जबसम्म यो देशमा कार्यकारी प्रधानमन्त्री जनताबाट प्रत्यक्ष निर्वाचित हुँदैन, तबसम्म यो देश अगाडि बढ्ने अवस्था देखिएन । तेस्रो दलले सरकार चलाउने, साना दलहरु पनि मुख्यमन्त्रीका लागि मारामार गरिरहेको अवस्था छ । त्यसैले प्रत्यक्ष कार्यकारी प्रधानमन्त्रीको चुनाव हुनुपर्ने भन्ने हाम्रो अवधारणा हो । अन्ततोगत्वा सबै दल पुग्नैपर्छ ।
सामाजिक सुरक्षा भनेको हामी जब जन्मिन्छौं र मर्छौं त्यसको बीचमा धेरै असुरक्षा छन् । कुनै बच्चा जन्मिसकेपछि उसको शिक्षा दिक्षा कस्तो हुन्छ, उ विरामी हुनसक्छ, उसको दुर्घटना हुनसक्छ, मृत्यु हुन्छ । रोजगारीको क्रममा बेरोजगार हुनसक्छ । ती सबै कुरा हुँदा श्रमिकलाई आम्दानीको खाँचो हुन्छ, त्यतिखेर पनि उसको आम्दानीको स्रोत नटुटोस् । उसले औषधोपचार गर्दा केही सहयोग होस् भन्ने खालका कुराका लागि सामाजिक सुरक्षाको धारणा हो । श्रमिकलाई सामाजिक सुरक्षा प्रदान गर्नु सामाजिक सुरक्षा कोषको मुख्य उद्देश्य हो ।
हाम्रो अभियानमा मधेश, पहाड, हिमाल सबै क्षेत्रका नागरिक एक साथ खडा भएर बहुल राष्ट्रिय राज्य स्थापना गराएरै छाड्छन् । आज मधेशीसँग नेवारी, तामाङ, गुरुङ, राई, लिम्बू खडा छन् भने मधेश पनि उनीहरुसँग खडा छ । मधेशीको बारेमा गलत प्रशिक्षण दिइएको थियो । त्यस्तै, भारतको बारेमा पनि यहाँका शासनले गलत प्रशिक्षण दिइएको थियो ।
दुई/चार जनाले भनेर यो व्यवस्था समाप्त हुनेवाला छैन । यो व्यवस्था ल्याउनका लागि सयौंले सहादत दिनुप¥यौं, हजारौंहजार अहिले पनि मधेशमा अंगभंग अवस्थामा छन् । कसैले भनिदिँदैमा, सुनियोजित तरिकाले प्रचार गर्दैमा यो देशबाट संघीयता जाँदैन । संघीयता र समानुपातिक समावेशिताको लडाइँ अहिले पनि अपुरो र अधुरो छ ।
राजनीतिक संस्कार भनेर कसलाई भन्न खोजिएको हो हामी बुझ्न सकिरहेका छैनौं । मिलेर खाउँ, भागवण्डा गरेर भ्रष्टाचार गरौं, जनतामाथि दमन गरौं भन्नेलाई यदि राजनीतिक संस्कार भनिन्छ भने त्यसलाई हामी मान्दैनौं । जनता राज र व्यवस्थालाई बलियो बनाउने संस्कारलाई हामीले राजनीतिक संस्कार मान्छौं ।
सत्तारुढ गठबन्धनले लोसपाको योगदानलाई हेरेर सिट दिनुपर्छ । त्यो सिट प्राप्त गरिसकेपछि पार्टी चुनावमा सहभागी हुने हो ।
सरकारमै बसेर सरकारविरुद्ध गर्ने हाम्रो नीति छ । जनमत पार्टी मात्रै एउटा यस्तो पार्टी हो जो सरकारमा भएर पनि सरकारका नराम्रा कामहरुको समर्थन गरेको छैन ।
अन्य दलले जनतासँग राजनीति गर्छन् भने एमालेले जनताका लागि राजनीति गर्छ । अहिले मधेश प्रदेशमा एदकमै लोकप्रिय बन्दै गइरहेको छ एमाले । एमालेमय बन्दैछ मधेश प्रदेश ।
अब ८४ मा अर्को स्टेप विश्वास गरेर पाँच गुणा संख्या बढाएर हामीले पठायौं भने निश्चितरुपमा डा.सीके राउत यो देशको प्रधानमन्त्री बन्नुहुन्छ । म विश्वास दिलाउन चाहन्छु कि उहाँ २०८४ मा प्रधानमन्त्री बन्नुहुन्छ, यसमा कहीं दुईमत छैन ।
सदनको प्राथमिकता भनेकै विधेयकहरुलाई ऐनमा कन्भर्ट गर्ने अर्थात् विधेयकहरुमा बहस, छलफल गरेरै गतिशीलताको आधारमा अगाडि बढ्छन् । हामीले सबै सांसदहरुलाई समर्पित भएर गहन छलफलका मार्फत् वस्तुवादी बनाउँछौं ।
तराई–मधेशका हरेक महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर र व्यवसायसँग जोड्ने हाम्रो अभियान हो । यसका लागि हामी प्रत्येक वडा–वडामा गएर एउटा समूह बनाउने, त्यो समूहभित्र एउटा लिडर बनाइदिने र त्यो लिडरले आवश्यकताको आधारमा उहाँहरुलाई सामानहरु उपलब्ध गराउने काम गर्नुहुन्छ ।
सत्ता गठबन्धनको काम, कर्तव्यको विषयमा समीक्षा गर्नुपर्ने आवश्यकता छ । यस्ता थुप्रै विषयहरु छन्, जसमा मुख्यमन्त्रीसँग छलफल गर्ने वातावरण बनाउँदैछौं । मन्त्रालय तोडफोड, योजना बाँडफाँट लगायतका समसामयिक विषयहरुमा मुख्यमन्त्रीसँग छलफल हुन्छ ।
मधेशमा धार्मिक द्वन्द्वको रुपमा हिन्दू र मुस्लिमको बीचमा र पहाडमा त्यहीं द्वन्द्वलाई क्रिश्चियन र हिन्दूको बीचमा बढ्दै गएको देखिन्छ। यो अत्यन्त चिन्ताजनक विषय हो। राज्यसँग हामीले माग गरेका छौं कि यस्ता द्वन्द्वहरु के कारण र कसरी भइरहेको छ, यसमा छानबिन गरेर दोषीलाई कानूनको दायरामा ल्याउनुपर्छ। धार्मिक तथा सामाजिक द्वन्द्व गराउनेहरुलाई कानूनको दायरामा ल्याएर कारबाही गर्नुपर्छ।
कुनै नेताका परिवारका सदस्य भएकै कारण पद पाएका होइनन् । उहा“हरुस“ग क्षमता र योग्यता छ । क्षमता र योग्यताको अवमूल्यन गर्नु राम्रो होइन । पार्टी त हाम्रो अहिले संघर्षमा छ । हाम्रो पार्टी संघर्षबाट सुरु भएको थियो, अझै पनि संघर्ष जारी छ । पार्टी अहिले सबैलाई लाभको पद दिने अवस्थामा छैन । अहिले जो पदमा छन्, उसलाई धेरै काम गर्नुपर्नेछ । सम्भाव्ययुक्त मान्छेहरुलाई हामी राख्छौं ।
जनताको धैर्यता टुट्न लागिसक्यो, अब केही गर्नुपर्छ । फेरि पनि अब संघर्षकै तयारीमा जानुपर्छ, संघर्षको विकल्प छैन । बिना संघर्ष हाम्रो पहिचान र अधिकारको सवाल सम्बोधन हुने देखिएन । अब संघर्षकै तयारीमा लाग्नुपर्छ भन्ने मलाई लागेको छ ।
जनमतका राष्ट्रिय अध्यक्ष डा.सीके राउतले मसँग पनि भन्नुभयो कि म गजेन्द्रबाबुबाट प्रेरित छु, उहाँका कुराहरु लिएर अगाडि बढ्छु । उहाँले मलाई सहयोग गर्नुस्, आउनुस् भनेपछि म जनमतमा प्रवेश गर्ने स्थितिमा पुगें । मलाई महसुस भयो कि अब हामीजस्ताका लागि मधेशको पक्षमा काम गर्ने ठाउँ जनमत पार्टी हुनसक्छ ।
राजदूतबाट कुनै अभिव्यक्ति आउनु भनेको चीनको आधिकारिक धारणा हो । मैले अघि पनि निवेदन गरें कि चिनियाँ राजदूतावास मात्रै होइन, नेपालमा चीनको एउटा राजनीतिक पार्टी रहेको प्रतीत हुन्छ । सार्वभौमसत्ता सम्पन्न नेपालका लागि सहन गर्न सकिँदैन । यो घोर आपत्तिजनक, निन्दनीय विषय हो ।
अहिलेका शासकहरु कुनै–कुनै बहानामा मौजुदा मुद्दाहरुलाई विषयान्तर गराउन नयाँ–नयाँ बखेडा खडा गरिरहेका हुन्छन् । प्रधानमन्त्री लाखौं जनता सडकमा उतार्छु भन्नु एउटा स्टन्ट मात्रै हो । आम जनताको मुद्दालाई विषयान्तर गरेर आफ्नो सत्तालाई लम्ब्याउन सकिन्छ कि षड्यन्त्र हो ।
१० लाख रोजगारीको अपेक्षा छ भने कम्तीमा १० लाख मत दिएर पठाउनुस् । हामी आफ्नो प्रतिबद्धताबाट पछाडि हटेका छैनौं । जबसम्म हामीले आफ्ना जनशक्तिलाई आफ्नै देशमा उपयोग गर्न सक्दैनौं तबसम्म विकास र समृद्धि सम्भव छैन ।
हाम्रो मागप्रति सरकार गैरजिम्मेवार तरिकाले प्रस्तुत भइरहेको छ । उहाँहरू सरकार ढाल्ने, बनाउनेमा लाग्नुभएको छ । उहाँहरू देश र मधेश बनाउने चासो नै छैन । उहाँहरू कसलाई मन्त्री बनाउने, कहाँबाट कमिशन आउँछ त्यस्तो खेलमा लाग्नुभएको छ ।
माओवादी सिद्धिनु भनेको देश प्रतिगामीको हातमा जानु नै हो । किनकि माओवादीको एजेण्डामा देश अगाडि बढेको छ । यो एजेण्डालाई संरक्षण र विकास गर्नु माओवादीकै कर्तव्य हो । सबै पार्टीहरूमा केही न केही प्रतिशत प्रतिगामी शक्तिहरू छन् ।
अहिलेसम्म प्रदेशमा खटिने सचिव र सहसचिव संघ सरकारबाट नै जान्छन् । उनीहरुले प्रदेश सरकारलाई टेर्दैनन् र मनोमानी गर्छन् । मधेश प्रदेश सरकारलाई असफल बनाउने एउटा कारकतत्व भनेको संघ सरकारबाट पठाइएको कर्मचारी हो । संघ सरकारका कर्मचारीतन्त्र मधेश प्रदेश सरकारको टाउको दुखाई हो ।
विगतदेखि नै कांग्रेस मधेशमा बलियो थियो । बीचमा केही वर्ष अलि कमजोर जस्तो देखिएको थियो । तर गत चुनावलाई हेर्ने हो भने फेरि मधेशमा जनाधार बलियो बनाउँदैछ । मधेशमा समस्याहरू कांग्रेसले मात्रै सम्बोधन गराउन सक्छ ।
लगभग कोशी प्रदेश मध्यावधिकै बाटोमा गइरहेको छ । यदि कोशीमा मध्यावधि चुनाव भयो भने रास्वपाको प्रादेशिक चुनावी यात्रा सुरू हुन्छ । २०८४ को चुनावमा रास्वपाले सरकार बनाउनेवाला छ ।