वीरगन्ज, २३ बैशाख । नेपालीय भोजपुरीका ‘पितामह’ भनिने अग्रज साहित्यकार पण्डित दीपनारायण मिश्रको बृहद श्रधाञ्जली सभा हुने भएको छ ।
काठमाडौं, २२ बैशाख । आइतबार प्रज्ञा भवनमा भएको कार्ल मार्क्सको २ सय १ औँ जन्मजयन्ती कार्यक्रममा भएको खर्च साँझ नै सार्वजनिक गरिएको छ ।
दाङ, २२ बैशाख । राप्ती गाउँपालिका १ पाखापानीस्थित पूर्वपश्चिम राजमार्गमा ग.२ च ६११ नम्बरको पिकअपको ठक्करबाट एक जनाको मृत्यु भएको छ ।
धनुषा, २२ बैशाख । मिथिला नगरपालिका–११ लोटा बस्ने ४० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा पर्सा, वीरगंज महानगरपालिका ३२ बस्ने ३५ वर्षीय फिरोज अलीलाई आइतबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
काठमाडौं, २२ बैशाख । अन्तर्राष्ट्रिय अहमदिया मुस्लिम समुदायको भातृ संस्था अहमदिया संघ नेपालले विश्व शान्ति सम्मेलन काठमाडौंमा सम्पन्न गरेको छ ।
काठमाडौं, २२ वैशाख । भारतको सिक्किम राज्यका सडक, पुल तथा संस्कृति धरोहर मन्त्री गर्जमान गुरुङ संखुवासभा गएका छन् । पारिवारिक तथा व्यक्तिगत भेटघाटको सिलसिलामा मन्त्री गुरुङ संखुवासभा आएका हुन् ।
सप्तरी, २२ बैशाख । हनुमाननगर कंकालिनी नगरपालिका–१४ विष्णपुर टोल बस्ने ६० वर्षीय जगदिश रामको कुटपिटबाट शनिबार राति मृत्यु भएको छ ।
महोत्तरी, २२ बैशाख । जलेश्वर नगरपालिका–१० साडी टोल बस्ने नविन ठाकुरको घरबाट शनिबार राति करिब ५ लाख ६९ हजार रुपैयाँ बराबरको धनमाल लुटपाट भएको छ ।
जनकपुरधाम, २१ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले समय सापेक्ष विज्ञान र प्रविधिको सही सदुपयोग गर्दै लैजानुपर्ने धारणा राखेका छन् ।
रुपन्देही, २० बैशाख । ओमसितिया–२ पडसरीस्थित रत्ना आईरन फ्याक्ट्रीमा काम गर्ने सिद्धार्थनगर नगरपालिका–१ बस्ने ५५ वर्षीय जगदिश धवलको करेन्ट लागेर शुक्रबार बिहान मृत्यु भएको छ ।
कपिलवस्तु, २० बैशाख । शिवराज नगरपालिका–१ मामा खोलास्थित पूर्वपश्चिम राजमार्गमा बा.१४ च ८४४५ नम्बरको कार सडकबाट करिब ३ सय मिटर तल खस्दा चालकको मृत्यु भएको छ ।
मोरङ, २० बैशाख । विराटनगर महानगरपालिका–१२ मङलबारे भित्री सडकखण्डमा को.२ त २१२४ नम्बरको ट्रयाक्टरको ठक्करबाट एक बालिकाको मृत्यु भएको छ ।
महोत्तरी, १९ वैशाख । बर्दिवास नगरपालिकामा बर्दिवास मेडिकल कलेज स्थापनाका लागि पूर्वाधार विकास आयोजनाको कार्यालय स्थापना गरिएको छ ।
वीरगन्ज, १९ वैशाख । महिला कामदारसँग विभेद भएको भन्दै पटेर्वासुगौलीका महिलाले ज्यालामा विद्यमान असमानता लगायत विभिन्न माग सहितको ज्ञापनपत्र गाउँपालिकामा बुझाएका छन् ।
वीरगन्ज, १९ वैशाख । वीरगञ्ज–११ श्रीपुरमा सञ्चालित पेन्ट उद्योग र गोदाममा मंगलबार साँझ भीषण आगलागी भएको थियो ।
धनुषा, १९ वैशाख । सशस्त्र प्रहरी बल, नेपाल बोर्डर आउट पोष्ट नगराईनबाट खटिएको एपीएफ टोलीले धनुषा जिल्लाको नगराईन नगरपालिका २ जटहीबाट विभिन्न किसिमको लागूऔषधसहित बैशाख १७ गते दुई जनालाई पक्राउ गरेको छ ।
कैलाली, १९ वैशाख । बर्दगोरीया गाउँपालिका–५ बस्ने ५५ वर्षीय कालि बहादुर महतराको कच्ची गोठमा बुधबार बिहान आगलागी हुँदा करिब ३ लाख ५० हजार रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
नवलपरासी (पश्चिम) , १९ वैशाख । पाल्हीनन्दन गाउँपालिका–१ महेशपुरबाट चाँदीको जस्तो देखिने धातुको पाता र नगद सहित २ जनालाई बुधबार बिहान सिमाना प्रहरी चौकी महेशपुरबाट खटिएको प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, १९ वैशाख । घोडाघोडी नगरपालिका–१२ शिबपुर बस्ने १३ वर्षीया बालिकालाई आइतबार साँझ जबरजस्ती करणी गरेको अभियोगमा सोही ठाउँ बस्ने ८३ वर्षीय छोटेलाल डगौरालाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ ।
राकेश यादव, रौतहट, १९ वैशाख । सत्तारूढ दलका स्थानीय नेताको विरोधका वावजूद पनि रौतहट जिल्लाको गौर नगरपालिकामा शहरी विकास मन्त्रालयअन्तर्गत सघन शहरी कार्यक्रमको विकास निर्माणका कार्य तीव्र रुपमा सञ्चालन रहेको छ ।
सप्तरी, १९ वैशाख । जिल्ला प्रहरी कार्यालय सप्तरीबाट खटिएको प्रहरी टोलीले अपहरणमा परेका राजगढ गाउँपालिका–३ का १२ वर्षीय लक्षमण यादवलाई सोमवार राति सकुशल उद्धार गरेको छ ।
सिरहा, १९ वैशाख । सवरी संकल्प समाज गोलबजार सिरहाले अन्तर्राष्ट्रिय मजदुर दिवसमा मजदुर समुदायका ८५ जना मुसहर समुदायका बालबालिकाहरुलाई शौक्षिक सामग्री वितरण गर्दै अन्तर्राष्ट्रिय मजदुर दिवस मनाएका छन् ।
भैरहवा, १९ वैशाख । अन्तर्राष्ट्रिय पर्यटकीय स्थल लुम्बिनीको संरक्षण सम्बद्र्धनमा टेवा पु¥याउने उद्देश्य राखी एक भेलाले रामविकास चौधरीको संयोजकत्वमा २१ सदस्यीय लुम्बिनी बचाऔं अभियान तदर्थ समिति गठन भएको छ ।
वीरगन्ज, १८ बैशाख । सप्तरी हनुमाननगरका हरिओम मेहताले वीरगन्जमा कपडामा कोरिएका चित्र प्रदर्शन गरेका हुन् । तीन दिनदेखि प्रदर्शन चलिरहेको छ ।