उदयपुर, १९ जेठ । त्रियुगा नगरपालिका ११ साकेला टोलबाट सोही नगरपालिका ११ बस्ने २० वर्षीय रमेश देउजासमेत ४ जनालाई नियन्त्रित लागूऔषध फेनारगन ३ एम्पुल, डाईजेल्याप ३ एम्पुल र नोफिन ३ एम्पुल सहित प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, १९ जेठ । समुदाय–प्रहरी साझेदारी अवधारणा अन्तर्गत बुटवलको दियालो फुडल्यान्डमा जनचेतनामूलक कार्यक्रम आइतबार सम्पन्न भएको छ ।
कपिलवस्तु, १९ जेठ । बुद्धभूमी नगरपालिका नगर प्रमुख केशव कुमार श्रेष्ठले गाउँ गाउँमा खोलिएका लघुवित्त संस्थाहरुले महिलाहरुको क्षमता विकास र आर्थिक विकासमा टेवा पुर्याएको बताएका छन् ।
काठमाडौं, १९ जेठ । समावेशी आयोगका अध्यक्ष शान्तबहादुर सुवेदीलाई लोक दलका अध्यक्ष कौशलकुमार सिंहले माग पत्र बुझाएका छन् ।
काठमाडौं, १९ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले भारतीय विदेशमन्त्रीमा नियुत्त भएका एस जयशंकरलाई बधाई दिएका छन् ।
कैलाली, १८ जेठ । धनगढीस्थित शुभश्री प्यालेसमा शुक्रबारदेखि शुरु भएको अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन २०७६ शनिबार सम्पन्न भएको छ ।
बुटवल, १८ जेठ । क्रान्तिकारी पत्रकार महासंघको दोस्रो ऐतिहासिक राष्ट्रिय सम्मेलन बुटवलमा सम्पन्न भएको छ । सम्मेलनले पत्रकार इन्द्र राउतलाई अध्यक्षमा पुनः निर्वाचित गरेको छ ।
रौतहट, १८ जेठ । सामाजिक कार्यमा सक्रिय रहदै विभिन्न दैवी प्रकोपको बेला मानवीय सेवा गर्दै आएकी महिला सामाजिक अभियन्ताको रुपमा पहिचान बनाउन सफल भएकी महिला यशु थापाले रौतहट जिल्लाको राजदेवी नगरपालिका वडा नम्बर ८ लक्ष्मीपुरमा गम्भीर रोगको कारण अपाङ्ग भएकी एक बालिकालाइ ट्राई साइकल सहयोग गरेकी छन् ।
काठमाडौं, १७ जेठ । अजर हस्पिटालिटिद्वारा सञ्चालित भारतको प्रख्यात रेस्टुरेन्ट चेन प्यान एसियाको मामागोतो रेस्टुरेन्ट नेपालमा स्थापना गरिएको छ ।
काठमाडौँ, १७ जेठ । सरकारले भारतको नयाँ दिल्लीमा हुने नेपाल–भारत रेल्वे सम्झौताको विस्तृत पुनरावलोकनको तेस्रो बैठकमा भाग लिन ११ सदस्यीय वार्ता टोली गठन गरेको छ ।
काठमाडौं, १७ जेठ । भारत भ्रमणमा रहेका प्रधानमन्त्री केपी ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेटवार्ता भएको छ । नयाँ दिल्लीस्थित हैदरावाद हाउसमा भेटवार्ता भएको हो । भेटमा नेपाल र भारतका समग्र विषयमा छलफल भएको बताइएको छ ।
बारा, १७ जेठ । जितपुर सिमरा उपमहानगरपालिका १६ स्थित पूर्व पश्चिम राजमार्गको १४ किलो भन्ने स्थानमा यात्रुबाहक बस लुट्ने कार्यमा संलग्न एक जना पक्राउ परेका छन् ।
धनुषा, १७ जेठ । बटेश्वर गाउँपालिका १ त्रिपुरा बस्ने २८ वर्षीय मनोज महतोलाई अटोमेटिक पेस्तोलसहित प्रहरीले पक्राउ गरेको छ ।
बारा, १७ जेठ । कोल्बी नागरपालिका २ झुरझुरेबाट रौतहट मौलापुर नगरपालिका ९ बस्ने २७ वर्षीय शिवदयाल महतोलाई १ हजार दरको १० थान नक्कली नेपाली नोटसहित बिहीबार राति प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १७ जेठ । महान्यायाधिवक्ताको कार्यालय, काठमाडौंका नायव महान्यायाधिवक्ता खगराज पौडेलको प्रमुख आतिथ्यमा अनुसन्धानकर्ता प्रहरी र अभियोजनकर्ता सरकारी वकिलहरुको दोस्रो प्रादेशिक सम्मेलन २०७६ धनगढीस्थित शुभश्री प्यालेसमा शुक्रबारदेखि शुरु भएको छ ।
कपिलवस्तु, १७ जेठ । सरकारले जेठ २३ गते सार्वजनिक विदा दिने घोषणा गरेको छ । मुस्लिम धर्मावलम्बीहरूको महत्वपूर्ण चाड ईदुल फित्रको दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।
रौतहट, १७ जेठ । तराईलाई उपेक्षित गरी बनाइएको स्वास्थ्य सेवा सम्बन्धी ऐनको कारण मधेशका सदरमुकाममा रहेका अस्पतालहरुमा चिकित्सकको आभाव देखिएको छ ।
कपिलवस्तु, १६ जेठ । कपिलवस्तुको कृष्णनगर नगरपालिकाका नगर प्रमुख रजत प्रताप शाहले यस क्षेत्रका बिकास विरोधी केही स्थानिय नेताहरु निर्वाचनमा हार व्योहोरे पछि नगरपालिकालाई बदनाम गर्न लागेका आरोप लगाएका छन् ।
काठमाडौं, १६ जेठ । परम्परागत उपचारकर्मीहरुको एउटै मापदण्ड तयार गरिने भएको छ । जनस्वास्थ्य ऐनले परम्परागत उपचारकर्मीहरुको लाइसेन्स स्थानीय तहमार्फत दिलाउने बन्दोबस्त गरेपछि स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभरीको एउटै मापदण्ड तयार गर्ने कार्य अगाडि बढाएको हो ।
धनुषा, १६ जेठ । धनुषा मिथिला नगरपालिका ६ बस्ने शम्भु कुमार साहको करिब साढे २ वर्षीय छोरा आर्यन भन्ने समिर कुमार साहको गत वैशाख २४ गते हत्या गरेको अभियोगमा सोही नगरपालिका-६ बस्ने ५५ वर्षीय शत्रुधन महतोलाई उनकै घरबाट बुधबार प्रहरीले पक्राउ गरेको छ ।
रुपन्देही, १६ जेठ । रुपन्देही र कपिलवस्तुले ओगटेको नेपाल–भारत सीमा क्षेत्रमा २ सय ४८ सीमास्तम्भ बनेका छन् ।
काठमाडौं, १६ जेठ । मुस्लिम धर्मावलम्बीहरूको चाड इद उल फितरमा सरकारले सार्वजनिक बिदा दिने भएको छ ।