नेपाली जनताको माग धर्मनिरपेक्ष हुँदै होइन । विदेशीलाई खुस पार्नका लागि जबरजस्ती नेपालीमाथि धर्मनिरपेक्ष लादिएको हो । ९४ प्रतिशत ओमकार परिवार भएको देशमा जनमत संग्रह गराउनुपर्ने हो नि । १०–१५ जना नेताहरु एउटा कोठामा बसेर विदेशीलाई खुशी पार्न जबरजस्ती नेपालीमाथि लादिएको हो । उनीहरुले पैसाका लागि धर्म बेचे । जसले पैसाका लागि धर्म बेच्न सक्छ, उसले मुलुक पनि बेच्न सक्छन् नि ।
कसैले भन्छ कि तपाइँको कान कागले लग्यो भने कागको पछि दौडिने कि आफ्नो कान हेर्ने ? हामी पहिला आफ्नो कान छाम्नुपर्छ । यहाँका मान्छेहरु अति नै नकारात्मक सोच राख्छन् । कुरा नबुझेर जे मन लाग्छ त्यहीं सामाजिक सञ्जाललगायत सञ्चारमाध्यममा लेख्ने गरेका छन् । मेरो कार्यकक्ष अहिलेसम्म मधेश आन्दोलनका शहीदहरुको तस्वीर छँदैछ । अर्कोतिर हाम्रा पार्टीका नेताहरुको पनि तस्वीर राखेको छु । लोकतन्त्रका लागि लडेका नेताहरुको तस्वीर मेरो पछाडि राखेको छु भने शहीदहरुको तस्वीर मेरो अगाडि राखेको छु । मान्छेहरु नहेरिकन, नबुझिकन जे मन लाग्छ त्यहीं लेख्छन्, त्यसको जवाफ म के दिने ?
शहीद भनेको सबैको हुन्छ । कांग्रेसले त्यसलाई अपमान गर्नुपर्ने कारण म देख्दिँन । त्यहीं शहीदको बलमा पाएको संघीयता हो । शहीदको प्रतिफलबाट प्राप्त संघीयताको मन्त्री बन्न लाज नलाग्ने अनि शहीद फोटो टाउकोमा हुँदा लाज लाग्ने ? त्यसकारणले यस्ता कार्यहरुले गर्दा मधेश आन्दोलन र मधेशका शहीदको अपमान हो । त्यसको दोषी मन्त्री रामसरोज यादवभन्दा बढी मुख्यमन्त्री लालबाबु राउत र उपेन्द्र यादव हुन् ।
नेपालमा जति पनि संविधान आएका छन्, ती सबै संविधानलाई उत्कृष्ट भनिएको छ । ती उत्कृष्ट संविधानहरु यस्ता भए पनि चल्नै सक्दैन । जसले संविधान बनाउँछन्, उनीहरुले नै त्यसलाई उल्लंघन गरेर आफूलाई ठूलो देखाउन खोज्छन् । राजाको पनि त्यही परिपाटी थियो र अहिलेका नेताहरुले पनि संविधानको मर्मलाई मान्नुभएन ।
यदि कांग्रेसले मधेशलाई भोटबैंकको रुपमा मात्र प्रयोग नगरेको भए पछिल्लो चुनावमा यस्तो कमजोर प्रस्तुती हुने थिएन । कांग्रेसले आफ्नो जनाधार भएको मधेशलाई आत्मसात गरेको भए आज मधेशमा कांग्रेसको बलियो उपस्थिति हुने थियो । यो कुरा अब कांग्रेसको नेतृत्वमाथि निर्भर छ । कांग्रेसका नेतृत्वले यसबारे सोच्नुपर्छ । यो गम्भीर विषय हो, यसबारे नेतृत्व र महाधिवेशन प्रतिनिधिहरुले सोचनुपर्छ ।
उपेन्द्र यादवको राजनीतिक गतिविधिलाई जनताले राम्ररी हेरेका छन् र अब मूल्यांकन पनि गर्दैछन् । कुन बेलामा उहाँले कस्तो कदम चाल्नुभएको छ, कसैले बिर्सेका छैनन् । २०६३ देखि अहिलेसम्म कुन बेला कसको के भूमिका रह्यो, जनताले एक–एक गरी हेरिरहेका छन् । कांग्रेस, एमाले र माओवादीको मधेश हेर्ने दृष्टिकोण एउटै हो । किनभने हामी सडकमा कराउँदा–कराउँदै यी तीन दलले अधुरो संविधान बनाए । सहज परिस्थितिमा यिनीहरुले मधेशीलाई केही दिँदैन ।
मधेश आन्दोलनका शहीद परिवारलाई मात्रै हेर्नुपर्छ भन्ने कुरामा मेरो असन्तुष्टि हो । किनकि जनयुद्धका प्रदेश २ का आठवटै जिल्लामा करिब डेढ सयभन्दा बढी मधेशीहरु शहीद भएका छन् । त्यो हिसावले हेर्दा त मधेशी शहीदहरुमाथि अपमान भइरहेको छ । प्रदेश सरकारबाट शहीदको अपमान नहोस् भन्न चाहन्छौं । मधेशमा शहादत प्राप्त गरेका सबै शहीदको सम्मान हुनुपर्छ ।
नागरिकता अध्यादेश जारी भएको थियो । हामीले राजनीतिक हिसाबले आफ्नो एजेन्डा अगाडि बढाइरहँदा अदालतले जुन किसिमको बाधा खडा गरिरहेको छ, यसले सरकारलाई नै असफल पार्न षड्यन्त्र भइरहेको जस्तो देखिन्छ । सबैतिरबाट सरकारलाई घेराबन्दीमा पारेर कसरी असफल पार्ने भन्ने मनसाय देखिएको छ । नागरिकता अध्यादेशसम्बन्धी अदालतको यस्तो निर्णयले हामी दुःखी छौं । यसबारे सरकार अब कसरी अगाडि बढ्ने भन्ने कुरामा छलफलमा नै छ । यो निर्णयले हाम्रो लागि समस्या उत्पन्न गरेकै हो ।
सँगै सहकार्य गरौं, अगाडि बढौं भन्ने कुरा भएपछि त नेतृत्व कसले गर्ने भन्ने विषय छलफलमा टुंग्याउने कुरा हो । यो भविष्यको कुरा हो । उहाँहरुले तीन वर्ष सरकार चलाउनुभयो, बाँकीको अवधि कांग्रेसलाई दिन किन मान्नुहुन्न, मान्नुपर्छ नि । यस विषयमा उहाँहरु पनि सकारात्मक हुनुहुन्छ होला । उपेन्द्र यादवसँग हाम्रो पार्टीका उपसभापति विमलेन्द्र निधिसँग वार्ता चलिरहेको छ ।
प्रदेश २ का कुनै पनि पालिकाले आधा बजेट पनि खर्च गर्न सकेको छैन । एक त नेपाल सरकारको तर्फबाट विभेद त छँदैछ छ तर मधेशकै प्रतिनिधिहरुले पाएको बजेट मधेशका लागि खर्च गर्न सकेको छैन । यसको मूल कारण भनेको प्रदेश वा स्थानीय सरकारका प्रतिनिधिहरुसँग बजेट कसरी खर्च गर्ने भन्ने उद्देश्य नै छैन । यहाँका प्रदेश वा स्थानीय सरकारका प्रतिनिधिहरुले कमिशनमा मात्रै काम गरिरहेका छन् । जहाँबाट कमिशनबाट त्यहाँ मात्रै बजेट खर्च गर्ने गरेको देखिएको छ । अहिलेसम्म खासगरी प्रदेश २ मा बजेट प्रयोग भनेको कमिशनलाई मात्रै प्राथमिकतामा राखेको देखिन्छ । एक त बजेट कम आउँछ र आएको बजेट पनि यहाँका स्थानीय तहहरुले खर्च गर्न सकेको हुँदैन ।
अहिले उपेन्द्रजीले गैरराजनीतिक चरित्र देखाइरहनु भएको छ । उहाँबाट जुन कामको थालनी भयो त्यसमा पार्टीभित्र अराजकता हुँदैन भनेर महन्थ ठाकुरजीको तर्फबाट पनि कारबाही अगाडि बढेको हो । त्यसले गर्दा जसपाभित्र एउटा विग्रह देखिन्छ । यसले गर्दा विभेदमा परेका नागरिकहरु खासगरी मधेश र थरुहटको जनसमर्थनले बनेको यो पार्टी हो । मधेश आन्दोलनबाट बनेका नेता उपेन्द्र यादवले आज मधेश र थरुहटका जनताको अधिकारलाई संकुचित गर्ने, आफ्नै आन्दोलन नेता कार्यकर्ताहरुलाई अप्ठ्यारोमा पार्ने, तिनीहरुलाई अधिकार सम्पन्न हुन नदिने भूमिका खेलिरहनु भएको छ ।
यो अध्यादेश प्रतिनिधिसभामा विचाराधिन थियो । त्यहाँ सबैसँग छलफल गरेर, सबै दलको भावना लिएर पारित गराउँदा हुन्थ्यो । ओलीजीले संसद विघटन गरिसकेपछि आफू बलियो हुनका लागि राजनीतिक उद्देश्यबाट प्रेरित भएर सत्ता टिकाउन र महन्थ ठाकुर एण्ड कम्पनीलाई फकाउनका लागि मात्रै हतारमा यो अध्यादेश ल्याउनु भएको हो ।
के आरोप लाग्छन् भने नागरिकता बिक्री गर्छन् । बिक्री हुने भनेको सिडियो कार्यालय वा अधिकृतहरुबाट हो । त्यसमा बाहुल्यता भारत र मधेशविरोधीवालाहरुकै छ । बेच्छन् उनीहरु तर आरोप लाग्छन् मधेशीमाथि । केही मात्रामा त्यस्तो भएको छ, नभएको होइन । तर नेपालमा बर्मेली, भुटानी, तिब्बतीयनहरु पनि छन् ।
क्लोथ बैंकले निःशुल्क चिकित्सकीय परामर्श, औषधि लगायतका सामग्रीहरु वितरण गरिरहेको छ । हामीले गर्ने गरेको कामहरुबारे जनस्तरसम्म सूचना गइसकेको छ । हामीले दिनहुँ यस्ता सेवाहरु विस्तार गर्दै गएका छौं । हामीले गाउँसम्म नै चिकित्सक र स्वास्थ्य सामग्री पठाउँदै आएका छौं । हामी यो सम्वाद गरिरहँदा पनि एक जना दलित समुदायका वडाअध्यक्षको अवस्था गम्भीर हुँदा स्वास्थ्य सामग्रीसहित चिकित्सक पठाएका छौं । तर हामीसँग सीमित साधनस्रोत छन् । यो सीमित साधनस्रोतबाट नै उपचारबाट वञ्चित असहाय तथा विपन्नहरुको सेवा गरिरहेका छौं ।
प्रतिगमनकारी ओलीले असंवैधानिक तरिकाले संसद विघटन गरे, केपी ओलीले जतिसुकै माग सम्बोधन गरे पनि त्यसको मतियार हामी बन्दैनौं भन्ने अर्को धार थियो । ती दुई धारबीचको सम्वादविहीनताका कारण समस्या थोरै जटिल भएको थियो । त्यसमा अन्य शक्तिहरुले जसपा फुटोस्, टुटोस् भन्नेहरु अलिकति खेल्ने ठाउँ पनि पाए । त्यो बीचमा हाम्रा पार्टीका एक–दुईजना साथीहरुले व्यक्तिगत स्वार्थका निम्ति कुन नेताको धपौरे भएको खण्डमा भोली आफू कहाँ पुग्न सकिन्छ भन्ने हिसाबले आफ्ना नेतालाई खुसी पार्नका लागि अर्को पक्षका नेताप्रति गालीगलौज गर्ने काम गरे, त्यो पनि ठिक गरेनन् ।
मैले पनि यसरी नै सुनेको छु । उनको व्यवहार हेर्दा पक्कै पनि केही न केही लिएकै हुनुपर्छ जस्तो लागिरहेको छ । होइन भने करोडौं करोडको फ्ल्याट कहाँबाट आयो काठमाडौंमा ? सबा–डेढ करोडको गाडी कहाँबाट आयो ? अझ राजविराज र विराटनगर कहाँ–कहाँ होलान् त्यो छोडिदिउँ । भनेपछि आगो नबलिकन धुवाँ त आउँदैन । यसमा कतिको सत्यता छ मिडियाका साथीहरुले पनि बुझ्नुपर्ने कुरा हो ।
अहिले आफ्नो गुटको सत्ता टिकाउनका लागि प्रधानमन्त्रीले धेरै आश्वासनहरु दिनुभएको होला । तर महन्थ ठाकुरले नेतृत्व गरेको पक्षले पनि ओलीको सरकारमा जाने जस्ता कुराहरु गर्नुभएको छैन । एमालेभित्रको माधव नेपालले नेतृत्व गर्नुभएको पक्ष कुन ढंगले प्रस्तुत हुन्छ भन्ने कुराले पनि महत्व राख्दछ । राजनीतिमा यो पक्षलाई पनि उहाँले ध्यान दिनुभएको छ भन्ने लागेको छ ।
हाम्रो मुद्दाको सम्बोधन हुन्छ भने प्रधानमन्त्री केपी शर्मा ओलीलाई हामीले विश्वासको मत दिनुपर्छ, सहयोग गर्नुपर्छ र समर्थन पनि गर्नुपर्छ । हामीले विश्वासको मत दिने वा नदिने निर्णय गर्दा कुनै आधारमा टेक्नु त पर्छ नि ! तीनलाई स्पष्ट पनि पार्नु पर्छ । नदिने कुरा गर्दा किन नदिने भन्ने कुराहरू पनि त आउनु प¥यो । चुरो कुरा के भने हाम्रो मागलाई सम्बोधन हुने स्थितिलाई नै हामीले केन्द्रमा राख्नु पर्दछ । जुन सरकारले हाम्रो मागलाई सम्बोधन गर्ने जमर्काे गर्छ, त्यसलाई हाम्रो विश्वास र समर्थन दिनु पर्दछ ।
उपेन्द्रजी वा राजेन्द्रजीले के भन्छ, त्यसको कुनै अर्थ छैन । पार्टीले के भन्छ त्यसको अर्थ छ र सोही अनुसार पार्टी चल्छ । पार्टी भने कुनै व्यक्तिको होइन । कसैको हैकमवादी वा एकल विचारबाट जसपा चल्दैन । सामूहिक विचार र संस्थागत निर्णयबाट चल्ने पार्टी हो जसपा । त्यसैले आफ्नै गोरुको बाह्रैटक्का कसैको चल्नेवाला छैन ।
हामी अधिकारका लागि आन्दोलन गरेका थियौं र सोही पृष्ठभूमिमा पार्टीको निर्माण भएको छ । जतिबेला हामी अधिकारका कुरा उठाइरहेका थियौं त्यो बेला ओली, प्रचण्ड र देउवा सबै एकतिर थिए । हामीमाथि दमन भइरहँदा कसैले पनि हाम्रो पक्षमा बोलेनन् । अहिलेको परिस्थितिमा यदि आफ्ना मागहरू पूरा गराउन नेताहरूले पहल गरिरहनुभएको छ भने त्यो गलत होइन ।
पूराना सबै दलहरूबाट जनता निराश भइसकेका छन् । विगतमा विकल्प थिएन, विकल्पविहीन अवस्था थियो । तर अब जनमत आइसकेको छ । जनताको आदेशबाट नै यो पार्टीको निर्माण भएको हो । जनमतले जनतालाई निराश गर्दैन भन्ने हामी प्रतिबद्धता गर्न चाहन्छौं । हाम्रो महाधिवेशनमा जनताको जनलहरले हामीलाई स्पष्ट जनादेश दिइसकेको छ कि अब जनमतको विकल्प छैन ।
जसपाले आफ्नो मुद्दाका लागि राजनीति गर्ने कि ओलीलाई ढाल्ने वा अरुलाई प्रधानमन्त्री बनाइदिने ? स्वाभाविक छ, कुनै पनि राजनीतिक दल जुन भोटबैंकको प्रतिनिधित्व गर्छ, त्यसको स्वार्थका लागि उसले राजनीति गर्नुपर्ने हुन्छ । जसपा मधेशको भोटबैंकमा आधारित पार्टी हो, त्यसैले मधेशसँग जोडिएका मुद्दाहरु अहिले उसको प्राथमिकतामा छ र हुनुपर्छ । उसले त्यही आधारमा आफ्नो राजनीतिलाई अगाडि बढाउने हो, यही नै उसको कर्तव्य र दायित्व पनि हो । जसपा अध्यक्ष महन्थ ठाकुरजी अहिले सही ट्रयाकमा हुनुहुन्छ ।
निश्चितरुपमा प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारले मधेशका मुद्दाहरु सम्बोधन गर्नुहुन्छ भन्नेमा हामी विश्वस्त छौं । किनभने अहिलेका प्रधानमन्त्रीजस्तो कुनै पनि सरकारका प्रधानमन्त्रीले यसअघि मधेशका मागहरु पूरा गर्नका लागि प्रक्रिया सुरु गरेकै थिएनन् । कम्तीमा ओलीले मधेशको भावनालाई बुझ्न थाल्नुभएको छ । हामीले आश्वासनभन्दा पनि परिणामलाई विश्वास गर्ने हो
मधेश आन्दोलनपश्चात् उपेन्द्र यादव चर्चामा आएका हुन् । तत्कालीन सद्भावना पार्टी (आनन्दीदेवी)को गलत नीतिका कारण उपेन्द्र यादवको राजनीतिमा जन्म भएको थियो । उपेन्द्र यादव बाह्य आवरणमा जुन देखिन्थ्यो त्यसको भित्री रुप बिल्कुलै फरक छ । उपेन्द्रमा जुन राजनीतिक इमान्दारिता र नैतिकता हुनुपर्दथ्यो, त्यो बिल्कुलै छैन ।
जनमत पार्टी भनेको जनताको बीचबाट जन्मिएको र लोकतान्त्रिक मूल्यमान्यतालाई आत्मसात गर्दै आफ्नो पहिलो ऐतिहासिक महाधिवेशन सम्पन्न गर्न लागेको छ । तत्कालीन मधेशकेन्द्रि दलहरुले आफ्नो महाधिवेशन गर्न सकिरहेका थिएनन् । ती पार्टीहरुमा अहिले पनि टिका लगाएर मनोनयन गर्ने प्रचलन अहिले पनि जारी नै छ । तर जनमत पार्टी आफ्नो गठनको दुई वर्षकै अवधिमा यत्रो भव्यताका साथ महाधिवेशन गर्न लागेको छ ।