बर्दिया, ९ कार्तिक । आफ्नै श्रीमान ५२ वर्षीय समला दरैको हत्या गरेको अभियोगमा बाँसगढी नगरपालिका–६ बस्ने ५० वर्षीया दिलमाया दरैलाई शनिबार बिहान प्रहरीले पक्राउ गरेको छ ।
बाँके, ९ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१५ जमुनाहबाट अवैध लागूऔषध ब्राउनसुगर २ ग्राम ५ सय मिलिग्राम सहित दुई जना पक्राउ परेका छन् ।
सिरहा, ९ कार्तिक । राष्ट्रिय जनता पार्टी नेपालका अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले विकास निर्माणका सवालमा समेत जनप्रतिनिधिहरू मिल्न नसकेको टिप्पणी गरेका छन् ।
रौतहट ९ कार्तिक । जिल्ला प्रहरी कार्यालय रौतहटले आफ्नै श्रीमानको हत्या गर्ने श्रीमतीलाई पक्राउ गरेको छ ।
काठमाडौं, ८ कार्तिक । नेपाल र भारतमा बसोबास गर्ने कोच समुदायको विकासका लागि रणनीतिक योजना आवश्यक रहेको दुवै देशका युवाहरूले निष्कर्ष निकालेका छन् ।
रौतहट, ८ कार्तिक । नेपाली कांग्रेसका निलम्बित सांसद मोहम्मद आफताब आलमलाई थप ८ दिनको म्याद थप गरिएको छ ।
रौतहट, ८ कार्तिक । रौतहट जिल्लाको मौलापुर नगरपालिका वडा नम्बर २ मर्यादपुरमा एउटा विवाहिता महिलाको हत्या भएको छ ।
काठमाडौं, ८ कार्तिक । प्रतिनिधि सभा सदस्य, प्रदेश सभा सदस्य र स्थानीय तह सदस्यको रिक्त रहेको पदहरूमा नेपाल सरकार र निर्वाचन आयोगद्वारा मंसिर १४ गते सम्पन्न गर्ने गरी उपनिर्वाचन कार्यक्रम कार्यतालिका प्रकाशन गरी सकिएको छ ।
सिरहा, ८ कार्तिक । प्रदेश २ का उद्योग, पर्यटन, वन तथा वातावरण राज्यमन्त्री सुरेश मण्डलले टी–२० क्रिकेट टुर्नामेन्ट उद्घाटन गरेका छन् ।
बुटवल, ७ कार्तिक । पश्चिम नेपाल बस व्यवसायी प्रालिले रुपन्देहीको तिलोत्तमा नगरपालिकालाई काठमाडौंसँग जोड्ने उद्देश्यले पहिलोपटक मणिग्राम–काठमाडौँ एसी (वातानुकूलित) बस सेवा शुरू गरेको छ ।
कपिलवस्तु, ७ कार्तिक । बाणगंगा नगरपालिका–३ स्थित माछापुच्छ्रे एग्रोमा बिहीबार बिहान आगलागी हुँदा एग्रोका मेसिनहरु जलेर करिब ६० लाख रुपैयाँ बराबरको धनमाल जलेर नष्ट भएको छ ।
कैलाली, ७ कार्तिक । गौरीगंगा नगरपालिका–८ बडैपुरस्थित सडकमा से.१ ज १९३२ नम्बरको माईक्रो बसले से.१ ह २१५६ नम्बरको अटोलाई ठक्कर दिएको छ ।
विराटनगर, ७ कार्तिक । तिहार नजिकिएसँगै विराटनगरका कुमाल समुदायलाई माटोको भाँडो बनाउने हतारो बढेको छ । तिहारमा धनकी देवी लक्ष्मीको पुजा आरधनामा प्रयोग हुने माटोको दियो बनाउन यो सिजनमा माटोको भाँडा बनाउने कुमालेहरुलाई भ्याईनभ्याई हुन्छ ।
भैरहवा, ७ कार्तिक । चाडपर्वको समयमा देशभरी नै अखाद्य सामानहरुको बिगबिगी भएको गुनासो बढ्ने गरेको छ । त्यसै गुनासो बढ्न थालेपछि नगरक्षेत्रभित्र रहेका किराना, खाद्यान्न, होटल तथा मिठाई पसलहरुमा सिद्धार्थनगर नगरपालिकाले बुधबार अनुगमन गरेको छ ।
बाँके, ६ कार्तिक । नेपालगंज उपमहानगरपालिका–१८ तेजनगर बस्ने काली बहादुर पुनको घरमा जुवातास खेलिरहेका ११ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
कैलाली, ६ कार्तिक । बर्दगोरीया गाउँपालिका–२ कुम्भियास्थित पिरुवा सामुदयिक बन नजिकबाट लोड गरी राखेको एक नाले भरुवा बन्दुक १ थान बेवारीसे अवस्थामा फेला पारी प्रहरीले बरामद गरेको छ ।
काठमाडौं, ६ कार्तिक । भिजिट मधेश नेपालले संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईलाई ध्यानाकर्षणपत्र बुझाएको छ ।
काठमाडौं, ५ कार्तिक । जापानका सम्राट नोरुहितोको गद्दी आरोहण विशेष समारोहमा जापानमा रहेका राष्ट्रपति विद्यादेवी भण्डारी र भारतका राष्ट्रपति रामनाथ कोविन्दबीच भेटवार्ता भएको छ ।
बारा, ५ मंसिर । जितपुर सिमरा उपमहानगरपालिका–७ पहाडी टोलस्थित ४ वटा र सोही उपमहानगरपालिका(३ रामवन टाँडी टोलस्थित ३ वटा गरी जम्मा ७ वटा रक्सी भट्टीमा रहेको करिब ६ हजार लिटर घरेलु मदिरा बनाउने कच्चा पदार्थ मंगलबार बिहान प्रहरीले नष्ट गरेको छ ।
महोत्तरी, ५ कार्तिक । बर्दिवास नगरपालिका–१० बनपथ चोकस्थित खैयरमाराबाट सर्लाहीतर्फ जाँदै गरेको ना.३ ख ९५६७ नम्बरको ट्रक चालकलाई कुटपिट गरी साथमा रहेको मोबाइल र नगद २५ हजार रुपैयाँ लुटपाट गरेको अभियोगमा एक जना पक्राउ परेका छन् ।
कपिलवस्तु, ५ कार्तिक । बाणगंगा नगरपालिका–११ मैरी बस्ने १८ वर्षीय करण थारुलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने
रौतहट, ५ कार्तिक । १२ वर्ष अघि भएको रौतहट जिल्लाको निर्वाचन क्षेत्र नम्बर २ अन्तर्गतको राजपुर फरहदवा बम विस्फोटको घटना अहिले निकै चर्चित बनेको छ ।