काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. २.७५१ करोड आर्थिक सहयोगमा निर्माण गरिएको नवलपरासी (पूर्व) को बुलिङटार गाउँपालिकास्थित श्री त्रिभुवन माध्यमिक विद्यालयको विद्यालय भवनको उद्घाटन गरिएको छ ।

काठमाडौं । आगामी आर्थिक वर्ष २०८१–०८२ को बजेटले उपभोक्ताको हितलाई बेवास्ता गरेको आरोप नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं आपूर्ति तथा उपभोक्ता विभागका प्रमुख गुरु बरालले आरोप लगाएका छन् ।

सुनसरी । जिल्लाको दुहवी नगरपालिका–३ मा आगलागी हुँदा करोडौंको धनमाल जलेर नष्ट भएको छ ।

मोरङ । कानेपोखरी गाउँपालिका–७ स्थित सडकमा मे. १ च ३३६६ नम्बरको कारको ठक्करबाट साइकलयात्रीको मृत्यु भएको छ ।

सर्लाही । लालबन्दी नगरपालिका–१४ लङ्गुर डाँडाबाट १ हजार ६ सय १२ किलो ८ सय ५० ग्राम अवैध लागूऔषध गाँजा प्रहरीले बरामद गरेको छ ।

जनकपुरधाम । मधेश प्रदेशको तेस्रो मुख्यमन्त्रीका रुपमा जनमत पार्टीका सांसद सतिश सिंह नियुक्त भएका छन् ।

जनकपुरधाम । मधेश प्रदेशका तेस्रो मुख्यमन्त्रीको रुपमा जनमत पार्टीका प्रदेश सभाका सदस्य सतिश सिंह बन्न लागेका छन् ।

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच टेलिफोन वार्ता भएको छ ।

जनकपुरधाम । मधेश प्रदेशका प्रदेश प्रमुख सुमित्रा भण्डारीले नयाँ सरकार गठनका लागि आह्वान गरेकी छन् ।

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री सरोज कुमार यादवले प्रदेश सभामा मागेको विश्वासको मत बहुमतले अस्वीकृत भएको छ ।

काठमाडौं । विद्यार्थीहरूको लागि नोबेल पुरस्कारका रूपमा परिचित हल्ट प्राइजको सेमिफाइनल प्रतिष्पर्धामा भाग लिन नेपाल इन्जिनियरिङ कलेजका विद्यार्थीहरु मुम्बई प्रस्थान गरेका छन् ।

अजय कुमार सिंह, जनकपुरधाम । संघीय आयोजना कार्यान्वयन इकाई धनुषाले वृक्षारोपण कार्यक्रमको आयोजना गरेको छ ।

काठमाडौं । ‘नेपाल–भारत विकास सहकार्य’ अन्तर्गत भारत सरकारको कूल नेरु. २.६३ करोड आर्थिक सहयोगमा निर्माण गरिएको सुनसरीको रामधुनी नगरपालिकास्थित श्री भादगाउँ सिनुवारी माध्यमिक विद्यालयको भवन उद्घाटन गरिएको छ ।

काठमाडौँ, २३ जेठ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगबती चौधरीले विभेद, हिंसाको अन्त्य गर्नका निम्ति बालिकाहरूलाई विद्यालय तहमै सेल्फ डिफेन्सको प्रशिक्षण÷तालिम दिनुपर्ने बताएकी छन् ।

काठमाडौं । नेपालस्थित भारतीय राजदूतावासले ललितपुर महानगरपालिकासँगको सहकार्यमा विश्व वातावरण दिवसको अवसरमा वृक्षारोपण कार्यक्रम गरेको छ ।

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले जसपा नेपालका नेता नै महाधिवेशन रोक्न लागेको भन्ने प्रायोजित भ्रममा नपर्न आग्रह गरेका छन् ।

काठमाडौं । नेपालको पहिलो एनएबिएच सर्टिफाईड तथा अन्र्तराष्ट्रिय स्तरको सेवा सुविधा सम्पन्न अस्पतालको अवस्था बुझ्न स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदिप यादवले नेपाल मेडिसिटी अस्पताल भ्रमण गरेका छन् ।

काठमाडौं । कमिकमजोरी औल्याइदिन र आलोचनामार्फत बाटो देखाइदिन आग्रह गर्दै मानव अधिकार तथा शान्ति समाजले २८ औँ स्थापना दिवस (२९ औ वर्ष प्रवेश) मनाएको छ ।

वीरगन्ज । जिल्ला प्रहरी कार्यालय पर्सा झण्डै अवैध रुपमा भन्सार छलेर भित्र्याउँदै गरेको अवस्थामा करिब २ करोड मूल्य बराबरको औषधी बरामद गरेको छ ।

नेपालगन्ज । गर्मी अत्यधिक बढेपछि बाँकेका सबैजसो पालिकाले गर्मी बिदा दिएका छन् । नेपालगञ्ज उपमहानगरपालिकाले असार ७ गतेसम्म गर्मी बिदा थपेको छ ।

वीरगन्ज । वीरगन्ज महानगरपालिका–२ इदगाहचोकमा पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाको पूर्णकदको सालिक पुनः स्थापना गरिएको छ ।

वीरगंज । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले वीरगंजलाई देशकै आर्थिक राजधानी घोषणा गर्नुपर्ने माग सरकारसंग गरेका छन् ।

काठमाडौं। राष्ट्रिय एकता अभियानले नेपालका लागि चिनियाँ राजदूत छन् सोङले पत्रकार गजेन्द्र बुढाथोकीलाई दिएको ‘धम्की’प्रति भत्र्सना गरेको छ ।

काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा.सीके राउतले नेपालमा नौलो गणतन्त्र ल्याएरै छोड्ने दाबी गरेका छन् ।

काठमाडौं । राष्ट्रिय मुक्ति क्रान्ति अभियानले मंगलबार पर्सा, उदयपुर, सिन्धुली र सुर्खेतमा नागरिक तथा बुद्धजिवीहरुसँग सम्वादात्मक कार्यक्रम सम्पन्न गरेको छ ।

ट्रेन्डिङ