काठमाडौं, ५ मंसिर । नवनियुक्त संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री हृदयश त्रिपाठीले पदभार ग्रहण गरेका छन् । पदभार ग्रहण गर्दै उनले संघीय निजामती सेवा ऐन छिटोभन्दा छिटो जारी गर्ने बताएका छन् ।
कैलाली, ५ मंसिर । गोदाबरी नगरपालिका–२ स्थित पहाडरोडमा से–१ ज ७३९ नम्बरको जिपको ठक्करबाट सोही ठाउँ बस्ने पैदलयात्री ३४ वर्षीय देबराम टमाटाको मृत्यु भएको छ ।
काठमाडौं, ४ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीको मन्त्रिपरिषद्मा हृदयेश त्रिपाठी, रामेश्वर राय यादव लगायत सहभागी भएका छन् ।
जनकपुरधाम, ४ मंसिर । विभिन्न स्थानबाट चोरिएका ६ मोटरसाइकलसहित त्यसमा संलग्नको आरोपमा प्रहरीले धनुषाबाट ७ जनालाई पक्राउ गरेको छ ।
पोखरा, ४ मंसिर । नेपाल–भारत सीमा सुरक्षा बैठक पोखराको दोबिल्लामा रहेको माउन्ट ग्लोरी रिसोर्टमा शुरु भएको छ । बुधबाबाट सुरू भएको बैठक तीन दिनसम्म चलनेछ ।
वीरगंज ४ मङ्सिर । एका बिहानै नेपाली कांग्रेसका प्रदेशसभा सदस्य र नगर कमिटी अध्यक्षबीच चिया पसलमै कुटाकुट भएको छ ।
वीरगंज, ४ मंसिर । सत्तानिकट केही स्थानीय नेताको राजनीतिक स्वार्थका कारण वीरगञ्ज–ठोरी हुलाकी मार्गअन्तर्गत निर्माणाधीन तिलावे पुलको काम अघि बढ्न सकेको छैन ।
महोत्तरी, ३ मंसिर । महोत्तरीको एकडारा गाउँपालिका २ बेलाका एक युवकको हत्या भएको दुई महिना बितिसक्दासमेत अपराधी कारवाहीको दायरामा नआएपछि मानवअधिकारकर्मीहरु यस घटनाको चर्चा प्रदेशस्तरमा गरेका छन् ।
मोरङ, ३ मंसिर । जिल्लाको जहदा गाउँपालिका–१ का कार्यवाहक वडाअध्यक्ष उमेशकुमार साह घुस लिँदालिँदै पक्राउ परेका छन् ।
काठमाडौं, ३ मंसिर । संघीय सरकारविरुद्ध प्रदेश नं. २ को सरकारले सर्वोच्च अदालतमा रिट दायर गराएको छ । संघीय सरकारले प्रदेशको अधिकार मिचेको भन्दै सर्वोच्चमा रिट दायर गरिएको हो ।
कपिलवस्तु, ३ मंसिर । पश्चिम क्षेत्रको पुरानो शहर तथा ऐतिहासिक महत्व बोकेको कपिलवस्तुको सदरमुकाम तौलिवहवा क्षेत्रमा सडक व्यवस्था कमजोर भएको विषयप्रति नगरपालिकाले तत्काल समाधान गर्ने निर्णय गरेको छ ।
नेपालगन्ज, ३ मंसिर । पछिल्लो समयमा बाँकेमा क्षयरोगीको संख्यामा वृद्धि भईरहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । जिल्लामा क्षयरोगका बिरामी बढ्न थालेपछि विभिन्न निकायको सहयोग र सहकार्यमा न्यूनीकरणको अभियान सुरू गरिएको सो कार्यलयका प्रमुखले जानकारी दिए ।
रौतहट, ३ मंसिर । जिल्लाको गौर भन्सारबाटै सेटिङमा भारतीय प्याज भित्रिन थालेको छ । गौरमा रहेका बिचौलिया र भन्सार कर्मचारीको मिलेमतोमा प्याज नेपाल भित्रिन थालेको हो ।
काठमाडौं, ३ मंसिर । अमेरिका भ्रमणमा रहेका प्रदेश नं. २ का मुख्यमन्त्री मो.लालबाबु राउत गद्दी र मुख्य न्यायाधिवक्ता दिपेन्द्र झालाई न्युयोर्क अल्बानी मधेशी समाजका संयोजक प्रशान्त साह एवं विजय चन्द्रले दोसल्ला ओढाई सम्मान गरेका छन् ।
रौतहट, ३ मंसिर । भूमि सुधार तथा मालपोत कार्यालय रौतहटका प्रमुख सीताराम थापा महिनौंदेखि कार्यालयमा नआएको कारण सेवाग्राहीहरुको कामकाज प्रभावित भएको छ ।
सुनसरी, ३ मंसिर । इटहरी उपमहानगरले रानी विराटनगर–इटहरी–धरान सडक सुधार आयोजनासँग आवश्यक सबै कागजपत्र उपलब्ध गराइदिन माग गरेको छ ।
काठमाडौं, ३ मंसिर । प्रधानसेनापति पूर्णचन्द्र थापासँग मित्रराष्ट्र भारतीय सेनाका लेफ्टिनेन्ट जनरल शान्तनु दयालले जंगी अड्डामा शिष्टाचार भेटवार्ता गरेका छन् ।
काठमाडौं, २ मंसिर । समाजवादी पार्टीका अध्यक्षसमेत रहेका उपप्रधानमन्त्री एवम् स्वास्थ्यमन्त्री उपेन्द्र यादव नयाँ दिल्ली प्रस्थान गरेका छन् ।
सिरहा, २ मंसिर । सिराहा जिल्लाको सिराहा नगरपालिका ३ मखनाहाबाट एपीएफ टोलीले ६ बोतल कोरेक्ससहित एक जनालाई पक्राउ गरेको छ ।
काठमाडौं, २ मंसिर । प्रधानमन्त्री केपी शर्मा ओलीले सरकार देशलाई बलियो अर्थतन्त्रको जगमा उभ्याउन अग्रसर भएको बताएका छन् ।
बिर्तामोड, २ मंसिर । झापा जिल्लामा दक्षिण एसियाकै सबैभन्दा अत्याधुनिक फन पार्क बन्ने भएको छ । यो फन पार्क विश्व चर्चित डिज्ने पार्क जस्तो हुनेछ ।
कपिलवस्तु, २ मांसिर । कपिलवस्तुका नेपाल—भारत सिमानाका अधिकांश सीमास्तम्भहरु जीर्ण अवस्थामा रहेका छन् ।
जनकपुरधाम, २ मंसिर । जनकपुरधाम उपमहानगरपालिकाका मेयर लालकिशोर साहले उपमहानगरपालिका भित्रमा आफ्नै वडा कार्यालय तथा शौचालय निर्माण कार्य प्राथमिकता रहेको बताएका छन् ।