काठमाडौं, २९ बैशाख । भियतनामको औपचारिक भ्रमणमा रहनुभएका प्रधानमन्त्री केपी शर्मा ओली आज संयुक्त राष्ट्र संघीय बैशाख दिवसमा सहभागी हुनुहुने भएको छ । भियतनामको उत्तरी प्रदेश हा नाममा हुने समारोहलाई प्रधानमन्त्री ओलीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।
नेपालगन्ज, २९ बैशाख । नेपालगन्जमा शनिबार वर्षकै सर्वाधिक गर्मी भएको छ । विगत एक सातादेखि निरन्तर तातो हावा ‘लु’ चलिरहेको छ ।
जनकपुरधाम, २९ बैशाख । सप्ताहव्यापी रुपमा मनाइने जानकी नवमी महामहोत्सवमा नेपालका साथै भारतका विशिष्ट विद्वानहरुले सहभागिता जनाउनेछन् ।
धनगढी, २८ बैशाख । कैलालीमा नदीमा डुबेर दुई बालकको मृत्यु भएको छ । लम्कीचुहा नगरपालिका ७ को रोरा नदीमा डुबेर दुई बालकको मृत्यु भएको प्रहरीले जनाएको छ ।
रुपन्देही, २८ बैशाख । तिलोत्तमा नगरपाकिलाका नेपाल आदिवासी जनजाति महासंघले आन्दोलन गर्ने घोषणा गरेको छ ।
काठमाडौं, २८ बैशाख । भारत सरकारले नेपाललाई रेलका दुई वटा डिब्बा दिने सहमति भएको छ । शुक्रबार नेपालको रेलवे र भारतीय कम्पनीबीच यो सम्झौता पत्रमा हस्ताक्षर भएको छ ।
कपिलवस्तु, २८ बैशाख । किसानलाई खेती गर्नका लागि मलखाद्यको चरम अभाव भएको बेला मिलोमतोमा उद्योगपतिलाई व्यवसायिक रुपमा मलखाद्य वितरण गरिएको रहस्य खुल्न आएको छ ।
पर्सा, २८ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वर लाल कायस्थले प्रदेशको विकासमा सबै मिलेर लाग्नुपर्ने बताएका छन् ।
सप्तरी, २८ बैशाख । सुरुङगा नगरपालिका १ हस्पिटल चोकस्थित कदमहा गाईघाट सडकखण्डमा रोकी राखेको ट्याक्टरमा स.१० प ५८८७ नम्बरको स्कुटर शनिबार बिहान ठक्कर खाई दुर्घटना हुँदा एकको मृत्यु भएको छ ।
मोरङ, २८ बैशाख । कटहरी गाउँपालिका १ महेशपुर बस्ने बिराटनगर नहानगरपालिका १२ घर भएका २४ वर्षीय रुपेश कामत कोठाभित्र छातीमा गोली लागेर गम्भीर घाइते अवस्थामा फेला परेका छन् ।
बारा, २८ बैशाख । सिम्रौनगढ नगरपालिका ७ कवलपुरबाट करिब २ लाख ८० हजार रुपैयाँ बराबरको १६ वटा बोरामा रहेको करिब ४ सय किलो कालो मरिच प्रहरीले बरामद गरेको छ ।
धनुषा, २८ बैशाख । धनौजी गाउँपालिका ४ मुसहरी टोलबाट भन्सार छली मोटरसाइकलमा ल्याउँदै गरेको करिब १ लाख ५० हजार रुपैयाँ बराबरको कपडा मोटरसाइकलसहित प्रहरीले बरामद गरेको छ ।
मोरङ, २८ वैशाख । पथरी शनिश्चरे नगरपालिका ५ हसनदह बस्ने ८ वर्षीया बालिकालाई जबरजस्ती करणी गरेको अभीयोगमा सोही नगरपालिका ६ बस्ने ४६ वर्षीय देबिन्द्र खड्कालाई प्रहरीले पक्राउ गरेको छ ।
रौतहट, २७ बैशाख । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको प्रमुख सन्तोष मेहताले नगरपालिकामा निमित्त प्रमुख प्रशासकीय अधिकृत आएपछि योजनाको कार्यान्वयनको काम तीव्र रुपमा बढेको बताएका छन् ।
काठमाडौं, २७ बैशाख । एशिया प्यासिफिक सेन्टर फर सेक्युरिटिज स्टडिज (एपीसीएसएस) ले भारतका पूर्व प्रधान सेनापति महारथी दलवीर सिंह सुहाग र उनकी श्रीमती नमितालाई काठमाडौं ज्ञानेश्वरस्थित आफ्नो कार्यालयमा स्वागत गरेको छ ।
विराटनगर, २७ बैशाख । समयमा नै बजेट निकाशा नहुँदा बजेट फ्रिज हुनु नौलो घटना होईन । चालु आर्थिक वर्ष बित्न तिन महिना मात्र बाँकी रहेको अवस्थामा स्थानीय तहमा विकास बजेट सक्ने चटारो देखिन थालेको छ ।
रौतहट, २७ बैशाख । राजपुर नगरपालिका ८ बलुवागोठका राम लोचन रामको माटो र ईट्टाको गारोबाट बनेको १ तल्ले फुसको छानो भएको घर भत्किदा एकै परिवारका २ जना घाइते हुनुका साथै १ बालकको मृत्यु भएको छ ।
इनरुवा, २७ बैशाख । सुनसरीको कोशी गाउँपालिका २ का ८४ वर्षिय बौवालाल यादवको निधनको १०औं पुण्यतिथीमा ऐतिहासिक भोज गरिएको छ । जिल्लामै पहिलो ऐतिहासिक यादव समुदायको तीन सभाको भोज बिहीबार सम्पन्न गरिएको हो ।
रौतहट, २७ बैशाख । रौतहट जिल्लाको देवाही गोनाही नगरपालिका वडा नम्बर २ करुनियाको दलित समुदायका व्यक्तिहरुले नगर प्रमुखले समस्याप्रति चासो नलिएको बताएका छन् ।
काठमाडौं, २७ बैशाख । समृद्ध सिन्धुली अभियानले यस वर्ष गर्ने राइड थ्रु सिन्धुलीगढी साइकल यात्राको बुधबार पत्रकार सम्मेलन गरी घोषणा गरेको छ ।
रौतहट, २६ बैशाख । रौतहट जिल्लाको राजपुर नगरपालिका वडा नम्बर ९ बैरियामा रहेको जो बैरिया गल्र्स स्कुलमा निर्माण हुने ७ कोठे छात्रावास भवनको रौतहट निर्वाचन क्षेत्र नम्बर २ ख प्रदेशसभाका सांसद रामकिशोर यादवले बिहीबार शिलान्यास गरेका छन् ।
काठमाडौं, २६ बैशाख । काठमाडौं महानगरपालिका ९ स्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट राहदानी नम्बर इए ४२५६७४८ वाहक चिनियाँ नागरिक ४९ वर्षीया वाङ चुनयानलाई अवैध रुपमा बाहिरी मुलुकतर्फ लैजान लागेको बिभिन्न मुलुकका मुद्रा सहित बिहीबार बिहान प्रहरीले पक्राउ गरेको छ ।