नारायणगढ, २५ जेठ । थारु पत्रका संघ चितवन शाखाको कचहेरी आज शनिबार नारायणगढस्थित होटल ह्याप्पी होममा सम्पन्न भएको छ ।
बाँके, २५ जेठ । आफ्नै श्रीमतीलाई बन्चरो प्रहार गरेको अभियोगमा जानकी गाउँपालिका ३ मानपुर बस्ने ५९ वर्षीय पन्चराम हरिजनलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, २५ जेठ । बुटवल उपमहानगरपालिका ९ बसपार्कबाट स्याङ्जा आँधीखोला नगरपालिका ६ स्थायी वतन बताउने ४५ वर्षीय भिम बहादुर भाट क्षेत्रीलाई स्रोत खुलाउन नसकेको सुन र चाँदीको ढिक्का, भारतीय रुपैयाँ लगायतका समान सहित शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।
सर्लाही, २५ जेठ । मलंगवा नगरपालिका १० जिविस चोकबाट हरिवन नगरपालिका ११ बस्ने २८ वर्षीय लालबाबु गुप्तालाई लागूऔषध नाइट्रोभेट १ सय ७७ ट्याब्लेटसहित शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २४ जेठ । नेपालबाट भारततर्फ लैजाँदै गरेको लागूऔषध गाँजासहित चार जनालाइ प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २५ जेठ । संयुक्त राष्ट्र संघ, विश्व खाद्य संगठन (एफएओ) र विश्व स्वास्थ्य संगठन (डब्लूएचओ)को संयुक्त आह्वानमा यस वर्षदेखि जुन ७ तारिखका दिन ‘विश्व खाद्य सुरक्षा दिवस’ मनाउन थालिएको छ ।
काठमाडौं, २४ जेठ । प्रहरी हस्तक्षेपका बाबजुद क्रान्तिकारी पत्रकारहरुले मिडिया काउन्सिल विधेयक जलाएका छन् । क्रान्तिकारी पत्रकार महासंघ ३ नं. प्रदेशको आयोजनामा माइतीघर मण्डलामा मिडिया काउन्सिल विधेयक जलाएको हो ।
कपिलवस्तु, २४ जेठ । कपिलवस्तु नगरपालिका १२ मा साइकल अनियन्त्रित भई पल्टिँदा एक जनाको मृत्यु भएको छ ।
काठमाडौं, २४ जेठ । नेपाल परिवार दलका अध्यक्ष तथा पुर्वमन्त्री एकनाथ ढकालले क्याम्बोडियाका प्रधानमन्त्री हुनसेनसँग भेटवार्ता गरेका छन् ।
काठमाडौं , २४ जेठ । मालपोत कार्यालय इलाम र मालपोत कार्यालय पाँचथरलाई नमुना मालपोत कार्यालय घोषणा गरिएको छ । विशेष कार्यक्रमको आयोजना गरी भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले यी दुई मालपोत कार्यालयलाई नमुना मालपोत कार्यालय घोषणा गरेकी हुन् ।
कैलाली, २४ जेठ । बिहीबार साँझ आएको हावाहुरी कैलाली र कञ्चनपुरमा आएको विनाशकारी हावाहुरीमा परी दुई जनाको मृत्यु भएको छ भने सयौं घाइते भएका छन् ।
रौतहट, २४ जेठ । सशस्त्र प्रहरी बल ११ नम्बर गणका घुमुवालाई ३० हजार नगद घुस रकमसहित अख्तियार दुरूपयोग अनुसन्धान आयोगको टोलीले पक्राउ गरेको छ ।
रौतहट, २४ जेठ । लोक सेवा आयोगले गरेको स्थानीय तहको विज्ञापन मधेशी विरोधी भएको भन्दै रौतहट जिल्लाका युवाहरुले रद्द गर्नुपर्ने माग गर्दै सदरमुकाम गौरमा प्रदर्शन गरेका छन् ।
काठमाडौं, २४ जेठ । आदिवासी जनजाति, मधेशी, दलित, महिला, अपाङ्गता, पिछडिएको क्षेत्र, मुस्लिमको तर्फबाट राज्य व्यवस्था तथा सुशासन समितका सभापति शशी श्रेष्ठलाई स्थानीय तहहरूमा कर्मचारी पदपूर्ती गर्दा आरक्षण हटाउन लागेकोमा ध्यानाकर्षण गराउँदै समावेशीताको मागसहित संयुक्त ज्ञापनपत्र बुझाएका छन् ।
जनकपुरधाम, २४ जेठ । जनकपुर विमानस्थलबाट रात्रिकालीन उडान सुरु भए पछि बुद्ध एयरले आफनो उडानको संख्या थपेको छ ।
काठमाडौं, २४ जेठ । नेपाल–भारत रेल्वे सम्झौताको विस्तृत पुनरावलोकनको तेश्रो बैठक नयाँ दिल्लीमा सुरु भएको छ ।
सुनसरी, २३ जेठ । जिल्ला प्रहरी कार्यालय सुनसरी तथा इलाका प्रहरी कार्यालय महेन्द्रनगरको आयोजनामा समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत एक दिने प्रशिक्षण तथा अन्तरक्रिया बुधबार सम्पन्न भएको छ ।
बारा, २३ जेठ । कलैया उपमहानगरपालिका २२ ढोधास्थित सडकमा ट्याक्टरको टेलरले थिचिएर चालकको मृत्यु भएको छ ।
कैलाली, २३ जेठ । घोडाघोडी नगरपालिका १२ बस्ने वीरबहादुर बमको कच्ची घरमा करेन्ट सर्ट भई बिहीबार बिहान आगलागी भएको छ ।
रुपन्देही, २३ जेठ । जिल्लाको सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट एपीएफ टोलीले करिव १ लाख १६ हजार रुँपैया बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।
महोत्तरी, २३ जेठ । लोकसेवा आयोगले जारी गरेको विज्ञापन फिर्ता लिन माग गर्दै राष्ट्रिय जनता पार्टी नेपाल निकट राष्ट्रिय विद्यार्थी संघले महोत्तरीको जलेश्वरमा रहेको प्रदेश नम्बर २ को कार्यालय घेराउ गरेको छ ।
विराटनगर, २३ जेठ । प्रदेश १ को आगामी आर्थिक बर्ष ०७६/०७७ को नीति तथा कार्यक्रम सार्वजनिक भएको छ । प्रदेश प्रमुख प्रा डा गोविन्द सुब्बाले नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन् ।
विराटनगर, २३ जेठ । प्रदेश १ सरकारले आज दिउँसो तीन बजे नीति तथा कार्यक्रम सार्वजनिक गर्ने कार्यक्रम राखेको छ ।
बाँके, २३ जेठ । कोहलपुर नगरपालिकाका प्रमुख लुट बहादुर रावतको प्रमुख आतिथ्य तथा नेपाल प्रहरी श्रीमती संघकी अध्यक्ष प्रमिला खनालको अध्यक्षतामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत लागूऔषध, घरेलु तथा यौनजन्य हिंसा सम्बन्धी जनचेतनामूलक कार्यक्रम नेपालगंजको कोहलपुरमा बुधबार सम्पन्न भएको छ ।