वीरगंज, ३२ जेठ । हिन्दू परिषद नेपाल जिल्ला कार्य समिति पर्साले घण्टाघरमा जनजागरण कार्यक्रम सम्पन्न गरेको छ ।
बाँके, ३२ जेठ । नेपालगंज उपमहानगरपालिका १५ स्थित बर्दिया गेरुवा गाउँपालिका २ बस्ने २६ वर्षीय स्वरुप खत्रीलाई लागूऔषधसहित पक्राउ गरिएको छ ।
बुटवल, ३२ जेठ । तिलोत्तमा–१३ र १४ टिकुलीगढ रुपन्देहीका तीन सय ४३ दुग्ध उत्पादक कृषकहरुले भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालय प्रदेश नं. ५ अन्र्तगतको पशुपंक्षी तथा मत्स्य विकास निर्देशनालय बुटवलबाट उत्पादनको आधारमा प्रति लिटर एक रुपैयाँ ९२ पैसाका दरले उत्पादनमा आधारित कृषि प्रोत्साहन पाएका छन् ।
कैलाली, ३२ जेठ । कैलाली जिल्लाको जानकी गाँउपालिका १ दुर्गौली ईलाकाबाट एपीएफ टोलीले करीब २ लाख ८० हजार रुपैयाँ बराबरको चोरीपैठारीको कस्मेटिक सामान र हार्डवेयरका सामान बरामद गरेको छ ।
रौतहट, ३२ जेठ । “बालबालिकाको इच्छा विवाह होइन शिक्षा हो” भन्ने मूल नाराका साथ रौतहट जिल्लाका किशोरी र महिलाहरुले बाल विवाह रोक्न माग गर्दै लिखित प्रतिबद्धता संकलन अभियान सुरु गरेका छन् ।
काठमाडौं, ३२ जेठ । समृद्ध सिन्धुली अभियानले ऐतिहासिक हरिहरपुरगढीलाई तत्कालीन गोर्खाली सेनाले अंग्रेजी सेनालाई परास्त गरेको सिन्धुलीगढीसँग जोड्ने पदमार्गको पहिलो खण्ड निर्माण पूरा गरेको छ ।
कपिलवस्तु, ३२ जेठ । यशोधरा गाउँपालिकामा प्रधानमन्त्री रोजगार कार्यक्रम सुरु भएको छ । गाउँपालिकाको वडा नं. १ को पकडी गाउँमा पोखरी मर्मतको कामको सुरुवात गरी कार्यक्रम शुभारम्भ गरिएको छ ।
राजविराज, ३२ जेठ । लोकसेवा आयोग विज्ञापनप्रति आपति जनाउँदै लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीको राजविराजमा पुत्ला दहन गरिएको छ ।
रौतहट, ३२ जेठ । भूमिगत संगठन तराई मुक्ति मोर्चाका एक जना कार्यकर्तालाई रौतहट प्रहरीले पक्राउ गरेको छ । पक्राउ परेका युवक कर्तव्य ज्यान मुद्दाका फरार अभियुक्त समेत रहेका छन् ।
कपिलवस्तु, ३२ जेठ । बुद्धभूमि नगरपालिकाले नगरपालिका क्षेत्रमा रहेका गरिब तथा विपन्न समुदायका नागरिकहरुको फुस तथा खरले निर्माण भएका घरहरु हटाउने अभियान थालनी गरेको छ ।
काठमाडौं, ३१ जेठ । भूकम्पपछिको पुनर्निर्माणका लागि भारतले नेपाललाई दिने घोषणा गरेर पनि परिचालन हुन नसकेको ७५ करोड डलर सहुलियतपूर्ण ऋण रेल र सडकका ठूला पूर्वाधार परियोजनामा खर्च हुने भएको छ ।
जनकपुरधाम, ३१ जेठ । मुख्यमन्त्री मो.लालबाब राउत गद्दीले ‘अशिक्षा’’ लाई सामाजिक कुरीतिको जडो बताएका छन् ।
नेहाल खान, वरिगन्ज, ३० जेठ । यू.डी. बाईसेफ कम्प्यूटर एजूकेशनको आयोजनामा र घरेलु तथा साना उद्योग कार्यलयको सहयोगमा उद्यमशिलता सिप विकाश प्रबर्द्धन तालिम सम्पन्न भएको छ ।
रौतहट, ३१ जेठ । तत्कालीन जिल्ला विकास समिति रौतहटका पूर्वसभापति राजेन्द्र पटेलको निधन भएको छ । तत्कालीन तराई मधेश लोकतान्त्रिक पार्टीका जिल्ला अध्यक्ष समेत रहेका पटेलको काठमाडौंस्थित मेडिसिटी अस्पतालमा उपचारको क्रममा बिहीबार बेलुकी ५ बजेको समयमा निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ ।
कपिलवस्तु, ३१ जेठ । कपिलवस्तुको मायादेवी गाउँपालिकामा “मायादेवी गाउँपालिका आयुर्वेद शाखाको अभियान एक घर पाँच योग सात जडीबुटी कार्यक्रम” को सुरुवात गरेको छ ।
काठमाडौं, ३० जेठ । जनमत पार्टीका अध्यक्ष डा.सीके राउत अष्ट्रियाको राजधानी भियना पुगेका छन् ।
मणि प्रसाद गैेह्रे । कपिलवस्तु, ३० जेठ । बुद्धभुमि नगर कार्यपालिकाको वडा नं १० मा स्थानीय घोराइ नालामा पक्की पुल बन्ने भएको छ । नगरपालिकाका नगरप्रमुख केशब कुमार श्रेष्ठले घेराई खोलामा निर्माण सुरु हुन गइरहेको प्रेमनगर र चेत्रादेहि जोडने पुलको शिलन्यास गरे ।
बाँके, ३० जेठ । मानव विकास शिक्षा र आरक्षणका विषयमा केन्द्रित भएर मुस्लिम आयोग काम गर्न तयार रहेको मुस्लिम आयोगका अध्यक्ष समिम मिया अन्सारीले बताए ।
काठमाडौं, २९ जेठ । विभिन्न राजनीतिक दलनिकट ११ विद्यार्थीहरु संगठनहरुले संयुक्तरुपमा लोकसेवा आयोगका अध्यक्ष उमेशप्रसाद मैनालीलाई चेतावनीसहितको ज्ञापनपत्र बुझाएका छन् ।
सप्तरी, २९ जेठ । शम्भुनाथ नगरपालिका ५ तारखानास्थित सडकमा स.७ प १५८९ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवकको मृत्यु भएको छ ।