6/19/2019

बारा, ४ असार । दोलखा घर भई हाल काठमाडौं महानगरपालिका ३२ कोटेश्वर बस्ने भिम बहादुर कार्कीले बारा सिमौनगढ नगरपालिका वडा नम्बर ७ खजानी टोल बस्ने जियालाल महतो कोईरीलाई चरम यातना दिई करौडौ रुपैयाँको कपाली तमसुक गराएको कलैयामा सोमबार पत्रकार सम्मेलन गरि सो कुरा जानकारी दिएका छन् ।

6/19/2019

रौतहट, ४ असार । रौतहट जिल्लाको राजदेवी नगरपालिकाभित्र पर्ने स्वास्थ्य चौकीमा औषधिको अभाव भएको छ । विगत केही दिनदेखि एक्कासी रुपमा बढेको अत्याधिक गर्मीको कारण जनजीवन कस्टकर भएको बेला स्थानीय स्वास्थ्य केन्द्रहरुमा औषधीको अभाव भएको छ ।

6/19/2019

काठमाडौं, ४ असार । भारतको चन्दीगढ रोड हरियाणामा रहेको ओम स्टर्लिङ ग्लोबल युनिभर्सिटीले नेपाली विद्यार्थीहरुलाई विशेष छात्रावृत्ति दिने घोषणा गरेको छ ।

6/19/2019

काठमाडौं, ३ असार । सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक नारायणबाबु थापा ईटलीको व्रिन्डीसीमा संचालित ‘युनाईटेड नेशन्स पुलिस ट्रेनिङ आर्किटेक्चर वर्कसप’मा सहभागी भई स्वदेश फर्केका छन् ।

6/19/2019

महोत्तरी, ३ असार । सम्सी गाँउपालिका ७ बाट दुई जनालाई प्रहरीले लागूऔषधसहित पक्राउ गरेको छ ।

6/19/2019

रुपन्देही, ३ असार । सिद्धार्थनगर नगरपालिका ४ स्थित गौतमबुद्ध बिमानस्थलबाट भारत उत्तर प्रदेशका ५० वर्षीय उमेश शुक्लालाई मेड इन चेकोस्लोभाकिया लेखेको पेस्तोल १ थान, त्यसको गोली १६ राउण्ड र म्याग्जीन २ थान सहित मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

6/19/2019

रौतहट, ३ असार । रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ७ मुडवालवामा संचालित नेमधारी बासुदेव नमूना विद्यालयमा मंगलबार एकदिने निःशुल्क आँखा शिविर सम्पन्न भएको छ ।

6/19/2019

कपिलवस्तु, ३ असार । खोलामा पौडी खेल्ने क्रममा डुबेर तीन जनाको मृत्यु भएको छ ।

6/18/2019

काठमाडौं, ३ असार । गुठी सम्बन्धी कानूनलाई एकीकरण र संशोधन गर्न बनेको विधेयक २०७५ सरकारले फिर्ता लिने निर्णय गरेको छ ।

6/18/2019

काठमाडौं, ३ असार । स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापन संविधान विपरीत भएको भन्दै चौतर्फी विरोध भइरहँदा पनि आयोगले बेवास्ता गरेको छ ।

6/18/2019

कैलाली, ३ असार । घोंडाघोंडी नगरपालिका १० स्थित सडकमा से.३ प ६३३४ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा एक युवाकको मृत्यु भएको छ ।

6/18/2019

सुनसरी, ३ असार । सुनसरी जिल्लामा बढ्दो बालबिवाह रोकथाम तथा न्यूनीकरणका लागि बालविवाह विरुद्धको घरदैलो कार्यक्रम बराहक्षेत्र नगरपालिका ११ मधुवनमा सोमबार सम्पन्न भएको छ ।

6/18/2019

रौतहट, ३ असार । गौर नगरपालिकाले आर्थिक वर्ष ०७६।०७७ का लागि नगर सभाको अधिवेशन र बैठक आह्वान गरेको छ । अहिलेसम्म चौथो बैठक आह्वान गर्ने गौर नगरपालिका पहिलो नगरपालिका रहेको छ ।

6/18/2019

काठमाडौं, २ असार । शनिबार पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले उद्घाटन गरी सुरु भएको कृषि प्रदर्शनी तथा कृषक मेला २०७६ परिसरमा नै कृषि तथा वन विज्ञान विश्वविद्यालयका विद्यार्थीहरुले नीजिकरणको विरुद्धमा हस्ताक्षर संकलन अभियान सुरु गरेका छन् ।

6/18/2019

काठमाडौं,२ असार । वैदेशिक रोजगारीमा जाने कामदारलाई दिइने अभिमुखीकरण तालिम नपढाइकन रकम असुल्ने माध्याम बनेको छ । ईजाजत प्राप्त संस्थाले फिङ्गर हाजिर गराएर रकम असुल्ने गरेका छन् ।

6/18/2019

काठमाडौं, २ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा प्रस्तुत गुठी विधेयकका विषयमा सोमबार जनप्रतिनिधिहरुसँग छलफल गरेका छन् ।

6/18/2019

रौतहट, २ असार । राजदेवी नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत संजय पाण्डेय र नगरपालिकाको स्वास्थ्य संयोजक उमाकान्त झाले औषधि खरीदमा कुनै किसिमको गडबडी नभएको दावी गरेका छन् ।

6/17/2019

काठमाडौं, २ असार । प्रदेश २ को सरकार विरुद्ध प्रमुख प्रतिपक्षी नेपाल कमयुनिष्ट पार्टीले संघर्ष गर्ने चेतावनी दिएको छ ।

6/17/2019

नेपालगन्ज, २ असार । जनमत पार्टी बाँकेद्वारा डुडुवा गाउँपालिका १ होलियाको चौफेरी गाउँमा आगलागी हुँदा करोडौंको क्षति भएको छ ।

6/16/2019

जनकपुरधाम, १ असार । प्रदेश २ को सरकारले आगामी आर्थिक वर्ष २०७६/७७ का लागि ३८ अर्ब ७२ करोड ५६ लाख ६१ हजार रुपैयाँ बराबरको बजेट सार्वजनिक गरेको छ ।

6/16/2019

जलेश्वर, १ असार । स्थानीय तहका लागि लोकसेवा आयोगले गरेको विज्ञापन खारेजीको माग गर्दै मधेश अधिकार संघर्ष समिति (मास)ले लोकसेवा आयोगको कार्यालयमा तालाबन्दी गरेको छ ।

6/16/2019

काठमाडौं, १ असार । प्रधानमन्त्री केपी शर्मा ओलीले वर्तमान सरकारले जनताप्रति उतदायी भएको बताएका छन् ।

6/16/2019

सिरहा, १ असार । कस्तुरीको बिणा जस्तो देखिने वस्तुसहित सिरहाबाट दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

6/16/2019

जनकपुरधाम, १ असार । प्रदेश २ को सरकारले आगामी आर्थिक वर्षका लागि करिब ३५ अर्बको बजेट ल्याउन लागेको हो ।

6/16/2019

काठमाडौं, १ असार । काठमाडौंस्थित भारतीय राजदूतावासले विश्वकै सर्वोच्च शिखर सगरमाथाको प्रवेशद्वार नाम्चे बजारमा एक योग कार्यक्रमको आयोजना सम्पन्न गरेको छ ।

ट्रेन्डिङ