने हो । तराई–मधेशमा धेरै चुनौतिहरू छन् । हामीले वडादेखि संघीय संसदमा कसरी जित्ने भन्ने मुख्य उद्देश्य हुनुपर्ने हो । यसका लागि हामीभत्रि धेरै द्वन्द्व हुनुभएन । आपसमा सामन्जस र सहमति गरेर जाँदा राम्रो हुन्छ । हाम्रो उद्देश्य पनि नेपाली कांग्रेसलाई महोत्तरीमा पूर्ववत् अवस्था अर्थात् पहिला जसरी कांग्रेसको राम्रो उपस्थिति थियो, त्यसरी पुनः स्थापित गराऔं भन्ने मनसाय रहेको छ । त्यसका लागि हामीले गत निर्वाचनमा पनि धेरै प्रयास ग¥यौं । हामी प्रयास गर्दागर्दै पनि नेतृत्ववर्गले जसरी सोच्नुपर्ने हो, त्यस्तो देखिएन । जसले गर्दा अहिले कांग्रेसका लागि यस्तो अवस्था भएको हो । हाम्रो यस क्षेत्रका श्रद्धेय नेताहरू हुनुहुन्छ, पूर्वकेन्द्रीय सदस्य रामचन्द्र तिवारी, नरेन्द्र प्रसाद मिश्र, कामेश्वर पाण्डेय, शम्भुनारायण पाठक र पालिकाका सभापतिहरू हुनुहुन्छ सबैलाई हामीले आग्रह ग¥यौं कि अहिले पनि केही गएको छैन । हामीभित्र जति सहज वातावरण हुन्छ, त्यति नै भोलि आफ्नो प्रतिद्वन्द्वीहरूसँग प्रतिस्पर्धा गर्न सजिलो हुन्छ भन्ने किसिमको हामीले आग्रह गरेका छौं । परिस्थिति अनुकूल बनाउँदा–बनाउँदै पनि बिग्रिन्छ । यसमा व्यक्तिगत टकरावका कुराहरू छन् । तर मलाई विश्वास छ कि अलि ढिलो भएपनि यसको परिणाम सकारात्मक नै आउँछ ।
० खासगरी नेपाली कांग्रेसको प्रदेश नं. २ मा सबभन्दा बढी विवाद देखियो । केन्द्रीय महाधिवेशनमा प्रदेश नं. २ का प्रतिनिधिहरू सहभागी हुन पाएनन् । केन्द्रीय नेतृत्वले प्रदेश नं. २ लाई महाधिवेशनमा सहभागी हुनबाट किन वञ्चित गरायो त ?
— हाम्रो त आग्रह छ कि हाम्रा श्रद्धेय नेताजीहरूले संयमतापूर्वक व्यक्तिगत अहमतालाई छोडेर पार्टीको हितमा सोच्नुपर्ने हो । लोकतन्त्रको विधि पद्धति भनेको सहमतीय र निर्वाचन नै हो । सहमतीय पद्धतिमा पनि सबै अट्दैनन् तर धेरै साथीहरूलाई सम्बोधन गर्न सकिन्छ । दोस्रो कुरा भनेको निर्वाचन पद्धति हो । निर्वाचन पद्धतिमा जो विजयी हुनुहुन्छ, उहाँहरूमा नम्रता हुनुप¥यो, सबैलाई समेटेर लैजाने भावना हुनुप¥यो । जो साथी उपविजेता हुनुहुन्छ उहाँको पनि धर्म हो कि लोकतन्त्र पराजित भएपछि साथीहरूले जुन म्यान्डेड दिए त्यसलाई स्वागत गर्नुप¥यो र त्यसलाई आत्मसात गर्नुप¥यो । नेपाली कांग्रेसका लागि त्यो अत्यन्त आवश्यक छ । क्षेत्रको लागि हाम्रा नेता रामचन्द्र तिवारीलाई अभिभारा दियौं कि तपाइँ सबैको केन्द्रबिन्दू बन्नुस्, सबै नेता बन्नुस् । उहाँ सबै नेता बनिदिएको भए आज यो अवस्था आउने थिएन । त्यसैको परिणाम हो कांग्रेस दिनप्रति दिन यो क्षेत्रमा कमजोर बन्दै गएको हो । अझै पनि मौका छ, उहाँ सबै नेता बनिदिनुभयो भने आगामी दिनमा समग्र कांग्रेसको लागि राम्रो हुनेथियो ।
० तर केन्द्रीय नेताहरूले तपाइँहरूको समस्यामा किन चासो देखाउनुहुन्न ?
— केन्द्रीय नेताहरूलाई पनि हामीले जानकारी गराएका छौं, उहाँहरूले चासो राख्नुभएको छ । स्थानीय समस्याहरूले गर्दा जटिलता देखिएको हो । हाम्रा पनि स्थानीय समस्याहरू छन् । अहिले देशभरि कांग्रेसको चुनाव थियो । त्यसमा हाम्रा केन्द्रीय नेतृत्वहरू लाग्नुभएको थियो । तर हाम्रो जिल्लामा रहेका केन्द्रीय सदस्य, केन्द्रीय नेता, पूर्वजिल्ला सभापतिहरूले अलिकति प्रयास गरेको भए यस्तो जटिलता आउँदैनथ्यो । तर उहाँहरू उदासीन बस्नुभयो, भूमिका गर्न सक्नुभएन । अहिले कांग्रेसमा धेरै युवापिढीहरू आइसकेका छन् । सबै भविष्य कांग्रेससँग जोडिएको हो । हाम्रा जति पनि भ्रातृ शुभेच्छुक संस्थाहरू छन्, सबैको चाहनाको कि कांग्रेस सवल र सक्षम होस् । प्रयास जारी छ, हेरौं सफल हुनुपर्ने हो ।
० जिल्ला अधिवेशन तोकिसकेको छ, तर तपाइँको मागअनुसार पहिले क्षेत्रीय अधिवेशन होला ?
— हाम्रो महामन्त्रीजीले फोन गर्नुभएको थियो र जिल्लाका निर्वाचन अधिकृतले सूचना दिनुभयो कि अहिले जिल्लाको अधिवेशन मिति सरेको छ । पुस २७ गतेको लागि तोकिएको जिल्लअ अधिवेशन माघ १५ गतेका स¥यो भन्ने अनौपचारिकरूपमा सूचना पाएका छौं । त्यसका लागि अब केन्द्रले जिल्लासँग समन्वय गरेर कुनै किसिमको सकारात्मक निर्देशन दियो भने हामी विचार गर्छौं ।
० भनेपछि जिल्लाभन्दा पहिले संसदीय क्षेत्र नं. ३ को अधिवेशन हुने संकेत देख्नुभएको हो ?
— हामी धेरै मागहरू गरेका छैनौं । यहाँ कुनै किसिमको बार्गेनिङ्ग छैन । हाम्रो कुरा के छ भने हामीबीच स्थानीयरूपमा जुन मिस अन्टरस्टेन्डिङ्ग छ, त्यसलाई हटाउनका लागि क्षेत्रीय सभापतिले सकारात्मक पहल गरिदिएको भए यो अवस्थै आउने थिएन । क्षेत्रीय सभापतिले पहल नगरेकोले हामी बाध्य भयौं र आमरण अनसन बस्नुप¥यो । अब केन्द्रले नै कुनै विश्वासिलो आधार हामीलाई दिन्छ भने हामी विचार गर्छौ । यो हाम्रो क्षेत्रीय अधिवेशनको मात्रै कुरा छैन यसमा जिल्ला पनि संलग्न छ । मैले सबै साथीको सल्लाहमा अग्रसर भएर मात्रै भूमिका निर्वाह गरेको हुँ । हाम्रा माग समबोधन भएन भने अन्य साथीहरू पनि थपिनु हुन्छ । त्यसले केन्द्रबाट कुनै त्यस्तो आश्वासन आयो भने हामी साथीहरूसँग समन्वय गरेर आमरण अनसनलाई स्थगन गर्न सक्छौं । कोही पनि अधिवेशनबाट वञ्चित हुनुभएन । सबैले सहभागिता जनाउन पाउनुप¥यो भन्ने हाम्रो मान्यता हो । लोकतन्त्रमा यो आवश्यक हो । हेरौं अब यसको परिणाम कस्तो आउँछ ।
तपाईको प्रतिक्रिया