4/24/2019

सप्तरी, ११ वैशाख । खड्क नगरपालिका–१० ईनर्वाफुलबडिया बस्ने ३० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा सोही स्थान बस्ने ४२ वर्षीय लाल मोहमद मियालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

4/24/2019

पर्सा, ११ वैशाख । वीरगंज महानगरपालिका–८ बस्ने १९ वर्षीय उत्तम गुप्तालाई चोरी गरेका सुनका गरगहना सहित मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

4/24/2019

बाँके, ११ बैशाख । नेपालगंज उपमहानगरपालिका–१५ स्थित लागूऔषधसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ ।

4/24/2019

सिरहा, ११ बैशाख । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले एक दलितका छोरीको विहेको सम्पूर्ण खर्च व्यहोरेका छन् ।

4/24/2019

काठमाडौं, १० बैशाख । २०७२ सालको विनाशकारी भुकम्पमा क्षतिग्रस्त भएको जङ्गी अड्डा भवनको पुनर्निर्माण सम्पन्न पश्चात राष्ट्रपति एवं नेपाली सेनाका परमाधिपति विद्यादेवी भण्डारीले एक विशेष समारोहका बीच नवनिर्मित सात तल्ला भवनको उद्घाटन गरेका छन् ।

4/24/2019

काठमाडौं, १० बैशाख । नेपाल सरकार, मन्त्रीपरिषद्को निर्णय अनुसार प्राविधिक उपरथी दर्जामा पदोन्नति भएका वीरेन्द्र अस्पतालका कमाण्डाण्ट प्राविधिक सहायक रथी डा. सुनिल कुमार सिंहलाई

4/24/2019

रौतहट, १० बैशाख । आफ्नै श्रीमतीलाई कुटपिट गरी मारेको अभियोगमा माधवनारायण नगरपालिका–३ सखुवा बस्ने २६ वर्षीय अनिल कुमार साहलाई मंगलबार बिहान प्रहरीले पक्राउ गरेको छ ।

4/24/2019

काठमाडौं, १० बैशाख । कृषि तथा पशुपन्छी विकास मन्त्रालयले दुई दिने अन्तर्राष्ट्रिय प्राङ्गारिक विज्ञ सम्मेलन आयोजना गर्ने भएको छ ।

4/24/2019

काठमाडौं, १० बैशाख । नेपाल बार एशोसिएशनले न्यायालयमा व्यक्तिगत पहुँच र राजनीतिक भागवण्डाको आधारमा सिफारिस हुने गरेको आरोप लगाएको छ ।

4/24/2019

नवलपरासी, १० बैशाख । विप्लव नेतृत्वको नेकपा परित्याग गरी दुई जनाले प्रहरी समक्ष आत्मसमर्पण गरेका छन् ।

4/24/2019

वीरगन्ज, १० बैशाख । एक महिलाले एकै पटक तीन छोरी र एक छोराको जन्म दिएकी छन् ।

4/24/2019

काठमाडौं, १० बैशाख । रसुवाको टिमुरेबाट प्रहरीले ७ किलो सुनसहित एक जनालाई पक्राउ गरेको छ ।

4/24/2019

पर्सा, १० बैशाख । जगरनाथपुर गाउँपालिका–४ बस्ने ईस्राईल मिँयाले आफ्नो खेतमा सोमबार दिउसो भुस जलाउने क्रममा आगलागी हुँदा गहुँ र उखु नष्ट भएको छ ।

4/24/2019

सप्तरी, १० बैशाख । शम्भुनाथ नगरपालिका–४ स्थित पूर्वपश्चिम राजमार्गमा को.१ च ८४०० नम्बरको जिपको ठक्करबाट एक वृद्धाको मृत्यु भएको छ ।

4/24/2019

पर्सा, १० बैशाख । वीरगंज महानगरपालिका–१२ मुरलीबाट करिब १० किलो चरेश सोमबार साँझ प्रहरीले बरामद गरेको छ ।

4/24/2019

पर्सा, १० बैशाख । पटेर्वा सुगौली गाउँपालिका–१ का ३९ वर्षीय उमेश सहनीलाई अवैध लागूऔषध गाँजा करिव ७० किलो र प्रतिबन्धित जरायोको सिङ १ थान सहित सोमबार प्रहरीले पक्राउ गरेको छ ।

4/23/2019

काठमाडौं, १० बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालकी प्रथम सगरमाथा आरोही महिला पासाङ ल्याहमु शेर्पा साहस र प्रेरणाकी स्रोत भएको बताएका छन् ।

4/23/2019

काठमाडौं, १० वैशाख । भारतमा जारी लोकसभा निर्वाचन अन्तर्गत आज तेस्रो चरणको मतदान भइरहेको छ । तेस्रो चरणको मतदानमा भारतका केही शीर्ष नेताहरुको भाग्यको फैसला पनि हुँदैछ ।

4/23/2019

राजविराज, १० वैशाख । सञ्चालनमा आएको १० महिना नबित्दै ठप्प भएको राजविराज विमानस्थलमा पुनः वैशाख २५ गतेदेखि विमान सेवा सञ्चालनमा आउने भएको छ ।

4/23/2019

विराटनगर, १० बैशाख । प्रदेश १ सरकारले ल्याएको बृहत बिराट क्षेत्र विकास सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको संघीय समाजवादी फोरम नेपालका सांसद जयराम यादवले स्वागत गरेका छन् ।

4/23/2019

धनुषा, १० बैशाख । शहीदनगर नगरपालिकाभित्र बिना दर्ता सञ्चालित विद्यालयहरु बन्द गरिने भएको छ ।

4/23/2019

वीरगन्ज, ९ बैशाख । पर्साको पकाहामैनपुर गाउँपालिकाको वडा नम्बर ४ लहावरथकरीमा प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ ।

4/23/2019

काठमाडौं, ९ बैशाख । प्रदेश ३ सरकारले ५० वटा स्थानीय तहलाई एम्बुलेन्स, शवबाहन र दमकल खरिद गर्न स्वीकृति दिएको छ ।

4/23/2019

काठमाडौं, ९ बैशाख । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले शान्ति सुरक्षा, अपराध नियन्त्रणका साथै विकासका गतिविधिमा देखिएका सुरक्षा चुनौतीमा सामना गर्न नेपाल प्रहरी पूर्णतया सक्षम रहेको बताए ।

4/23/2019

काठमाडौं, ९ बैशाख । प्रधानसेनापति पूर्णचन्द्र थापा र जर्जियाका गैरआवासीय राजदूत अर्चिल जुलियाशिविलीबीच जङ्गी अड्डामा शिष्टाचार भेटवार्ता भएको छ ।

ट्रेन्डिङ