5/24/2019

मोरङ, ९ जेठ । सुन्दरहरैचा १० खोर्साने केराबारीस्थित सडकमा को.१ ख ४३५५ नम्बरको टिपरले को.५ प ५५०० नम्बरको मोटरसाइकललाई बिहीबार बिहान ठक्कर दिँदा मोटरसाइकलमा सवार केराबारी गाउँपालिका ९ बस्ने ४८ वर्षीय बमबहादुर बस्नेतको मृत्यु भएको छ ।

5/22/2019

काठमाडौं, ८ जेठ । तराई/मधेशको पहिचान विश्वव्यापी रुपमा डिजिटल प्लेटफर्म मार्फत चिनाउने अभियान स्वरुप अन्तर्राष्ट्रियस्तरमा ‘भिजिट मधेश’ नामक संस्था सक्रिय भएको छ ।

5/22/2019

राकेश यादव, रौतहट, ८ बुधबार । कुष्ठरोगको अभियान सम्बन्धी संचारकर्मी बीचको एकदिवसीय अन्तक्र्रिया कार्यक्रम ईशनाथ नगरपालिका स्वास्थ्य शाखा औरैयाको आयोजनामा मंगलवार स्थानीय वडा नम्बर ९ परोहा डुमरियामा सम्पन्न भएको छ ।

5/22/2019

काठमाडौं, ८ जेठ । निजी क्षेत्रको हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले काठमाडौंबाट भारतको कोलकातासम्मको हवाइ भाडादर निश्चित गरेको छ ।

5/21/2019

रुपन्देही, ७ जेठ । देवदह नगरपालिकामा राष्ट्रिय काष्ठकला कार्यशाला हुने भएको छ । देवदह–६ स्थित गौतमबुद्ध राष्ट्रिय उद्यान, ज्योतिनगरमा देवदह राष्ट्रिय काष्ठकला कार्यशाला–२०७६ हुने भएको छ ।

5/21/2019

सप्तरी, ७ जेठ । हनुमाननगर कंकालिनी नगरपालिका ३ पोर्ताहास्थित सरिफ रहमानको कवाडी पसलमा अवैध रुपमा भण्डारण गरी राखेको करिब १ हजार ५ सय किलो मरिच प्रहरीले बरामद गरेको छ ।

5/21/2019

महोत्तरी, ७ जेठ । विभिन्न मठ मन्दिरमा दलित समुदायको प्रवेशकै लागि संघर्ष भइरहँदा जलेश्वर महादेव मन्दिरको विभिन्न कार्यहरुमा सोही समुदायको समावेशिता तथा सहभागिता देखिन्छ ।

5/20/2019

मोरङ, ६ जेठ । नगद ठगी गरेको अभियोगमा ग्रामथान–६ बनिगाउँ बस्ने ३० वर्षीया मिना चौधरी र आशु कुमारी चौधरी पक्राउ परेका छन् ।

5/20/2019

काठमाडौं, ६ जेठ । भारतीय दूतावासको सहयोगमा उदयपुरको चौदण्डीगढी नगरपालिकास्थित श्री नारद आदर्श शिक्षा क्याम्पसको उद्घाटन भएको छ ।

5/20/2019

नयाँ दिल्ली, ६ जेठ । भारतमा लोकसभा चुनावको मतदान सकिएको छ । यो निर्वाचनको नतिजा २३ मे मा आउँदैछ । तर नतिजा आउनु पहिले नै मालदिभ्सबाट प्रधानमन्त्री नरेन्द्र मोदीका लागि बधाई सन्देश आएको छ ।

5/20/2019

विराटनगर, ६ जेठ । कृषि क्षेत्रलाई व्यावसायीकरण र आधुनिकीकरण गर्ने उद्देश्य अनुरुप प्रदेश १ सरकारले कृषकलाई विभिन्न शिर्षकमा अनुदान रकम वितरण गरेको छ ।

5/20/2019

बुटवल, ६ जेठ । पर्यटकलाई आकर्षित गर्नका लागि लुम्बिनीमा कोसेली घरको स्थापना गएिको छ । लुम्बिनी भ्रमण वर्षमा अत्याधिक पर्यटकलाई लुम्बिनी भ्रमण गराउने उद्देश्यले विभिन्न तयारी गरिएको छ सोही अनुरुप कोसेली घरको पनि स्थापना गरिएको हो ।

5/20/2019

बाँके, ६ जेठ । विपन्न परिवारलाइ आर्थिक रुपले सवल बनाउन बाख्रा र कुखुराको चल्ला वितरण गरिएको छ । बाँकेको सबैभन्दा दुर्गम र पिछडिएको राप्ती सोनारी गाँपालिकाको वडा नम्बर ७ का विपन्न २० परिवारलाई आयआर्जनका लागि साढे नौै लाख रुपैयाँको बाख्रा र कुखुरा चल्ला वितरण गरिएको हो ।

5/20/2019

वीरगञ्ज, ६ जेठ । वीरगञ्ज नगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीको उपस्थितीमा एक कार्यक्रमका बीच वीरगञ्जको सरसफाइको जिम्मेवारी निजी क्षेत्रलाई दिइएको छ ।

5/20/2019

काठमाडौं, ६ जेठ । नेपाल वैश्य युवा संघले तीन दिवसीय नेतृत्व विकास तालीम संचालन गर्न लागेको छ ।

5/20/2019

जनकपुरधाम, ६ जेठ । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थ र नेपालस्थित बङ्लादेशका राजदूत मासफी बिन्ते सामबीच शिष्टाचार भेटवार्ता भएको छ ।

5/20/2019

कपिलवस्तु, ६ जेठ । बुद्धभूमि नगरपालिकाले अनलाइन प्रविधिबाट सम्पत्ति कर, राजश्व दस्तुर काट्ने व्यवस्था लागु गरेको छ ।

5/20/2019

रौतहट, ५ जेठ । राजपुर नगरपालिका १ बहुअर्वा बस्ने ५६ वर्षीय अब्दुल्लाह देवानलाई १ थान घरेलु मिनी कटुवा पेस्तोल सहित आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

5/20/2019

वीरगंज, ५ जेठ । वीरगंज महानगरपालीका वडा नम्बर २१ ताजपुर टोलमा निर्माण हुन लागेको विवाह भवनको एक कार्यक्रमका बीच प्रतिनिधिसभा सदस्य सांसद प्रदिप यादवले शिलान्यास गरेका छन् ।

5/19/2019

सर्लाही, ५ जेठ । उखु उद्योगले किसानहरुको भुक्तानी नदिएपछि राष्ट्रिय जनता पार्टी नेपालका सहमहामन्त्री राकेश मिश्रको नेतृत्वमा रिले अनसन थालिएको छ ।

5/19/2019

कैलाली, ५ जेठ । कैलालीमा छुट्टाछुट्टै तीन स्थानमा भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ ।

5/19/2019

काठमाडौं, ५ जेठ । देश र नागरिकलाई केन्द्रमा राखेर नागरिकहरुमा देशभक्ति उजागर गर्ने उद्देश्यका साथ नागरिक अगुवाहरुको समूहले गठन गरेको ‘मातृभूमिका लागि नेपाली’को महाभेला काठमाडौमा सम्पन्न भएको छ ।

5/19/2019

धनगढी, ४ जेठ । जानकी गाउँपालिका ७ बेलासपुरमा से २ प ४२४६ नम्बरको मोटरसाइकल शनिबार दुर्घटना हुँदा स्थानीय ३२ वर्षीय रामनारायण चौधरीको मुत्यु भएको छ ।

5/19/2019

विराटनगर, ४ जेठ । प्रदेश १ मा संसदीय पत्रकार पत्रकार मञ्च गठन गरिएको छ ।

5/19/2019

रुपन्देही, ४ जेठ । राष्ट्रपति विद्यादेवी भण्डारीले लुम्बिन्ी भ्रमण वर्ष २०७६ को उद्घाटन गरेकी छन् । प्रदेश ५ सरकारले घोषणा गरेको लुम्बिनी भ्रमण वर्ष २०७६ को शनिबार लुम्बनीबाट सुभारम्भ गरेकी छन् ।

ट्रेन्डिङ