5/1/2019

काठमाडौं, १८ बैशाख । राष्ट्रिय सभाका अध्यक्ष गणेश तिमिल्सिनाले अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात १३० औं मजदुर दिवसको यस अवसरमा विश्वभर छरिएर रहेका सम्पूर्ण नेपाली श्रमजीवी दाजुभाइ तथा दिदीबहिनीहरुमा सुख, शान्ति,समृद्धिको शुभकामना व्यक्त गरेका छन् ।

5/1/2019

विराटनगर, १७ बैशाख । प्रदेश नं. १ को मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को सम्पर्क कार्यालय धनकुटा तोकिएको छ । मंगलबार प्रदेश १ को मन्त्रिपरिषदको बैठकले यस्तो निर्णय गरेको हो ।

4/30/2019

कैलाली, १७ बैशाख । लम्कीचुहा नगरपालिका–१ पूर्व लम्कीस्थित सडकमा कपिलवस्तु शिवराज नगरपालिका–३ बस्ने २५ वर्षीय सुनिल भण्डारीले चलाएको ना.७ ख ९२३३ नम्बरको ट्रकले मंगलबार बिहान ठक्कर दिँदा लम्कीचुहा नगरपालिका–१ बस्ने साइकलयात्री १९ वर्षीया सुनिता रावलको घटनास्थलमै मृत्यु भएको छ ।

4/30/2019

धनुषा, १७ वैशाख । मिथिला बिहारी नगरपालिका–५ ललिया टावर टोल बस्ने २८ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने २५ वर्षीय जिवछ कुमार दासलाई प्रहरीले पक्राउ गरेको छ ।

4/30/2019

मोरङ, १७ बैशाख । ग्रामथान गाउँपालिका–४ लविपुर बस्ने मिथुन माझीकी ६ वर्षीया छोरी जिनिका माझी मृत अवस्थामा फेला परेकी छन् ।

4/30/2019

धनुषा, १७ वैशाख । आगोले जलेर गम्भीर घाइते भएकी शहिदनगर नगरपालिका–१ ठुलो चिरैया बस्ने २१ वर्षीया निर्मला देवी यादवको उपचारको क्रममा मृत्यु भएको छ ।

4/30/2019

कैलाली, १७ बैशाख । कैलालीमा एक पिकअप जीपले मोटरसाइकल र साइकललाई ठक्कर दिँदा एकको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।

4/30/2019

सुनसरी, १७ बैशाख । नागरिकता बनाई दिन्छु भनी आश्वासन देखाई नगद १० हजार रुपैयाँ लिँदै गरेको अवस्थामा ईनरुवा नगरपालिका–३ बस्ने लेखापढी व्यवसाय गर्ने ४१ वर्षीय चेत प्रसाद अधिकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

4/30/2019

काठमाडौं, १७ बैशाख । हाल जारी नागरिकताबारेको बहस र विवादका सम्बन्धमा केही समययता देखिएको आम चासोबारे साझा विवेकशील पार्टीको ध्यानार्षण भएको छ ।

4/30/2019

बाके, १६ बैशाख । नेपालगंज उपमहानगरपालिका–२१ पुरैनास्थित शारदा देवी वैश्यको शारदा कपास उद्योगमा सोमबार बिहान आगलागी हुँदा करिब ५० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

4/30/2019

धनुषा, १६ बैशाख । जनकपुर उपमहानगरपालिका–८ स्थित सडकमा ज.१ त १८१५ नम्बरको ट्याक्टर अनियन्त्रित भई सोमबार बिहान दुर्घटना हुँदा ट्याक्टर चालक धनुषा कमला

4/30/2019

कपिलवस्तु, १६ बैशाख । कपिलवस्तुको वाणगंगा नदी किनारमा एक किशोरीको हत्या भएको छ । वाणगंगा नगरपालिका वडा नं. ८ बालापुर भन्ने स्थानमा स्थानीय सुनिता थारुको हत्या भएको हो ।

4/30/2019

रौतहट, १६ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहट र सामुदायिक प्रहरी सेवा केन्द्र गौरको संयुक्त आयोजनामा समुदाय–प्रहरी साझेदारी अन्तर्गत ‘प्रहरीसँग एक दिन’ कार्यक्रम जिल्ला प्रहरी कार्यालय रौतहटमा सोमबार बिहान सम्पन्न भएको छ ।

4/29/2019

वीरगन्ज, १६ बैशाख । वीरगन्ज महानगरपालिका वडा नं २७ कुहडीमा जामे मस्जिदको शिलान्यास भएको छ ।

4/29/2019

महोत्तरी, १६ बैशाख । विद्यार्थी भर्ना अभियान २०७६ अन्तर्गत सोमबार महोत्तरी जिल्लाको श्री राम मा.वि मटिहानीले एक रैलीको आयोजना गरेको थियो ।

4/29/2019

राजविराज, १६ बैशाख । सेवाग्राहीसँग घुस लिँदै गर्दा सोमबार बिहान सप्तरीमा एक जना वडाअध्यक्ष पक्राउ परेका छन् । यसरी पक्राउ पर्नेमा सुरुङ्गा नगरपालिका वडा नम्बर ५ मा तत्कालीन नेकपा एमालेबाट निर्वाचित सिल्टु मियाँ रहेका छन् ।

4/29/2019

वीरगन्ज, १६ बैशाख । गत चैत हावाहुरीका कारण बारा र पर्सामा घरबारविहीन भएकाहरुका लागि नेपाली सेनाले घर निर्माण कार्य सुरु गर्ने भएको छ ।

4/29/2019

सप्तरी, १६ बैशाख । सप्तरीका एक वडाध्यक्ष घुससहित रंगेहात पक्राउ परेका छन् ।

4/29/2019

विराटनगर, १५ बैशाख । बृहत विराट विकास क्षेत्रमा प्रदेश १ को सरकारले थप छ वटा स्थानीय तह थपेको छ । अब बृहत विराट क्षेत्रमा १८ वटा स्थानीय तह समेटिएका छन् ।

4/29/2019

रुपन्देही, १५ बैशाख । प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल र नेपालका लागि पाकिस्तानका राजदूत मजहर जावेदबीच भेटवार्ता भएको छ ।

4/29/2019

जनकपुरधाम, १५ बैशाख । प्रधानसेनापति पूर्णचन्द्र थापाले आइतबार धनुषा जिल्लाको भिमानमा रहेको तीनतले आर्टीलरी फायरिङ रेञ्जमा सञ्चालन भएको फायरिङ अभ्यास, महोत्तरी जिल्लामा नयाँ निर्माण भएको बर्दिबास सैनिक शिविरको निरीक्षण भ्रमण गरी काठमाडौँ फिर्ता भएका हुन् ।

4/28/2019

सप्तरी, १५ बैशाख । सप्तरीमा चट्याङ लागेर एक जनाको मृत्यु भएको छ ।

4/28/2019

बाँके, १५ बैशाख । बैजनाथ गाउँपालिका–५ स्थित सडकमा भे.१ ज १०९८ नम्बरको म्याजिक भ्यानको ठक्करबाट सोही गाउँपालिका–६ बस्ने ६२ वर्षीय भिमबहादुर भण्डारीको आइतबार दिउसो मृत्यु भएको छ ।

4/28/2019

सप्तरी, १५ बैशाख । डाकनेश्वरी नगरपालिका–३ स्थित आइतबार बिहान आएको हावाहुरीका कारण करिब ७ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।

4/28/2019

नवलपरासी(पूर्व), १५ बैशाख । कावासोती नगरपालिका–१५ मुसहर टोल बस्ने १७ वर्षीया किशोरीलाई जबरजस्ती करणी गरेको अभियोगमा सोही नगरपालिका–११ बस्ने २६ वर्षीय आशाराम माझीलाई आइतबार दिउसो प्रहरीले पक्राउ गरेको छ ।

ट्रेन्डिङ