कैलाली, ९ बैशाख । गोदावरी नगरपालिका–८ जमुना झाडी बस्ने कृष्ण सिंह सुताराको कच्ची भान्छा घरमा सोमबार बिहान विद्युत तार सर्ट भई आगलागी हुँदा करिब ४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ ।
बाँके, ९ बैशाख । नरैनापुर गाउँपालिका–४ खोदवा बस्ने ६० वर्षीय फेरन यादव सोही ठाउँस्थित राप्ती नदीमा सोमबार बिहानमृत अवस्थामा फेला परेका छन् ।
काठमाडौं, ९ बैशाख । मधेशी एशोसिएशन इन अमेरिका (मा)ले सर्लाहीको कविलासी पपरियाका विद्यार्थीहरुलाई स्कूल झोला वितरण गरेको छ ।
काठमाडौं, ९ बैशाख । पञ्चकन्या ग्रुपले सेकिसुई, जापान र स्टारलाइन इन्टरप्राइजेज भारतको सहकार्यमा विशेष किसिमको प्लम्बिङ तालिम दिएको छ ।
रौतहट, ९ बैशाख । जिल्ला प्रहरी कार्यालय रौतहटले भारतीय सीमाक्षेत्रमा प्रयोग हुने भारतीय नम्बरका सवारी साधनको अभिलेख दर्ता गराउन समय निर्धारण गरेको छ ।
काठमाडौं, ८ बैशाख । सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनालले सशस्त्र प्रहरी निरीक्षकबाट सशस्त्र प्रहरी नायव उपरीक्षक पदमा पदोन्नती भएका सशस्त्र प्रहरी अधिकृतहरुलाई सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालयमा आइतबार आयोजित एक समारोहका बीच दज्र्यानी चिन्ह प्रदान गरेका छन् ।
रौतहट, ८ बैशाख । गौर नगरपालिकाको आयोजनामा कुष्ठरोग निवारण सम्बन्धी एक दिवसीय संचारकर्मीहरुसँगको अन्तरक्रिया कार्यक्रम आइतबार सम्पन्न भएको छ । कुष्ठरोग अभियानअन्तर्गत कार्यक्रम आयोजना गरिएको थियो ।
मोरङ, ८ बैशाख । बेलबारी नगरपालिका ९ सिरपुरस्थित कृष्ण प्रसाद भट्टराईको काठको घर र ग्वालीमा आगलागी हुँदा ५० लाखको क्षति भएको छ ।
रुपन्देही, ८ बैशाख । तिलोत्तमा नगरपालिका–२ बस्ने ३० वर्षीया सुमित्रा हमाल ठकुरीको करेन्ट लागेर आइतबार बिहान मृत्यु भएको छ ।
रुपन्देही, ८ बैशाख । देवदह नगरपालिका–७ शितलनगरस्थित भित्री सडकमा देवदह बोर्डिङ स्कूलको लु.१ क १५८५ नम्बरको बसबाट खस्दा बसको टायरले च्यापिएर सहचालकको मृत्यु भएको छ ।
काठमाडौं, ८ बैशाख । नेपालको निजी क्षेत्रको अग्रणी हवाइसेवा प्रदायक कम्पनी बुद्ध एयरले अन्तर्राष्ट्रिय उडान भारत केन्द्रित बनाएको छ । भारतका तीन सहरमा बुद्धले उडानको तयारी गरेको छ ।
वीरगंज ८ बैशाख । गत चैत १७ गते आएको विनासकारी हावाहुरीबाट प्रभावित फेटा गाउँपालिका वडा नम्बर १, ३ र ६ को भलुही, भरवलीया, पुरैनिया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत स्वरुप लत्ताकपडा वितरण गरेको छ ।
काठमाडौं, ८ वैशाख । सर्वोच्च अदालतका नवनियुक्त पाँच न्यायाधीशले राष्ट्रपति कार्यालय शितलनिवासमा पद तथा गोपनीयताको सपथ लिएका छन् ।
वीरगन्ज, ८ वैशाख । मरकजी जमियते अहले हदीस नेपालको आयोजनामा वीरगंजको बहुअरीमा तीन दिने ‘प्रथम मानवता संरक्षण अन्तराष्ट्रिय सम्मेलन’ सामुहिक दुआका साथ सम्पन्न भएको छ ।
मधेशवाणी डेस्क, काठमाडौं, ८ वैशाख । उपेन्द्र यादव पहिलो मधेश आन्दोलनबाट मधेश राजनीतिमा उदाएका नेता हुन् । आन्दोलनकै बलमा अचानक राजनीतिमा ठूलो उचाईं लिएपछि उनलाई ‘एक्सिडेन्टल’ नेता पनि भन्ने गरिन्छ ।
काठमाडौं, ७ बैशाख । विवेकशील साझा पार्टीले देशका सातै प्रदेशका विभिन्न स्थानहरुमा हयात/बालुवाटार जग्गा प्रकरणका बारेमा सरकारलाई झक्झक्याउँदै र सबै खालका भ्रष्टाचारका विरुद्ध आवाज उठाउँदै विरोध प्रदर्शनहरु गरेको छ ।
वीरगंज ७ बैशाख । गत चैत १७ गते आएको विनाशकारी हावाहुरीबाट प्रभावित फेटा गाउँपालिका वडा नम्बर ३ र ६ को पुरैनिया, फुलवरीया लगायतका स्थानमा प्रभावित परिवारलाई अहमदिया संघ नेपालले राहत वितरण गरेको छ ।
काठमाडौं, ७ बैशाख । नेपाल प्रजापति (कुम्भकार) संघ केन्द्रीय कार्यसमिति जनकपुरधामले सम्मानसहित मायाको चिनो प्रदान गरेको छ ।
झापा, ७ बैशाख । विर्तामोड नगरपालिका–४ स्थित आदर्श बैङकटेक भवनमा होल्डर जोड्ने क्रममा बिजुलीको करेन्ट लागेर ईलाम लक्ष्मीपुर गाउँपालिका–८ बस्ने ४० वर्षीय योगेन्द्र लायो मगरको शनिबार बिहान मृत्यु भएको छ ।
महोत्तरी, ७ बैशाख । महोत्तरी जिल्ला सदरमुकाममा रहेको पुस्तक व्यवसायीहरुले नीजि विद्यालयले संचालन गरेको सिन्डिकेटलाई समर्थन गर्दै राजश्व छलिलाई प्रोत्साहन गरेको छ ।
जनकपुरधाम, ६ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले हनुमान जयन्ती उत्साह र भव्यताका साथ मनाउनुपर्ने धारणा व्यक्त गरेका छन् ।
काठमाडौं, ६ बैशाख । नेपाली सेनामा कार्यरत सकलदर्जाले आफू बहाल रहँदा वा सेवानिवृत्त भइसकेपछि पनि गर्न हुने र नहुने व्यवहारिक आचरणहरुका बारेमा सुसूचित गरी सकलदर्जालाई शिक्षित बनाउने उद्देश्यले शुक्रबारदेखि ऐ. एक हप्तासम्म संचालन हुन गइरहेको सैनिक आचार संहिता २०७६ को सप्ताह कार्यक्रमलाई प्रधानसेनापति पूर्णचन्द्र थापाले आरम्भ गरेका छन् ।