5/10/2019

बाँके, २६ बैशाख । सोनारी गाउँपालिका–७ लालपुर नजिकैको सामुदायिक वनबाट अवैध ढुंगा उत्खनन भइरहेको छ ।

5/9/2019

वीरगञ्ज, २६ वैशाख, । भारतको बिहार राज्यमा हुने लागेको लोकसभा निर्वाचनको लागि वैशाख २७ गतेदेखि २९ गतेसम्म सीमा नाका बन्द हुने भएको छ । तेस्रो चरणको लोकसभा निर्वाचनका लागि सहमतिमा नै तीन दिन सीमा नाका बन्द गर्न लागिएको हो ।

5/9/2019

काठमाडौं, २६ बैशाख । संयुक्त राष्ट्रसंघीय पुँजी विकास कोष (यूएनसीडीएफ) ले नेपालमा कृषि क्षेत्रमा प्रविधि उपयोग अघि बढाउन ‘एग्रिटेक’ नवप्रवर्तन कार्यक्रम सुरु गरेको छ ।

5/9/2019

वीरगन्ज, २६ बैशाख । वीरगन्ज महानगरपालिकाका नगर प्रमुख विजय कुमार सरावगीले एनआइसी एसिया बैंकको उद्घाटन गरेका छन् ।

5/9/2019

रुपन्देही, २५ बैशाख । सिद्धार्थनगर नगरपालिका १ डण्डाबाट मायादेबी गाउँपालिका–१ बस्ने २० वर्षीय अनिल चौधरीलाई नियन्त्रित लागूऔषध  डाईजेपाम १ सय ९१ एम्पुल, फेनारागन १ सय ९१ एम्पुल, नुर्फिन १ सय ९१ एम्पुल, मोबाईल १ थान र नगद १६ हजार रुपैयाँ सहित मंगलबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।

5/9/2019

काठमाडौं, २५ बैशाख । भारतमा चर्चित ‘महर्षि बादरायण व्यास सम्मान’बाट दुई नेपाली विद्वान् सम्मानित भएका छन् । राष्ट्रपति रामनाथ कोविन्दले स्थापना गरेको उक्त सम्मान डा. विश्वनाथ धिताल र डा. उमेश नेपाललाई प्रदान गरियो ।

5/9/2019

सिन्धुली, २५ बैशाख । सिन्धुलीका केही युवाले आफ्नो जिल्लाको विकासमा योगदान दिन स्थापना गरेको समृद्ध सिन्धुली अभियानले नेपाल एकीकरणका क्रममा गोर्खाली सेनाले यात्रा गरेका स्थलहरुलाई पर्यटकीय पदमार्गले जोड्ने भएका छन् ।

5/8/2019

वीरगन्ज, २५ वैशाख । प्रदेश सांसद जन्नत अंसारीले समाजलाई समृद्धितर्फ डोर्याउन महिलालाई आफुले सिकेको सिपलाई व्यवसायको रुपमा अगाडी बढाउन आग्रह गरेका छन् ।

5/8/2019

सुर्य बराल, चितवन, २५ वैशाख । सहकारी संस्थाहरुमा ब्यापक मात्रमा बिकृती बढेको भएपनि सरकारको नियामक निकायहरुको बेवास्ता र गैह्र जिम्बेवारपनाको कारण बचतकर्ता तथा क्रणी रहेका आम नागरिकहरु आर्थिक शोषणको दुश्चक्रमा परेका छन् ।

5/8/2019

काठमाडौं, २४ बैशाख । मुस्लिम धर्मावलम्बीको पवित्र पर्व एकमहिने रमदानसुरु भएको छ । रमदान सुरु भएसँगै मुस्लिम सामुदायमा उल्लास छाएको छ ।

5/8/2019

काठमाडौं, २४ बैशाख । युनिसेफले नेपालका लागि युनिसेफको नयाँ प्रतिनिधीको रुपमा एल्के विसलाई स्वागत गरेको छ ।

5/8/2019

काठमाडौं, २४ बैशाख । जन्मका आधारमा नागरिकता लिएका बाबुआमाको सन्तानलाई वंशज आधारमा नागरिकता नदिन फेरि सर्वोच्च अदालतले रोक लगाएको छ ।

5/8/2019

काठमाडौं, २४ बैशाख । संघीय संसद् प्रतिनिधिसभाबाट सरकारको आर्थिक वर्ष २०७६÷७७ को नीति तथा कार्यक्रम पारित भएको छ ।

5/8/2019

काठमाडौं, २४ बैशाख । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकारको वार्षिक नीति तथा कार्यक्रम दूरगामी लक्ष्यसहित ल्याइएको बताएका छन् ।

5/7/2019

धनुषा, २४ बैशाख । मिथिला नगरपालिका ६ ढल्केबर बस्ने शम्भु कुमार साहको ३ वर्षीय छोरा आरएन साह आफ्नै घरबाट करिब ६० मिटर पर बारीमा मंगलबार बिहान मृत अवस्थामा फेला परेका छन् ।

5/7/2019

काठमाडौं, २४ बैशाख । वैश्य समुदायका युवाहरुले नेपाल वैश्य महासंघ स्थापना गर्ने निर्णय गरेको छ ।

5/7/2019

नवलपरासी (पश्चिम), २४ बैशाख । पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाका एक वडा अध्यक्ष र समाजसेवी उदाहरणीय कार्य गरेका छन् ।

5/7/2019

नवलपरासी (पश्चिम), २४ बैशाख । नवलपरासी पश्चिम जिल्लाको प्रतापपुर गाउँपालिका वडा नं ८ पिपरपातीलाई स्मार्ट कृषिगाउँ बनाइने भएको छ ।

5/7/2019

मेचीनगर, २४ बैशाख । मेचीनगरको धुलावारीमा बैशाख २८ र २९ गते ‘प्रथम अन्तर्राष्ट्रिय बोडो मेचे साहित्य सभा’ हुने भएको छ ।

5/7/2019

काठमाडौं, २३ बैशाख । भारतका अधिकारीले रक्सौल–काठमाडौं रेलमार्गको अध्ययन थालेका छन् ।

5/7/2019

विराटनगर, २३ बैशाख । प्रदेश १ का १० वटा स्थानीय तहमा उत्पादित फोहोर व्यवस्थापनका लागि चिनियाँ कम्पनीले चासो देखाएको छ ।

5/7/2019

विराटनगर, २३ बैशाख । अमेरिकी दूतावासले नेपाल सरकारसँगको साझेदारीमा मोरङ जिल्लाको बिराटनगरमा मोरङ प्रसूति केन्द्रको शिलान्यास गरेको छ ।

5/7/2019

काठमाडौं, २३ बैशाख । भारतको नीजि क्षेत्रको सबैभन्दा ठूलो विश्वविद्यालय लब्ली प्रोफेसनल युनिभर्सिटी (एलपियू)ले आफ्नो एडमिसन अफिस राजधानीको बागबजारमा स्थापना गरेको छ ।

5/7/2019

विराटनगर, २३ बैशाख । प्रदेश १ को स्थायी राजधानी विराटनगर तोकिएको छ । सोमबार प्रदेशसभाको बैठकले विराटनगरलाई प्रदेश १ को स्थायी राजधानी तोकेको हो ।

5/6/2019

विराटनगर, २३ बैशाख । नेपाल कम्युनिष्ट पार्टीको निर्णयविरुद्ध नेपाली कांग्रेस, फोरम नेपाल, राजपा नेपाल लगायत विभिन्न राजनीति दल तथा पेशाकर्मीहरुले विराटनगर अनिश्चितकालीन बन्द घोषणा गरेका छन् ।

ट्रेन्डिङ