काठमाडौं, ६ बैशाख । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मातृकाप्रसाद यादवले नेपालमा लगानी गर्न विभिन्न ३ देशका मन्त्रीहरुसँग आग्रह गरेका छन् ।
काठमाडौं, ६ बैशाख । डा. भीमराव अम्बेडकरको १२८ औं जयन्ती बिहीबार नेपालमा पनि मनाइएको छ । व्यवासायिक विकास तथा अनुसन्धान केन्द्र (पीडीआरसी) र नेपाल दलित साहित्य अकादमीको संयुक्त आयोजनामा काठमाडौंमा अम्बेडकरबारे विमर्श भएको छ ।
काठमाडौं, ६ बैशाख । भारतीय राजदूतावास काठमाडौंले सिन्धुपाल्चोक जिल्लाको लिसंखु गाउँमा छ््योइफेल कुन्देलिङ गुम्बाको पुनर्निर्माण गरेको छ ।
धनुषा, ६ बैशाख । प्रदेश २ प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक हरि बहादुर पाल र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजमा संचालित प्रहरी निरीक्षक आधारभूत तालिम १७९औँ समूहका प्रशिक्षार्थीहरुबीच बिहीबार अन्तरक्रिया एवं छलफल कार्यक्रम सम्पन्न भएको छ ।
सक्षम, समृद्ध र विकसित मधेशसहितको नेपाल हामीलाई चाहिएको छ । विभेदमुक्त समाज चाहिएको छ । साम्प्रदायिक विभेद र मधेशी भए बापत पाइने पीडाबाट मुक्ति चाहिएको छ ।
वीरगंज, ६ बैशाख । हिन्दू परिषद् नेपालले जनजागरण सभा गर्ने भएको छ । बैशाख र जेष्ठ महिनामा नेपालको प्रमुख ११ शहरमा हिन्दू राष्ट्रका लागि जनजागरण सभा गर्ने परिषद्का केन्द्रीय अध्यक्ष संतोष पटेलले वीरगंजमा संचारकर्मीहरुसँग भेटघाटको क्रममा बताए ।
काठमाडौं, ६ बैशाख । सरकारले राष्ट्रिय मानव अधिकार आयोग ऐन संशोधन गर्नका लागि संसदमा अघि बढाएको विधेयकमा निहित आयोगको क्षेत्राधिकारलाई खुम्च्याउने, महान्यायाधीवक्ता कार्यालयमा सिफारीस गर्नुपर्ने जस्ता केही प्रावधानहरुप्रति मानव अधिकार तथा शान्ति समाजले आपत्ति व्यक्त गरेको छ ।
काठमाडौं, ५ बैशाख । एउटै चित्रमा दक्षिण एसियाली नारीको अवस्थिति चित्रण गर्नुपर्दा कस्तो देखिन्छ होला ? भारतीय चित्रकार हेमन्त पाण्डेयले कोरेका चित्रले सिर्जनात्मक जवाफ दिन्छ ।
जनकपुरधाम, ५ बैशाख । बारा र पर्साको हावाहुरी पीडितलाई झापाको शिवसताक्षी नगरपालिकाले पाँच लाख सहयोग गरेको छ ।
जनकपुरधाम, ५ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले राष्ट्रिय मानव अधिकार आयोगले जुनसुकै परिस्थतिमा पनि निकै सक्षम र सबल उपस्थिती देखाएको भन्दै प्रशँसा गरेका छन् ।
चितवन, ५ बैशाख । अष्ट्रेलियाका थारु सोसाईटीले जलेश्वर महतो बचाउ अभियानका लागि अहिलेसम्म प्राप्त सहयोग मध्येको ठूलो रकमको आर्थिक सहयोग गरेका छन् ।
धनुषा, ५ बैशाख । धनुषा जिल्लाका बिभिन्न स्थानहरुबाट बिभिन्न मिति र समयमा हराएका मोटरसाइकलहरु सहित मोटरसाइकल चोरीमा संम्लग्न ५ जनालाई बिभिन्न मिति र समयमा पक्राउ गरी धनुषा प्रहरीले बुधवार सार्वजनिक गरेको छ ।
कैलाली, ५ बैशाख । चुरे गाउँपालिका–६ उर्मा्स्थित बाटोमासोही स्थान बस्ने २२ वर्षीय राजेन्द्रबहादुर धानुक बुधबार बिहान मृत अवस्थामा फेला परेका छन् ।
धनगढी, ५ बैशाख । सुदूरपश्चिम प्रदेशको स्थायी राजधानी निर्माणका सम्बन्धमा सर्वाेच्च अदालतमा मुद्दा परेपछि सुदूरपश्चिम प्रदेश सरकारले गोदावरीमा राजधानी निर्माण गर्ने गरेको निर्णय कार्यान्वयनमा ढिलाइ भएको छ ।
विराटनगर, ५ बैशाख । विराटनगरमा प्रदेश १ स्तरीय नेपाल स्काउटको छदिने आधारभूत तालिम बुधबारदेखि सुरू भएको छ ।
बाँके, ५ बैशाख । नेपालगञ्ज उपमहानगरपालिकाले वडा कार्यालयले फोहोर व्यवस्थापनको काम सुरू गरेका छन् ।
मलंगवा, ५ चैत । प्रदेश सरकारले चीनबाट गाई ल्याउन लागेको भन्दै यहाँको स्थानीय युवाले विरोध जनाएका छन् ।
रौतहट, ५ बैशाख । जिल्ला अस्पताल गौरका प्रमुख डाक्टर कृष्ण साहले ५० सैयाको अस्पतालमा दरबन्दी अनुसारको डाक्टर नेपाल सरकार तथा प्रदेश सरकारले व्यवस्था नगरेको कारण सेवा प्रवाहमा समस्या भएको बताएका छन् ।
कपिलवस्तु, ५ बैशाख । भगवान गौतम बुद्धले २९ वर्ष बिताएको स्थान अर्थात राजा शुद्धोधनको दरबार क्षेत्र नै प्रदेश नं ५ को राजधानी उपयुक्त भएको कपिलवस्तुवासीले दावी गरेका छन् ।
जनकपुरधाम, ५ बैशाख । प्रदेश २ सरकारले जनकपुर अञ्चल अस्पताललाई प्रदेशको प्रादेशिक अस्पताल नामकरण गर्ने निर्णय गरेको छ ।
जनकपुरधाम, ४ बैशाख । बारा र पर्सा जिल्लाको हावाहुरी प्रभावितको लागि प्रदेश नं. ३ मुख्यमन्त्री डोरमणी पौडेलले एक करोडको चेक मुख्यमन्त्री लालबाबु राउतलाई हस्तान्तरण गरेका छन् ।
जनकपुरधाम, ४ बैशाख । प्रदेश २ सरकारले प्रदेश भित्र रित्त दरबन्दीका लागि कर्मचारी भर्नाको अधिकार प्रदेशमै रहेको भन्दै नयाँ भर्ना विज्ञापन नगर्न संघीय लोकसेवा आयोगलाई पत्र लेखेको छ ।
जनकपुरधाम, ४ बैशाख । प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउतले उपभोक्ता संरक्षण ऐन कार्यान्वयनमा जोड दिएका छन् ।