काठमाडौं, ८ माघ । नेपाल–भारत संयुक्त सीमा सर्भे टोलीले कञ्चनपुरको सीमा क्षेत्रमा सर्भेको काम सुरु गरेको छ । भारतीय बजार टकनपुर पावर हाउसमा गत हप्ता बसेको संयुक्त टोलीको बैठकले एक साताभित्र काम थाल्ने निर्णय गरेको थियो ।
काठमाडौं, ८ माघ । भारतीय राजदूतावासका कार्यवाहक राजदूत डा. अजय कुमारले काठमाडौं जिल्लाको थानकोटस्थित अरविन्द आश्रम विद्यालयको नवनिर्मित विद्यालय भवनको औपचारिक उद्घाटन गरेका छन् ।
काठमाडौं, ८ माघ । पाकिस्तानी नागरिकको हत्या आरोपमा साउदीमा मृत्युदण्डको सजाय सुनाइएका उमेश यादवले अन्ततः पुनर्जीवन पाएका छन् । १४ वर्षपछि उमेश यादव स्वदेश फर्केका छन् ।
विराटनगर, ८ माघ । आसन्न राष्ट्रियसभा निर्वाचनमा प्रदेश नं. १ मा समाजवादी पार्टी र संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबीच सहमति भएको छ ।
काठमाडौं, ८ माघ । प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले नेपाल सरकार, गृह मन्त्रालय मन्त्रिपरिषदको माघ ६ गतेको निर्णय अनुसार प्राविधिक प्रहरी नायव महानिरीक्षकबाट प्राविधिक प्रहरी अतिरिक्त महानिरीक्षकमा पदोन्नती भएका डा.आशा सिंहलाई बुधबार प्रहरी प्रधान कार्यालयमा आयोजित एक समारोहबीच दर्ज्यानी चिन्हद्वारा सुशोभन गरेका छन् ।
जनकपुरधाम, ७ माघ । प्रदेश २ का सामाजिक विकास मन्त्री नवलकिशोर साहले २० वर्ष मुनिका छोरीको विवाह नगर्न प्रदेशबासीसँग आग्रह गरेका छन् ।
काठमाडौं, ७ माघ । भारतका विदेश मन्त्री एस जयशंकरले मकवानपुरको दामनको रिसोर्टमा आफ्ना देशका ८ नागरिकको मृत्यु भएको घटनाबारे दुःख व्यक्त गरेका छन् ।
काठमाडौं, ७ माघ । मकवानपुरको दामनस्थित रिसोर्टको कोठामा निसास्सिएर मृत्यु भएका आफ्ना नागरिकका परिवारलाई सहयोगका लागि भारतको केरल राज्यका मुख्यमन्त्रीले केन्द्र सरकारसँग आग्रह गरेका छन् ।
काठमाडौं, ७ माघ । भारतले गोरखा र नुवाकोटमा निर्माणका भएका ५० हजार वटा निजी आवास नेपाल सरकारलाई हस्तान्तरण गरेको छ ।
बारा, ७ माघ । समुदाय–प्रहरी साझदारी कार्यक्रम अन्तर्गत प्रहरी प्रधान कार्यालय नक्सालबाट प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालद्धारा प्रदान गरीएको प्रशंसापत्र आयोजित एक कार्यक्रबीच जिल्लास्थित उपमहानगरपालिका, नगरपालिका र गाउँपालिकालाई प्रदान गरिएको छ ।
रुपन्देही, ७ माघ । चिसोबाट बच्नका लागि सैनामैना नगरपालिकाले ज्येष्ठ नागरिकलाई ६ सयभन्दा बढी कम्बल वितरण गरेको छ ।
काठमाडौं, ७ माघ । धनुषाको कुर्थादेखि भारतको जयनगरसम्म सञ्चालनका लागि ल्याउन लागिएको रेल सेट झण्डै १० दिनपछि त्यहाँबाट हिँड्ने भएको छ । भारतबाट हिँडेको झण्डै १० दिनमा नेपाल आइपुग्ने रेल विभागले जनाएको छ ।
काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतीय समकक्षी नरेन्द्र मोदीलाई नेपाल भ्रमणको निम्ता दिएका छन् ।
काठमाडौं, ७ माघ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले विराटनगरमा निर्माण भएको एकीकृत जाँच चौकी (आइसिपी) को भिडियो कन्फरेन्समार्फत उद्घाटन गरेका छन् ।
काठमाडौं, ७ माघ । छिमेकी मित्रराष्ट्र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीले विगत वर्षदेखि नेपाल र भारतको सम्बन्धमा अभूतपूर्व प्रगति भएको बताएका छन् । विराटनगरको एकीकृत जाँच चौकी उद्घाटनका क्रममा भिडियो कन्फ्रेन्समार्फत सम्बोधन गर्दै मोदीले यस्तो बताएका हुन् ।
वीरगन्ज, ७ माघ । दुई दशकपछि वीरगन्जमा सोमबारदेखि मेयरकप रनिङ्गकप प्रतियोगीता सुरु भएको छ । वीरगन्ज महानगरपालिकाको आयोजनामा वीरगन्जको नारायणी रंगशालाखमा सुरुभएको प्रथम मेयर रनिङ्गकप २०७६ सुरु भएको हो ।
सुनसरी, ७ माघ । इटहरी ५ का हरी प्रसाद आचार्यले ८ वर्षको उमेर देखि नै गाई पाल्दै आएका छन् । अहिले पनि उनी १४ वटा गाई पालिरहेका छन् ।
विराटनगर, ७ माघ । मोरङको बुधनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) नेपाल र भारतका प्रधानमन्त्रीले आज भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आउने छ ।
काठमाडौं, ६ माघ । सिक्किमका पूर्वमुख्यमन्त्री तथा साहित्यकार पवन चाम्लिङ ‘किरण’लाई नेपाल प्रज्ञा–प्रतिष्ठानले स्वागत गरेको छ ।
काठमाडौं, ६ माघ । नेपालको अमलेखगन्जसम्म आएको पेट्रोलियम पाइपलाइनलाई चितवनको लोथरसम्म विस्तार गर्न नेपाल र भारतका अधिकारीहरु सहमत भएका छन् ।
काठमाडौं, ६ माघ । भारतीय आयल कर्पोरेसन (आइओसी) ले नेपाल आयल निगमका लागि पेट्रोलियम तालिम केन्द्र निर्माण गरिदिने भएको छ । मोतीहारी–अमलेखगन्ज पेट्रोलियम पाइपलाइन निर्माण गरिदिएको आइओसीले दोस्रो ठूलो परियोजनाअन्तर्गत तालिम केन्द्र बनाइदिने भएको हो ।
सिरहा, ६ माघ । सिरहाको सीमाक्षेत्रमा नेपाल–भारतका स्थानीय र सरकारी पदाधिकारीहरुले संयुक्त मानव साङलो प्रर्दशन गरेका छन् ।
विराटनगर, ६ माघ । मोरङको बुधनगरमा निर्माण भएको एकीकृत जाँच भन्सार विन्दु (आईसीपी) पूर्ण रुपमा तयार भएको छ । नेपाल र भारतका प्रधानमन्त्रीले मंगलबार भिडियो कन्फ्रेन्समार्फत आईसीपीको उद्घाटन गरेपछि औपचारिक रुपमा सञ्चालनमा आउने छ ।