सिक्किमीकरण भनेको भारतका मानिसहरू सिक्किममा बसेर भारतमा मिसाएको होइन । सिक्किमका आदिवासी रैथानेहरूले संसदबाट निर्णय गरेर भारतमा बिलय गराएका हुन् । त्यसकारणले सिक्किमीकरण भनेर हौवा फैलाइएको छ । त्यसकारणले भावनात्मक कुरा गरेर केही चुतर मान्छेहरूले आमनागरिकमा आक्रोश फैलाइदिने काम गरेका छन् । त्यस्तो सिक्किमीकरणको कुनै सम्भावना छैन ।

बाबुराममा स्थिरता देखिएन । माओवादी पनि परित्याग गर्नुभयो । नयाँ शक्ति खोल्नुभयो । जनता समाजवादी पार्टीमा आउनुभयो । यहाँ पनि बाधा उत्पन्न गर्न थाल्नुभयो । कि त उहाँका नजिक रहेका साथीहरूले जहिले पनि विचलित गरिरहेको हुनुपर्छ । त्यही विचलनको कारण होला, उहाँ छुट्टिएर जानुभयो ।

मधेश प्रदेशको मेरूदण्ड भनेको कृषि हो । यसमा सरकारले राम्ररी लगानी गरेको भए विकसित प्रदेशको रूपमा आउँथ्यो । कृषिमा जुन रूपमा लगानी हुनुपर्ने थियो, त्यो किसिमले भएको छैन । त्यस्तै, पर्यटनको अपार सम्भावना छ ।

मधेश आन्दोलनपछि आएका पार्टी जुन आफूलाई राष्ट्रिय पार्टी भनेर भन्ने गर्छन् । ती दलका नेताहरूलाई सोध्नुस्, संविधान संशोधन भयो त ? त्यति मात्र होइन नागरिकता समस्या, सेना सामूहिक प्रवेशलगायतका मागहरू किन पूरा हुन सकेनन् ? यिनीहरू मन्त्री बन्ने काम मात्र गर्छन् । पटक पटक यही मुद्दा लिएर उनीहरू सरकारमा गएका छन् ।

प्रदेशको शान्ति सुरक्षाको जिम्मा हामीलाई छ, तर हामीसँग प्रहरी नै छैन । प्रदेशका जनताहरू आफ्नो पीडा र समस्याहरू प्रदेश सरकार समक्ष राख्छन् तर हामी केही गर्न सकिरहेका छैनौं । प्रदेश सरकारले शान्ति सुरक्षा, सुशासन कायम गर्न सकेन भन्ने आरोप हामीमाथि लागिरहेको छ । संघीयताको मूल मर्मलाई संघले आत्मसात गरिरहेको स्थिति छैन ।

तपाईँहरू आसेपासेको कुरामा नलाग्नुस् । उनीहरूले सुनाएको कुराको पछि नलाग्नुस् । उनीहरूले सुनाउने कुरामा मख्ख नपर्नुस् । जनस्तरमा संगठनमा काम गर्ने हामी हौँ । त्यसकारण म भन्छु । तपाईँहरूको अवस्था राम्रो छैन । पार्टी मिलाउनुस् । जसपा लोसपा मिल्नुस् । कांग्रेससँग कुनै हालतमा गठबन्धन नगर्नुस् । बरू एमालेसँग गर्नुस् । एमाले मधेश विरोधी भए पनि गठबन्धन गर्दा उसको मान्छे भोट दिन्छन् ।

डा.सीके राउत निश्चितरुपमा चुनाव लड्नुहुन्छ । उहाँ प्रतिनिधिसभाका लागि नै उम्मेद्वारी दिनुहुन्छ । तर कहाँबाट दिने त्यो अहिले नै निर्णय भइसकेको छैन । उहाँ चुनाव नलड्ने मनसायमा हुनुहुन्थ्यो तर हाम्रा पार्टीका नेता कार्यकर्ताहरुको दबाबका कारण चुनाव लड्ने निष्कर्षमा पुग्नुभएको हो ।

डा. भट्टराई संघीय परिषद्को अध्यक्ष हुनुहुन्छ । यदि उपेन्द्रजी यस्तो गर्नुभएको छ भने कुन दिन उहाँहरू बस्नुभयो ? कुन बैठकमा उपेन्द्रजीले एक्लै निर्णय गर्नुभयो ? उपेन्द्रजीले एक्लै निर्णय गर्नुभयो, हामीहरूलाई राख्नु भएन भनेर उहाँहरूले भन्नुभएको छैन । यदि कुनै निर्णय भएको छ भने तीनै जना दोषी हो ।

मधेश प्रदेशमा माओवादी केन्द्रलाई अलि कति सुदृढ गर्नुपर्ने छ । पार्टीभित्रका अन्तर्विरोधहरूलाई नेतृत्वले समायोजन गर्नुपर्ने अवस्था छ । नेताहरू आ–आफ्नै हिसावले हिंड्ने प्रवृत्तिलाई निरूत्साहित गर्नुपर्ने छ । हाम्रा पार्टीका नेतृत्वपंक्तिमा रहेका नेताहरूले यी कुराहरूलाई ध्यान पु¥याएर दोस्रो तहका नेताहरूलाई सन्तुलित गर्ने, एकआपसमा सामञ्जस्यता ल्याउनुपर्ने स्थितिको सिर्जना गर्नुपर्ने पार्टीलाई चुनौती छ ।

पार्टीले केही घण्टाअघिसम्म टिकट निश्चित छ भनेर भनेको थियो । तर, अन्तिम समयमा लिएको निर्णयको परिणाम उहाँहरूले भोग्दै छन् । पार्टीमा पैसाको बोलबाला हुन्छ । आफ्नो नातावाद कृपावादको बोलबाला हुन्छ । त्यसमा म शायद पर्दिनँ ।

हामी अहिलेसम्म राजनीतिमा त्यति परिपक्व भएकै छैनौं । मधेशको राजनीतिमा अहिलेसम्म परिपक्वता आएको छैन । मधेशका शक्तिहरू मुद्दामा इमान्दार छैन भनेर भन्दिँन, पक्कै पनि इमान्दार छौं । किनभने हाम्रा नेताहरू ठूला–ठूला पार्टी र अवसरहरू छोडेर आएका हुन् । हैसियत भएका नेताहरू हुन् ।

अहिलेसम्म विभिन्न राजनीतिक दलले किसानको सेन्टिमेन्ट लिनका लागि राजनीति गरे । सेन्टिमेन्ट बटुल्नका लागि मात्र उनीहरूले राजनीति गरे । हामीले पार्टी गठनसँगै घोषणा पत्र निकाल्यौँ । त्यो घोषणापत्र धेरैले लिएर गए । त्यही घोषणापत्रका आधारमा कसैले त्यो काम पहिले सुरू गरिदिए । तर, गरेर केही उन्नति त भएन ।

पूर्वउपप्रधानमन्त्री एवं लोकतान्त्रिक समाजवादी पार्टी नेपालका वरिष्ठ नेता राजेन्द्र महतोले राजा पृथ्वीनाराण शाहले साना–साना राज्यहरूलाई एकीकरण नेपाल निर्माण गरेपनि त्यसपछिका शासकहरूले नेपाललाई नेपाल बन्न नदिएको बताएका छन् । महतोले भनेका छन्, ‘त्यतिबेला पृथ्वीनारायण शाहले एउटा कुरा भनेका थिए, ‘नेपाल साझा फूलबारी हो’ । कुनै एउटा जाति, वर्ग, समुदायको यो देश होइन, सबैको देश हो, साझा फूलबारी हो । तर साझा फूलबारी बनाइएन ।’ उनले नेपालमा अब राष्ट्रिय मुक्ति क्रान्तिको आवश्यकता रहेको बताएका छन् ।

स्थानीय चुनावमा हामी भावनात्मक रूपमा गयौँ । आदर्शवादी रूपमा गयौँ । कसले जित्न सक्छ भन्दा पनि कत्ति वर्षदेखि संगठनमा लागेका छन् भन्ने विषयलाई प्राथमिकतामा राख्यौँ । योगदान, त्याग र तपस्यालाई आधार बनाएर हामीले टिकट वितरण गर्यौँ । त्यो पनि हारको एउटा कारण हो । हामीले आर्थिक रूपले सबल उम्मेदवारलाई टिकट दिएनौँ । हामीसँग बाध्यता पनि थियो । कम्तिमा एकपटक त उहाँहरूलाई टिकट दिनुपर्छ ।

मधेशी जनताको पनि मुड कस्तो देखिन्छ भने अब जसले भारी बोक्नै सक्दैन, जो कमजोर छ, त्यसको टाउकोमा यो अधिकारको भारी बोकाएर के गर्ने ? भनेपछि यिनीहरु केही गर्नै सक्दैन, अधिकारको आन्दोलनलाई अगाडि बढाउनै सक्दैन, यिनीहरु बेइमान हुन्, यस्तो स्थितिमा हामीलाई मुखिया चाहिएको छ ।

मधेशीहरू सत्तामा गएपछि २०७० को चुनावमा धेरै नराम्रो अवस्था आयो । अहिलेसम्म पनि मधेशी दलहरू सत्तामै छन् । सत्ताको उपभोग गरिरहँदा यो चुनावमा पनि नराम्रो अवस्था नै आउने म देख्छु ।

हथकडी लगाउनका लागि त्यस किसिमको अनियमितता, भ्रष्टाचार, गलत कामहरू गरेको प्रमाणित गर्नुप¥यो । त्यो प्रमाणित गर्ने क्षमता उहाँहरूमा छैन । राजेशमान सिंहले मेरो विषयमा अलि बढी बोल्नुभएको छ । त्यस्तो नबोलेर हिंडिदिएको भए राम्रो हुन्थ्यो । बरू वीरगन्जको विकासमा केन्द्रित भएको भए उहाँलाई पनि राम्रो हुन्थ्यो ।

स्वाभाविक हो । हिजो र आजका एमालेमा धेरै परिवर्तन भइसकेको छ । हिजोको केपी ओली र आजको केपीमा धेरै परिवर्तन भएको छ । आजको दिनमा केपी ओली प्रति जुन झुकाव छ, यदि यस्तै रहिरह्यो भने हामी मात्र होइन, मधेशका अन्य युवाहरू पनि सोच्न बाध्य हुन्छन् ।

यदि पार्टी हाम्रो कामको मूल्यांकन गरेन भने के गर्ने त ? एमालेले हाम्रो आम समुदायको भावनाको कदर गर्छ भन्ने विश्वास छ । अहिले एमालेप्रति मधेशमा विश्वास बढ्दै गएको छ । हाम्रा आम समुदायले पनि एमाले नै प्रवेश गर्दा राम्रो हुन्छ भन्ने सुझावहरू पनि आयो । त्यसकारणले आम समुदाय र जनभावनाको कदर गर्दै एमाले प्रवेश गरेको हुँ ।

पार्टी नयाँ हो, हामी नयाँ होइनौं । हामी धेरै पूराना छौं । नेपालको हरेक राजनीतिक संघर्षमा हाम्रो उत्तिकै भूमिका छ । सम्भवतः अन्य नेताभन्दा अलि बढी नै भूमिका होला । नेपालको भ्रष्टाचार विरोधको आन्दोलनमा हामीजतिको सशक्तरूपले कोही पनि प्रस्तुत भएको छैन । म स्वयं पनि सार्वजनिक लेखा समितिको सभापति भएर अथवा लेखा समितिमा रहेर वा जुन मन्त्रालयको मैले जिम्मेवारी पाएँ, त्यो मन्त्रालयको स्वच्छता, त्यहाँको पारदर्शिता अहिले पनि उदाहरणीय नै छ ।

नेपाल र भारतबीचको सम्बन्ध जहिले पनि सुमधुर र अलौकिक रहँदै आएको छ । किनभने यो सम्बन्ध सरकार टु सरकार मात्रै नरहेर जनस्तरको पनि छ । विश्वमै कहीं नभएको सम्बन्ध नेपाल र भारतबीच छ ।

दुनियाँमा कुनै पनि यस्तो राष्ट्र छैन जसलाई चीनले ठगेको छैन । धेरै नै टेक्निकल देशको नाम हो चीन । चीनले सित्तैमा हावा पनि दिनेवाला छैन । पाकिस्तान, श्रीलंका, अफगानिस्तानलगायतका देशहरूको अवस्था हेर्नुस्, दरिद्र मुलुक बनाइदिएको छ चीनले । एमसीसीका विरोधमा चीनले उदण्डता नै मचाएको थियो ।

तमलोपा मधेश आन्दोलनको राजनीतिक शक्तिको रुपमा आन्दोलनकारी नेतृत्वलाई नै अगाडि बढाउँछ । तमलोपाले देश र मधेशमा नै संस्थागतरुपले संगठित राजनीतिक पार्टी अगाडि बढाउन सकिन्छ भन्ने चुनौतीपूर्ण अभियानलाई बोकेको छ ।

मधेशमा क्षेत्रीय पार्टीको रुपमा तमलोपा स्थापित होस् र काठमाडौंमा पनि आफ्नो हिस्सेदारी लेओस् । त्यसैले हामीले ठूला पार्टीहरुको पछाडि लाग्ने पक्षमा छैनौं । हामी एउटा स्वतन्त्र अस्तित्व सहितको क्षेत्रीय पार्टीको रुपमा स्थापित हुन चाहन्छौं ।

असल सुशासनबाट मधेशको एउटा नेतृत्व आओस् जसले एउटा व्यवस्थित मधेशको परिकल्पना गरोस् भन्ने कुनै दल छैन । अहिले जति पनि मधेशमा दलहरु छन्, यिनीहरु मधेशको नाउँमा भावनालाई व्यापारीकरण गर्नुको अलावा अरु केही पनि गर्न सक्दैन ।

ट्रेन्डिङ