1/15/2020

काठमाडौं, १ माघ । उपचारका लागि भारतको नयाँ दिल्ली पुगेका नेपाली कांग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेलले भारतीय रक्षामन्त्री राजनाथ सिंहसँग भेटवार्ता गरेका छन् ।

1/15/2020

काठमाडौं, १ माघ । भारतीय निजी वायुसेवा कम्पनी विस्ताराले माघ २८ गतेदेखि दिल्ली–काठमाडौं उडान शुरु गर्ने भएको छ । कम्पनीले नेपाल उडानको तालिका सार्वजनिक गर्दै दिल्ली–काठमाडौं रुटका लागि बुकिङ खुला गरेको छ ।

1/15/2020

काठमाडौं, १ माघ । जनकपुरदेखि भारतको जयनगरसम्म रेल फागुनको पहिलो सातासम्ममा सुरु हुने भएको छ । रेल विभागका अधिकारीहरूका अनुसार त्यसका लागि पहिलो रेल माघको दोस्रो सातासम्म आइपुग्ने र ३० देखि ३५ जना भारतीय प्राविधिक नियुक्त गर्ने कार्य योजना अघि बढाइएको छ ।

1/14/2020

जनकपुरधाम, १ माघ । ’मकर संक्रान्ति तथा माघी पर्व,२०७६’को अवसरमा प्रदेश २ का मुख्यमन्त्री मो. लालबाबु राउत गद्दीले शुभकामना व्यक्त गरेका छन् ।

1/14/2020

काठमाडौं, १ माघ । हो–हल्ला नगरिकन अहिले उत्तर र दक्षिणी सीमावर्ती नाकाको स्याटेलाइट सिग्नल लिने काम तीव्र भएको छ । मन्त्रिपरिषद्कोे बैठकले गठन गरी सार्वजनिक जानकारीमा नल्याएको सीमा निरीक्ष समितिलाई यसरी गुपचुपै काम खटाइएको छ ।

1/14/2020

काठमाडौं, १ माघ । नेपालका सबैजसो भू–भागमा मनाइने माघे संक्रान्तिका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा प्रधानमन्त्री केपी शर्माले शुभकामना व्यक्त गरेका छन् ।

1/14/2020

काठमाडौं, २९ पुस । नेपाल–चीन सीमामा बोर्डर आउट पोष्ट (बीओपी) स्थापना गरिएको छ ।

1/14/2020

कपिलवस्तु, २९ पुस । कपिलवस्तुको महराजगंज नगरपालिका वडा नं. १ मा रहेको फलहरीबाबा बहुमुखी क्याम्पसमा ३ दिन देखि ताला लगेको छ ।

1/14/2020

काठमाडौं, २९ पुस । भारतले विनयमोहन क्वात्रालाई नेपालका लागि नयाँ राजदूतका रुपमा पठाउने भएको छ ।

1/14/2020

भैरहवा, २९ पुस । भैरहवामा केन्द्रीय कार्यालय रहेको उन्नती लघुवित्त वित्तीय संस्था लिमिटेडले पाँचौं वार्षिक साधारणसभा सम्पन्न गरेको छ ।

1/14/2020

ललितपुर, २९ पुस । ललितपुरको लामाटारमा रहेको पातले सामुदायिक वन उपभोक्ता समूहले पर्यटन वर्षमा नेपाल घुम्न आउने पर्यटकलाई काठबाट बनेको मायाको चिनो उत्पादन गरि वितरण गर्ने भएको छ ।

1/14/2020

नयाँ दिल्ली, २९ पुस । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प भारत भ्रमणको योजनामा छन् । अमेरिकी अधिकारीहरूका अनुसार फेबुअरीमा ट्रम्पले भारतको पहिलो भ्रमण गर्नेछन् ।

1/14/2020

धनगढी, २९ पुस । कैलालीको कैलारी गाउँपालिकाले माघी पर्वमा ३ दिन बिदा दिने निर्णय गरेको छ । गाउँपालिकाले माघ १,२, र ३ गते बिदा दिने निर्णय गरेको हो ।

1/14/2020

धनगढी, २९ पुस । जिल्ला प्रहरी कार्यालय कैलालीले धनगढीबाट लागूऔषध ब्राउन सुगरसहित तीन जनालाई पक्राउ गरेको छ ।

1/14/2020

धनगढी, २९ पुस । सुदूरपश्चिम प्रदेशसभा भवनमा थप प्रविधि जडान गरिएको छ । हिउँदे अधिवेशनदेखि प्रदेशसभा सञ्चालनको प्रत्यक्ष प्रसारण गर्न ‘यु ट्युब’ लाइभका लागि आवश्यक प्रविधि जडान गरेको प्रदेशसभा सचिवालयले आइतबार पत्रकार सम्मेलन गरेर जानकारी दिएको छ ।

1/13/2020

जनकपुरधाम, २९ पुस । मुख्यमन्त्री लालबाबु राउतले सभा गोष्ठी गरेर जलवायु परिवर्तन रोकिन नसक्ने बताएका छन् ।

1/13/2020

महोत्तरी, २९ पुस । महोत्तरी जिल्लाको विभिन्न गाउँमा जनता आवास कार्यक्रममार्फत विपन्नहरुका लागि बनाउन थालिएको घर वर्षौसम्म अधुरै रहेको समस्या समाधान गर्न जलेश्वरमा जिल्लास्तरीय उच्च सरोकारवालाहरुको बैठक बसेको छ ।

1/13/2020

काठमाडौं, २८ पुस । नेपाल–भारत सीमा सुरक्षाका लागि सशस्त्र प्रहरी बल नेपाल नम्बर ३१ गण हेडक्वाटर बर्दियाको तीन वटा बोर्डर आउट पोस्ट (बीओपी) थपिएको छ ।

1/13/2020

काठमाडौं, २८ पुस । विश्व हिन्दी दिवसको उपलक्ष्यमा अफ्रिकी मुलुक युगाण्डामा कार्यरत नेपाली र युगाण्डास्थित भारतीय उच्चायोगका प्रमुख तथा अधिकारीबीच कम्पालामा भेटघाट भएको छ ।

1/13/2020

जनकपुरधाम, २८ पुस । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्मको सञ्चालनको तयारी अघि बढेको छ । सो रेलमार्गमा सञ्चालनका लागि खरीद गरिएको रेल आगामी महिनासम्ममा आइपुग्ने भएको छ । रेलमार्ग केही समय पहिले नै निर्माण

1/13/2020

काठमाडौं, २८ पुस । थारु समुदायले माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा विदा दिन नेपाल सरकारसँग माग गरेको छ । थारु कल्याणकारिणी सभाले काठमाडौंमा पत्रकार सम्मेलन गरी माघ १ गतेलाई राष्ट्रिय पर्वको रुपमा मनाउन र सार्वजनिक विदा दिन माग गरेको हो ।

1/13/2020

झापा, २८ पुस । बाह्रदर्शी गाउँपालिका–३ राजगढ बजारमा स्थानीय व्यापारीसँग प्रहरी हौं भनी नगद असुली गरिरहेको अवस्थामा २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

1/13/2020

धनगढी, २८ पुस । धनगढी उपमहानगरपालिकाले सडकको मर्मतमा चासो नगदिँदा भित्री सडकहरु जीर्ण बन्दै गएको छ ।

1/13/2020

विराटनगर, २८ पुस । विराटनगर महानगरपालिकाले पुस २७ गतेदेखि विद्यालयमा दिवा खाजा खाने व्यवस्थाको सुरुवात गरेको छ ।

1/13/2020

नेपालगन्ज, २८ पुस । थारू समुदायले नयाँ वर्षको रुपमा मनाउँदै आएको माघे संक्रान्ति पर्व यस वर्ष पनि नेपालगन्जमा भव्य रुपमा मनाइने भएको छ ।

ट्रेन्डिङ