इटहरी, १ कार्तिक । इटहरीमा मुसहर बस्ती विकास कार्यक्रम सञ्चालन हुने भएको छ । तराई–मधेश सम्मृद्धि कार्यक्रमको सहयोगमा इटहरी उपमहानगरले यस बर्ष ७७ लाख वजेटमा मुसहर बस्ती विकास कार्यक्रम सञ्चालन गर्न लागेको नगरप्रमुख द्धारिकलाल चौधरीले जानकारी दिए ।
वीरगन्ज, १६ कार्तिक । बुढानीलकण्ढ स्कूल काठमाडौं नेपालका छात्रा तरनुम बेगमको आयोजनामा शुक्रवार वीरगंज महानगरपालिका वडा नं. १७ अलौंमा बृक्षारोपण गरिएको छ ।
रुपेन्द्र पटेल, रौतहट , १६ कार्तिक। कठोर एवम् निष्ठाको पर्व छठको दोस्रो दिन घर–घरमा विधि पूर्वक खरना गरिँदैछ । चार दिनसम्म मनाइने सूर्य उपासनाको पर्व छठको दोस्रो दिन छठ ब्रतालुको साँझमा ‘खरना’ पूजा गरिन्छ ।
वीरगन्ज, १६ कार्तिक । वीरगन्ज महानगरपालिकाद्धारा लागु भएको उज्यालो बिरगंज कार्यक्रमको नगर प्रमुख विजय कुमार सरावगीले उद्घाटन गरेका छन् ।
काठमाडौं, १६ कार्तिक । भारतको सहयोगमा दार्चुलामा एक विद्यालयको निर्माण गरिएको छ । नेपालका लागि भारतीय राजदूत मंजीव सिंह पुरीले शुक्रबार श्री महेन्द्र मोडल उच्च माध्यमिक विद्यालयकोे उद्घाटन गरे ।
जनकपुरधाम, १५ कार्तिक । प्रदेश २ ले छठ पर्वको अवसरमा आइतबार सार्वजनिक विदा दिने निर्णय गरेको छ । यस पटकको छठ पर्व शनिबार र आइतबार परेको छ ।
कैलाली, १५ कार्तिक । कैलालीको बर्दगोरीयामा बसको ठक्करबाट २ बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा बर्दगोरीया गाउँपालिका १ साझा चौकका ८ वर्षीय अंशु चौधरी र घोडाघोडी नगरपालिका ८ का १२ वर्षीय लक्ष्मण चौधरी रहेका छन् ।
रौतहट, १५ कार्तिक । रौतहट जिल्लाको बौधिमाई नगरपालिकाका मेयर राजीव रंजन यादव राजूले नेकपाका रौतहट निर्वाचन क्षेत्र नम्बर ३ का प्रतिनिधिसभा सदस्य प्रभु साहलाई मुलुककै सबैभन्दा ठूलो भ्रष्टाचारीको संज्ञा दिएका छन् ।
विराटनगर, १४ कार्तिक । विराटनगरको एकीकृत भन्सार जाँच चौकी(आईसीपी) निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । भारततर्फको संरचना तयार भई संचालनमा आईसकेको छ ।
वीरगन्ज, १४ कार्तिक । छठपर्वको पूर्वसंध्यामा नेकपा आबद्ध महिला नेत्री सिता पटेलद्वारा १५० जना असहाय महिलाहरूलाई छठपुजाको सामग्रीहरू बाँडिएको छ ।
वीरगन्ज, १४ कार्तिक । भारतीय महावाणिज्य दूतावास वीरगंजले छठ पर्वको शुभअवसर पारी एकता दौडको आयोजना गरेको छ ।
कपिलवस्तु, १४ कार्तिक । हिन्दू परिषद नेपालका राष्ट्रिय अध्यक्ष संतोष पटेलले कृष्णनगर घटनाका दोषीलाई कडा कारवाहीको माग गरेका छन् ।
जनकपुरधाम, १४ कार्तिक । नेपाल भ्रमण वर्ष २०२० प्रवद्र्धनको शुभारम्भ जनकपुरधामबाट गरिएको छ । हिन्दुहरूको महान चाड छठको पूर्वसन्ध्यामा नेपाल भ्रमण वर्ष संयोजन समिति, संघीय सरकार र प्रदेश सरकारको संयुक्त ...
अनिल तिवारी, वीरगन्ज, १४ कार्तिक । सिर्सिया खोलालाई प्रदुषित गर्ने कसैलाई पनि नछाडिने चेतावनी नगर प्रमुख बिजय कुमार सरावगीले दिएका छन् । छठ वा छठ पछिपनि नदिलाई प्रदुषित गर्ने कसैलाई पनि नछाडिने चेतावनी उनले दिएका छन् ।
मणि प्रसाद र्गैेह्रे, कपिलवस्तु, १४ कार्तिक । कपिलवस्तुको कृष्णनगरमा जिल्ला प्रशासन कार्यालयले लगाएको कर्फ्युको अवज्ञा गर्दा १ जना स्थानीयको ज्यान गएको छ । लक्ष्मी पूजाको मूर्ति विसर्जनका क्रममा सुरु भएको विवादले ठूलो रुप लिएपछि त्यस क्षेत्र तनावग्रस्त बनेको हो ।
काठमाडौं, १३ कार्तिक । प्रदेश नं. २ का उद्योग, पर्यटन, वन तथा वातारण राज्यमन्त्री सुरेश मण्डलले सिरहाका दुई वटा क्रिकेट क्लबलाई खेल सामग्री सहयोग गरेका छन् ।
काठमाडौं, १२ कार्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल सम्वत्ले नेपालीलाई एकताबद्ध हुन प्रेरणा प्रदान गर्ने बताएका छन् ।
रौतहट, ११ कार्तिक । दिपावली मनाउनका लागि बालिएको दियोबाट रौतहटको ६ स्थानमा आगलागी भएको छ । आगलागीबाट लाखौंको धनमा जलेर नष्ट भएको छ भने करेन्ट लागेर एक जनाको मृत्यु भएको छ ।
रौतहट, ११ कार्तिक । रौतहटको गरुडामा रहेको श्रीराम सुगर मिलले उखु किसानको भुक्तानी नदिएपछि किसानहरु मारमा परेका छन् ।
कैलाली, १० कार्तिक । धनगढी उपमहानगरपालिका–१२ स्थित सडकमा अनटेष्ट लेखिएको अटोको ठक्करबाट एकको मृत्यु भएको छ ।
बाँके, १० कार्तिक । बाँकेको बैजनाथ गाउँपालिका–८ टिटिरिया गाउँस्थित सडकमा भे.१ प ३०३४ नम्बरको मोटरसाइकल अनियन्त्रित हुँदा एकको मृत्यु भएको छ ।
मोरङ, १० कार्तिक । मोरङको छुट्टाछुट्टै स्थानबाट लाखौं मूल्यबराबरको पटाका बरामद गरिएको छ ।
बांके, ९ कार्तिक । कुखुरापालक किसानहरु धेरै मर्कामा परेका छन् । दाना र चल्लाको मूल्य बढे पनि आफूहरुले उत्पादन गरेको तयारी कुखुराको मूल्य झन् घटेको भन्दै उनीहरुले कुखुरा पालन छाडिरहेका छन् ।
रुपन्देही, ९ कार्तिक । रुपन्देही जिल्लामा छुट्टाछुट्टै सवारी दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।