4/28/2019

काठमाडौं, १५ बैशाख । दक्षिण एशियाको पहिलो क्रसबोर्डरको रुपमा रहेको भारतको मोतिहारीदेखि बाराको अमलेखगञ्जसम्म पेट्रोलियम पाइपलाइनअन्तर्गत अब पर्सा राष्ट्रिय निकुञ्जभित्रको पाँच किलोमिटर क्षेत्रमा मात्र रुखकाटी जमीनमुनि पेट्रोलियम पाइपलाइन बिछ्याउने काम बाँकी रहेको छ ।

4/28/2019

काठमाडौं, १५ बैशाख । नेपाल पत्रकार महासङ्घले प्रेस स्वतन्त्रता कायम गर्नुपर्ने माग गर्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा) र नेपाली कांग्रेससलाई ध्यानाकर्षण पत्र बुझाएको छ ।

4/28/2019

जनकपुर, १५ बैशाख । धनुषामा आइतबार बिहान आएको भीषण हावाहुरीले वितण्डा मच्चाएको छ ।

4/28/2019

राकेश यादव, रौतहट, १४ बैशाख । रौतहट जिल्लाको गौर नगरपालिका वड़ा नम्बर ५ स्थित कलाकुञ्ज पुस्तकालय अगाडी अज्ञात समुहले राखेको बम नेपाली सेनाको टोलीले निष्कृय गरेका छन ।

4/28/2019

राकेश यादव , रौतहट, १४ बैशाख । रौतहटको राजपुर फरहदवामा नेपाली कांग्रेस जिल्ला कार्य समितिले विशाल जनसभामा सहभागी आयोजना गरेको छ ।

4/28/2019

धनुषा, १४ वैशाख । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा धनुषाको जनकपुरधाममा आयोजित कार्यक्रमबीच २ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी शनिबार सम्पन्न भएको छ । नेपाल सरकार गृह मन्त्रालयको वार्षिक कार्यक्रम अनुरुप शुक्रबारदेखि उक्त गोष्ठी शुरु भएको थियो ।

4/26/2019

नेपाल, १३ बैशाख । भारतका दुई दर्जनबढी कविहरुले झापाको दमकमा आआफ्ना कविता सुनाएका छन् । नेपाली साहित्यको विगत र वर्तमान अवस्थाको चिन्ता र चासोका कवितामार्फत् कविहरुले आफैलाई थप पुरस्कृत हुनुपर्ने आवाज उठाए ।

4/26/2019

काठमाडौंं, १३ वैशाख । अन्तर्राष्ट्रिय मोडलिङ प्रतियोगिता ‘द फेस अफ साउथ एसिया’मा नेपालका ९ मोडलले सहभागिता जनाएका छन् ।

4/26/2019

काठमाडौं, १३ बैशाख । केन्द्र सरकारले समन्वय नगरेको भन्दै प्रदेश २ सरकारले मातहतका जिल्लामा आफ्नो छुट्टै प्रशासकीय अधिकृत राख्ने तयारी गरेपछि गृहमन्त्री रामबहादुर थापा बादलले आपत्ति जनाएका छन् ।

4/26/2019

जनकपुरधाम, १३ बैशाख । प्रदेश २ सरकारले कर्मचारी भर्ना प्रक्रिया अघि बढाउने भएको छ ।

4/26/2019

सिरहा, १२ बैशाख । २ नम्बर प्रदेश प्रहरी कार्यालय, जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पालले सिराहा गोलबजार नगरपालिका–६ स्थित ईलाका प्रहरी कार्यालय गोलवजार, सिराहाको नवनिर्मित कार्यालय भवनको बिहीबार आयोजित एक कार्यक्रमबीच उदघाटन गरेका छन् ।

4/26/2019

नेपालगन्ज, १२ बैशाख । प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपालगञ्जस्थित श्री नं.४ बाहिनी अड्डाको निरीक्षण भ्रमण पश्चात काठमाण्डौँ फिर्ता भएका छन् ।

4/26/2019

मोरङ, १२ बैशाख । गृहमन्त्री राम बहादुर थापा ‘बादल’ को प्रमुख आतिथ्यमा मोरङको विराटनगरमा आयोजित कार्यक्रमबीच १ नम्बर प्रदेश स्तरीय सुरक्षा गोष्ठी बिहीबार सम्पन्न भएको छ ।

4/26/2019

महोत्तरी, १२ बैशाख । समुदाय–प्रहरी साझेदारी कार्यक्रम अन्तर्गत नेपाल प्रहरी अस्पताल महाराजगंज काठमाडौं र बर्दिवास नगरपालिका महोत्तरीको संयुक्त आयोजनामा बिहीबार महोत्तरीको खयरमारा बर्दिवासमा २ दिवसिय महिला स्वास्थ्य शिविर संचालन गरिएको छ ।

4/26/2019

रौतहट, १२ बैशाख । रौतहट जिल्लाको राजदेवी नगरपालिका ७ मोडलवा भन्ने स्थानबाट एपीएफ टोलीले करीब ४ लाख ७० हजार रुपैयाँ बराबरको चोरीपैठारीको सामान बरामद गरेको छ ।

4/25/2019

राम नारायण पंडित, सिरहा, १२ वैशाख । सिरहाको मिर्चैया स्थित स्थानीयले सडक अवरुद्ध पारेका छन् । विहान ८ बजेदेखि करीब ३ घण्टा मिर्चैयाको कटारी चौकमा टिपर आतंक रोक्न माग गर्दै स्थानीयहरुले सडक अबरुद्ध गरेका हुन् ।

4/25/2019

बुटवल, १२ वैशाख । जंगलमा बसी गाँजा खाने युवाहरुलाई नियन्त्रण गर्न प्रहरीले रात्रीकालिन गस्ती सुरु गरेसँगै स्थानीयबासी खुसि भएका छन् ।

4/25/2019

बुटवल, १२ वैशाख । प्रदेश ५ सरकारले जेठ ४ गतेदेखि लुम्बिनी भ्रमण वर्ष मनाउने भएको छ । ‘बुद्ध जन्मस्थल लुम्बिनी जाऔं : शान्तिको सन्देश फैलाऔं’ नारासहित भ्रमण वर्ष मनाउन लागिएको हो ।

4/25/2019

काठमाडौं, १२ वैशाख । राष्ट्रिय सभा अध्यक्ष गणेश तिमिल्सिनाले प्रदेश र स्थानीय तहलाई संविधानले दिएका अधिकार प्रयोग गर्न संघीय सरकार सहयोगी बन्नुपर्नेे बताएका छन् ।

4/25/2019

वीरगन्ज, १२ वैशाख । नारायणी अस्पतालमा थाइराइड चेकजाँच गर्ने किलिया मेशिन बिग्रेको कारण विरामीहरु मर्कामा परेका छन् ।

4/25/2019

राम नारायण पंडित, सिरहा, १२ वैशाख । सिरहाको मिर्चैयामा पहिलो पटक फेशन फेस्ट शो एण्ड म्युजिकल ईभेन्ट सम्पन्न भएको छ । एल एण्ड एन मोडल एजेन्सी प्रालि काठमांडौको आयोजनामा युवायुवतिहरुको उत्साहपुर्ण सहभागितामा फेसन शो को फाइनल अडिसन मंगलबार सम्पन्न भएको छ ।

4/25/2019

कपिलवस्तु, १२ वैशाख । कपिलवस्तु नगरपालिका वडा नं. २ पूर्ण भर्ना तथा पूर्ण साक्षरसंगै खुल्ला दिशामुक्त घोषणा भएको छ । वडा नं. २ को सबै जना साधारण लेखपढ गर्न जानेपछि पूर्ण साक्षर तथा सबै स्कुल उमेरका बालबालिकाहरु विद्यालय भर्ना भएपछि एक कार्यक्रमका बिच वडा अध्यक्ष रामभजन कलवारले घोषण गरेका छन् ।

4/25/2019

राजविराज, १२ वैशाख । नेपाल विद्युत प्राधिकरण राजविराज वितरण केन्द्रले अतिविपन्न परिवार तथा मठ, मन्दिर, मस्जिदलाई निःशुल्क विद्युत मिटर बितरण गरेको छ ।

4/25/2019

सर्लाही, १२ वैशाख । जिल्लाको चक्रघटा गाउँपालिकामा व्यापार मेला महोत्सवले सुरु भएको छ । सो व्यापार मेला महोत्सवको उद्घाटन प्रदेश २ का भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनलले गरेका छन् ।

4/24/2019

बारा, ११ बैशाख । कोल्हवी नगरपालिका–७ दोधर्पा बस्ने बिन्दु चौधरीको गाई फार्ममा बिद्युत सर्ट भई बुधबार बिहान आगलागी हुँदा करिब ११ लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।

ट्रेन्डिङ